निर्णय नं. ६५४ - जारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५४ - जारी भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०१/३१ २७७५ निर्णय नं. ६५४ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२५ सालको फौ.फु.नं. २२ फैसला भएको मिति : २०२८।१।३१।६ निवेदक : का.जि.किमसी बस्ने रामहरी गौतम विरुद्ध विपक्षी : ऐ बस्ने यदुप्रसाद बजगाई मुद्दा : जारी (१) जारीको २ नं.बमोजिम साधुले जारलाई जारी खतवापत सजाय गर्न पाउनेमा कैद वा विवाह खर्च भराई माग्ने के सजाय गराउन चाहेको हो सो खुल्नुपर्ने, नखुलेमा खुलाउने मौका दिँदासमेत उपस्थित नभए निर्णय गर्न नपरी खारेज हुने । मुख्य जारी खतमा साधुले जारलाई नयाँ मुलुकी ऐन जारीको २ नं.बमोजिम गराउन पाउने सजायमा विवाह खर्च भराई माग्ने वा कैद गराउने यी दुई कुरामा एक कुराको वादीले दावी लिएको भए सोसजाय गराउन पाउने नपाउने कुराको लागि नै जारी गरे नगरेको समेत अदालतबाट इन्साफ तहकिकात गर्नुपर्ने हो । तर अदालतमा उपस्थित भई बयान गरी उक्त जारीको २ नं.बमोजिम सजाय रोजी दावी गर्न अदालतबाट मौका दिँदासमेत वादी आफू हाजिरै नभई तारेख गुजारी बस्छ भने यसस्थितिमा उक्त जारीको २ नं.बमोजिम सजाय हुनसक्ने नसक्ने कुराको निर्णय दिने प्रश्नै आउँदैन । अतःउपरोक्त उल्लेख भए बमोजिम निर्णय दिइरहनु नपर्ने हुँदा अरु कुरा विचार गरिरहनु परेन । उपरोक्त कारणबाट यो मुद्दा खारेज हुनेठहर्छ । डिभिजन बेञ्चसमेतबाट इन्साफ तहकिकात भएको बदर हुन्छ । वादी आफूले गराउन पाउने जारी खतको सजाय रोजी दावी गर्न हाजिर नभएको कारणबाट खारेज हुने ठहरेकोले कसैलाई केही गर्नुपर्दैन । अरु तपसीलबमोजिम गर्नु । (प्रकरण नं. २०) निवेदकप्रतिवादी तर्फबाट : विपक्षीवादी तर्फबाट : उल्लेखित मुद्दा : फैसला न्या.श्री नयनबहादुर खत्री १. मैले ०८ सालमा विवाह गरेकी स्वास्नी अम्बिकादेवी ०१६।१२।२७ मा माइत गएकी रामहरिसँग पोईल गई निजको करणी विर्यबाट गर्भवती भइसकेकी रहेछ । रामहरि भोगेको अम्बिका सावित भएकोले सौपुवा गर्न ल्याएको छु । भोगमा पारेकी भए पतिया गरी जारि खतमा जात पतितको सजाय गरिपाउँ भन्ने यदुप्रसादको ०१८।१।२।६ को फिरादपत्र । २. रामहरिसँग हितचित मिलेकोले लोग्ने स्वास्नी भई उनकै घरमा गई बसेकी छु । उनकै करणी विर्यबाट गर्भ रहेको ७ महिना भयो । वादीले मेरो १४ वर्षको उमेर नपुग्दै विवाह गरेको सदर नहुने हुँदा फिरादीको दावी लाग्ने होइन भन्नेसमेत अम्बिकादेवीको बयान । ३. रामहरिसँग अम्बिका पोइल गएको ठहर्छ । जारी खतमा रामहरिको जात पतित गर्ने भन्नेसमेत का.फौ.इ.अ. को ०१८।५।१८।१ को फैसला । ४. मैले अम्बिकादेवीलाई करणी गरी लोग्ने स्वास्नी भई बसेको होइन जालसाज गरी झुठ्ठा पोल्नु पोलाउनु गरेका हुन् । निज अम्बिकादेवी ०१७ सालदेखि भ.पु. पातलेटार बस्ने नाउँ नजानेको ढुड्डाना जैशी बाहुनसँग पोइल गएकी छ । झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने रामहरिको प्रतिवादी सरहको पुनरावेदन । ५. प्रतिवादी रामहरि गौतमलाई नयाँ मुलुकी ऐन जारीको २ नं.बमोजिम कैद राख्न पाउँ भन्ने वादीको दर्खास्त । ६. वादी यदुप्रसादको स्वास्नीलाई प्र. रामहरिले जारी गरी लगेको ठहराएको इन्साफ मुनासिव जात पतितको सजायको हकमा केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिन्हा दिने ऐन, २०२० को दफा ५ ले अब जात पतितको सजाय कार्यन्वित नगरिने भइसकेकोले जात पतित गर्ने सजायतर्फ पनि केही गर्नुपरेन । नयाँ मुलुकी ऐन जारीको २ नं.ऐनले जारलाई सजाय गर्न चाहेमा ५ वर्षसम्म कैद