निर्णय नं. ८१७३ - मूल्य अभिवृद्धि कर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१७३ - मूल्य अभिवृद्धि कर भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/१२/१० ११५९१ निर्णय नं. ८१७३ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६२ सालको फौ.पु.नं. ––– ३७२६ फैसला मितिः २०६५।१२।१०।२ मुद्दाः मूल्य अभिवृद्धि कर । पुनरावेदकः जिल्ला झापा, भद्रपुर न.पा. वडा नं. ४ स्थित मित्तल टि. इण्डस्ट्रिज प्रा.ली. को तर्फबाट ऐ. का अधिकार प्राप्त सञ्चालक महेशकुमार अग्रवाल विरुद्ध प्रत्यर्थीः साविक मुल्य अभिवृद्धि कर विभाग, हाल आन्तरिक राजश्व विभाग, काठमाडौँ § कुनै मूल्य अभिवृद्धि करमा दर्ता भएको कुनै करदाताले वस्तु खरिद गर्दा तिरेको करको रकम उक्त वस्तु बिक्री गर्दा संकलन गरेको रकमबाट कटृा गराई फिर्ता लिने तर यसरी कर कटृा गरिएको वस्तुको बिक्री गरेको अभिलेख पनि नदेखाउने र स्टकमा रहेको पनि देखाउन नसकेको अवस्थामा खरिद गर्दा संकलन गरेको कर उक्त वस्तुको बिक्रीबाट संकलन गरेको करको रकमबाट कटृा गरी फिर्ता लिन पाउने सम्बन्धमा मूल्य अभिवृद्धि नियमावली, २०५३ को नियम ३९(१) र ३९(३) मा गरिएको व्यवस्थाको दुरुपयोग हुन सक्ने । § करकटिृ गरिलिएको वस्तुको बिक्री र स्टकमा रहेको वस्तुको परिणामको बीचमा भिन्नता देखिएमा सो भिन्नताको हदसम्मको परिमाणका वस्तु स्टकमा रहेको मानिने कुरा तर्कसँगत र न्यायसँगत पनि छ । तर यो व्यवस्था कुनै वस्तुको उत्पादनको प्रक्रियामा प्रयोग हुने कच्चा पदार्थको रुपमा प्रयोग हुने वस्तुको हकमा भने लागू हुन नसक्ने । (प्रकरण नं.७) § कुनै वस्तुको उत्पादनको प्रक्रियामा प्रयोग हुने कच्चा पदार्थ र बिक्रीको लागि खरिद गरिएका सामान्य खरिद बिक्रीका सामानहरूको खरिद, बिक्री तथा प्रयोगको सन्दर्भलाई छुट्याएर हेर्नु पर्ने । § उत्पादनको प्रक्रियामा जर्ती जान सक्ने प्रकृति र परिमाणको कच्चा पदार्थलाई नियमित व्यापारिक प्रक्रियामा बिक्री गर्नको लागि खरिद गरी करकटृा गरिएको वस्तुको समकक्षमा राखी जर्ती गएको कच्चा पदार्थको हकमा पनि मूल्य अभिवृद्धि कर नियमावलीको नियम ४०(१) को व्यवस्था लागू गर्नु उक्त नियमको उद्देश्य र प्रयोजन विपरीत हुने । (प्रकरण नं.९) § कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्दा कच्चा पदार्थमा केही सर्टेज हुन्छ भनी मानेको अवस्थामा त्यस्तो सर्टेज भएको वस्तु स्टकमा रहेको हुन्छ भनी मान्न सकिँदैन र बिक्री भएको मान्न पनि नसकिने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § मूल्य अभिवृद्धि नियमावली, २०५३ को नियम ३९(१), (३), ४०(१), ५९(१), (३), § मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ § नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८९ आदेश न्या.भरतराज उप्रेतीः राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम यस अदालतको आदेशबमोजिम पुनरावेदन गर्न अनुमति प्रदान भई यसै अदालतको क्षेत्राधिकार अन्र्तगत पुनरावेदनसरह दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– यसमा प्रस्तुत करदाताले मु.अ. कर अवधि २०५५ साल साउन महिना १, ऐ. २०५५ साल मंसिर महिना देखि ऐ चैत महिनासम्म महिना ५, २०५६ साल असार महिना १, ऐ. २०५६ साल मंसिर महिना देखि २०५७ साल असार महिना ८ (आठ) गरी जम्मा १५ महिना अवधिभरको मु.अ. कर सम्बन्धमा करदाताले विभागबाट मिति २