निर्णय नं. ८६५ - अधिकारप्रेच्छाको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६५ - अधिकारप्रेच्छाको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०६/२० २५८२ निर्णय नं. ८६५ ने.का.प. २०३१ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२७ सालको रिट नम्वर ८३४ आदेश भएको मिति : २०२७।६।२०।५ मा निवेदक : जिल्ला लमजुङ रत्नदेवी गा.पं.तुर्लङ्गकोट बस्ने हरिप्रसाद अधिकारी विरुद्ध विपक्षी : निर्वाचन अधिकृत श्री चिरन्जिवीप्रसाद, मनाङ्ग तथा लम्जुङ जि.अदालत कुन्छा, विषय : अधिकारप्रेच्छाको आदेश जारी गरिपाउँ (१) कसैले पनि स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, २०२५ को दफा २३(२) अनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेको कारणबाट सोही ऐनको दफा २३ (२) को प्रतिबन्धात्मक वाक्यांश (क) ले सबभन्दा बढी मत पाउने २ जना उम्मेवारलाई कायम राखी सो दिन समय शेष भइसकेकाले भोलिपल्ट पुनः मतदान गराएको स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि), को दफा २३ (२) को प्रतिबन्धात्मक वाक्यांशको (क) मा उल्लिखित पुनः मतदान गराई भन्ने वाक्यांशबाट मिल्ने देखिने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : अधिवक्ता गणेशराज शर्मा विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे, सरकारी अधिवक्ता रतनलाल कनौडिया आदेश न्या. धनेन्द्रबहादुर सिंह १. निर्वाचन आयोगको सूचना अनुसार लमजुङ्ग जिल्ला पञ्चायतको रिक्त हुन आएको सभापति र उपसभापति र सदस्यहरूको रिक्तस्थानमा मिति ०२६।१२।३० का दिन चुनाव सम्पन्न हुने थियो । त्यस निर्वाचनमा म अघि जिल्ला पञ्चायतको उपसभापति रही आएकोले त्यस पदको पूर्तिका लागि चुनाव भई नसकुञ्जेल जिल्ला पञ्चायतको कुनै पनि रिक्त पदको लागि मतदान गर्न र उम्मेद्वार हुने अधिकार थियो र त्यसो हुनाले मैले सो जिल्ला सभापति पदको उम्मेद्वार आफूलाई कायम गरी निर्वाचनमा भाग लिएको थिएँ । चुनावको कार्य कार्यक्रम बमोजिम हुँदै जाँदा २०२६ साल चैत्र ३० गतेका दिन जिल्ला पञ्चायतको सभापति पदका लागि म लगायत श्री लेखनाथ अधिकारी र पूर्णबहादुर गुरुङ्ग समेत ३ जना उम्मेद्वार कायम भई मतदान कार्य सम्पन्न भयो । त्यस मतदानमा कुनै पनि उम्मेदावारले पचास प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेकोले पुनः मतदान गर्नुपर्ने भएको थियो । त्यस पुनः मतदानमा भाग लिन योग्यता नरहेका श्री लेखनाथ अधिकारीका अतिरिक्त अघिल्लो दिनसम्म मात्र जिल्ला सभाको सदस्य रहेका श्री नन्दराज थापालाई समेत तामेली राखी २०२६।१२।३१ का दिन सभापति र उपसभापतिको मतदानको परिणाम घोषणा गरी चुनाव सम्पन्न गरियो । त्यो दुबै पदका लागि भएको पुनः मतदान र त्यसपछिको चुनावको सम्पूर्ण विधि गैरकानूनी र अवैध भएको छ । जिल्ला पञ्चायतको त्यस चुनावको सन्दर्भमा पहिलो दिनको मतदान हुँदा लम्जुङ जिल्ला सभाका ६० जना सदस्यहरू मध्ये ५७ जनाले भाग लिएका थिए र ति सबै त्यस मितिमा जिल्ला सभा सदस्य रहेको निर्विवाद थियो । तर भोलिपल्ट हुने पुनः मतदानमा जिल्ला पञ्चायतको सदस्यको नाताले जिल्ला सभाको सदस्य कायम रहन गएका सभापति पदका एकजना उम्मेद्वार श्री लेखनाथ अधिकारीको जिल्ला पञ्चायतको रिक्त स्थान पूर्ति भइसकेको हुनाले निजले जिल्ला पञ्चायतको कुनै पनि पदका लागि उम्मेद्वार कायम रहन र मतदान गर्न सक्ने कुनै कानूनी अधिकार थिएन । पुनः मतदान हुने अवस्थामा निजलाई उम्मेद्वार कायम राखी मतदानमा भाग लिन दिने अधिकार निर्वाचन अधिकारीलाई थिएन । माथिको प्रकरणमा लेखिए बमोजिम सभापति पदको चुनाव गैरकानूनी तरिकाले हुनुको साथै मेरो पदावधि पूरा भई रिक्