निर्णय नं. ६५३ - घर खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५३ - घर खिचोला भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०८/२४ ३४१३ निर्णय नं. ६५३ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री झपट सिंह रावल न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत २०२८ सालको देवानी फुल बेञ्च नम्बर १५७ फैसला भएको मिति : २०२८।८।२४।६ पुनरावेदक : का.जि.टंगाल गैरीधारा टुकुचा बस्ने बाबुलाल थापा मगर विरुद्ध विपक्षी : ऐ ऐ बस्ने गजवीर थापा मगर, ऐ बस्ने रत्नवीर थापा मगर मुद्दा : घर खिचोला (१) बुहारी मरी अपुताली पर्दा देवर जेठाज्यू एकै पिंडीका हुन जाने ससुरा अघिल्लो पिंडीको हुन जाने हुनाले देवर जेठाज्यूको हकै नलाग्ने भन्न नमिल्ने । बुहारी मरी परेको अपुतालीमा ससुरा नजिक हो वा मर्नेको लोग्नेका सहोदरका दाजु भाइ जेठाजू देवर भए निजहरू पनि नजिक हुन्छन् हुँदैनन्भन्ने हकमा देवर जेठाजू एकै ंिपढीका हुन जाने ससुरा अघिल्लो पिंढिको हुन जाने हुनाले देवर जेठाजूको हकै नलाग्ने भन्ने तर्क गर्न मिल्दैन । झगडा परेको घर वादीले भोगचलन गरिआएको भन्ने कुरा प्रतिवादीको लेखबाट पनि देखिन्छ । मैले बस्नसम्म दिएको भन्ने प्रतिवादीको भनाई भएकोमा त्यस कुराको लिखतपत्र छ भन्न र पेश गर्न प्रतिवादीले सकेको छैन यस स्थितिमा उक्त अपुताली वादी प्रतिवादीहरूले आपसमा बाँडचुड गरी भोगचलन गरेका र झगडा परेको घर वादीको भागमा परी वादीकै भोगचलनमा रहेको रहेछ भन्ने प्रष्ट हुन्छ । (प्रकरण नं. १३) पुनरावेदक वादीतर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी प्रतिवादीतर्फबाट : श्री कुलराज गुरूघराना उल्लेखित मुद्दा : फैसला न्यायाधीश श्री झपट सिंह रावल १. अन्यायवाला गजवीरका ३ छोरामा जेठा म बाबुलाल माहिला रत्नवीर र कान्छा हस्तबहादुर हुन् हामी चारै बाबु छोराहरू ०१३ सालमा ऐनबमोजिम बण्डागरी का.रजिष्ट्रेशन मार्फत बण्डापत्र पास गरी छुट्टि बण्डापत्र भएको थियो । कान्छा भाइ हस्तबहादुर २०१७ सालमा कालगतीले परलोक भएको र निज हस्तबहादुरकी श्रीमती भगवती थापा मगर्नी जिवित छँदासम्म निजको हेरविचार पालताल मैले गरी आएको थिएँ । निज भाइ बुहारी भगवती पनि ०१९ वैशाख १९ गते कालगतीले परलोक हुँदा निजको छोरा छोरीसमेत कोही नभएबाट काजकृयासमेत मैले आफ्नो खर्च लगाई काजकृया पिण्डपानी गरेकोछु, सो कुरा तपसीलको साक्षी बुझेकोमा प्रमाणित हुने नै छ । यसप्रकारले हकदारको हक खाने निजको श्रीमती भगवती मरेपछि निजको अपुतालीखान पाउने नजिकका हकदार तथा सहोदर दाजु म बाबुलाल १ माहिलो भाइ रत्नवीर १ अन्यायवाला बाबु गजवीर थापा १ समेत ३ जना हकवालालाई बराबर अपुतालीको हक लाग्ने भई निज मर्ने भगवतीको जो भएको चल अचल धनमाल घर जग्गा आफू–आफू मै ३ भाग लगाई १ भाग अपुताली खाई भोगी आएका थियौं । अपुतालीबाट हक भोगचलन गरी आएको श्रीसम्पत्तिमध्ये पूर्व भैरवस्थान पश्चिम हलवाईको घर उत्तर मूल सडक दक्षिण हरिमान ज्यापूको गुठी जग्गा यति ४ किल्ला भित्रको हरिमान ज्यापूलाई तिरोभरो गर्नुपर्ने ४ कवल २ नाले ३ तले टायल छाना भएको वार्दली सहितको का.इ.टंगाल गैरीधारा टुकुचाको प्रचलित मोल रु.६०००। मोलिने पक्की घर र सो घरले चर्ची आएको चोक आँगनसमेतको लगापातसमेत उक्त लेखिएनुसार बण्डाको बण्डापत्र का.रजिष्ट्रेशन अड्डामा छ । यो फिरादमा दावा गरेअनुसार अपुतालीबाट समुचा घरमध्ये पसल मटान तलासमेत ३ भागको १ भाग म आफै बसी भोगचलन गरी आएको घरमा मेरोमात्र हकलाग्ने घर हो, आजै अहिले छाडी देऊ भनी मलाई सोही ०२१।३।२२ गते बेलुकादेखि अनेकौं डरधाक देखाई मेरो