निर्णय नं. ६५२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५२ - अंश भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०८/१४ ४३४५ निर्णय नं. ६५२ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री झपट सिंह रावल न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०२६ सालको देवानी फुल बेञ्च नम्बर ८० आदेश भएको मिति : २०२८।८।१४।३ पुनरावेदक : का.जि.सेतोदरवार बस्ने देबेन्द्रसम्शेर ज.व.राणा विरुद्ध विपक्षी : ऐ ऐ बस्ने ज.लिला सम्शेर ज.व.राणा विषय : अंश (१) बण्डापत्र लिखत नभए पनि दुवै पक्षको मन्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोग चलन बिक्री बन्धक लिनु दिनुसमेत भए गरेकोमा पहिले बण्डा भए गरेको व्यवहार बदर गरी पुनः बण्डा गरी दिनुपर्ने भन्न नमिल्ने । यस्तै वादी इन्द्रगोपाल श्रेष्ठ विरूद्ध कैलास श्रेष्ठ समेतको अंश मुद्दामा ०१०।११।२७।४ को फुल बेञ्चबाट घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता भोग तिरो बिक्री व्यवहारसमेत गरिसकेको अब पास गर्नालाई ऐनको म्याद पनि नाघिसकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरिसकेको व्यवहार बदर गर्न मुनासिव नपर्ने भन्ने र दे.फु.नं. ९२ वादी अकलबहादुर खड्का प्रतिवादी गणेशबहादुर खड्काको अंश मुद्दामा ०२७।१२।३।३ को फुल बेञ्चबाट बण्डापत्र लिखत नभएको भनी पुनःबण्डा गरिदिने गर्दा पहिले दुवै पक्षको मन्जुरीले बण्डागरी आ–आफ्नो भाग नामसारी दर्ता भोगचलन र बिक्री बन्धकी लिनुदिनु समेत भए गरेको व्यवहारमा असर पुग्न जाने हुँदा वादी दावीबमोजिम बण्डा गरिदिनु पर्ने भन्न नमिल्ने भन्ने र दे.फु.नं. ८९ वादी नारायणप्रसाद पाण्डे प्रतिवादी महालक्ष्मी पाण्डेनी समेतको अंश मुद्दामा ०२८।१।७।३।को फुल बेञ्चबाट ८४ सालमै छुट्टि भिन्न भई अंशबण्डा गरी वादीले आफ्नो अंश भाग लिइसकेको बण्डापत्र लिखत पेश नभएकोसम्म कारणले बण्डा नभएको कायम मान्न नमिल्ने भन्ने तर्क गर्न धेरै वर्ष अघि बण्डा भई दर्ता भोग तिरोसमेत गरी आएको दुनियाँको व्यवहारमा असर पुग्न जाने र बण्डापत्र लिखत नभए पनि दुवै पक्षको मन्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोगचलन बिक्री बन्धक लिनु दिनुसमेत भए गरेकोमा पहिले बण्डा भए गरेको व्यवहार बदर गरी पुनः बण्डा गरी दिनुपर्ने भन्न नमिल्ने भन्ने ठहर निर्णय भइराखेकोसमेत पाइन्छ । प्रस्तुत मुद्दामा ०९।१।२९ मा वादी प्रतिवादीसमेत सबै अंशियारको मन्जुरीले बण्डापत्र गरी आ–आफ्नो बण्डाको जग्गा आ–आफ्नो नाममा दर्ता गराई भोगतिरो बिक्री व्यवहारसमेत गर्दै आएको र वादीले यता अंश मुद्दा दायर गर्दै गर्ने र उता आफ्ना नाममा बण्डापत्रको मिति पछि दर्ता दाखेल गराएको जग्गा धमाधम बिक्री गर्दै गरेकोबाट वादीले आफ्नो नाममा दर्ता दाखेल गरेको जग्गा बिक्री गरिसकी अरू अंशियारका नाममा दर्ता दाखेल भएको जग्गा हातपार्ने र अघि अंशबण्डा लिनेमध्येकी भक्तीदेवी परलोक हुनुभइसकेको हुनाले १ अंशियार घट्न गएकोबाट अब बण्डा हुँदा बढी सम्पत्ति पाउँला भन्ने नियत लिई नालिस गरेको समेत देखियो । (प्रकरण नं. २०) पुनरावेदक वादीतर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे । प्रतिवादी विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा । उल्लिखित मुद्दा :  फैसला न्यायाधीश श्री झपट सिंह रावल १. मे.ज.लीला सम्शेरको ३ स्वास्नीमा जेठी विवाहिता रानी भक्तिदेवी राणातर्फको छोरा भू.पु.मन्त्री चुडाराज सम्शेर ज.व.रा.र माहिली अनारदेवीतर्फबाट सन्तानै नभएको कान्छी मेरो मुमा शर्मादेवीतर्फबाट म देवेन्द्र सम्शेर ज.वा.रा.१ छोरा मात्र जायजन्म भएको सौतेनी घर भई घरमा श