निर्णय नं. ८१७४ - बाली विगो

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१७४ - बाली विगो भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०२/०८ ३४२९ निर्णय नं. ८१७४ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६१ सालको दे. पु. नं. –– ९०६० फैसला मितिः २०६६।२।८।६ मुद्दा :– बाली विगो । पुनरावेदक वादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. १४ बस्ने दिवाकरप्रसाद साह विरुद्ध प्रत्यर्थी वादीः जिल्ला धनुषा नगराईन गा.वि.स. वडा नं. ३ हाल ऐ. जनकपुर नगरपालिका वडा नं. १ बस्ने राधाप्रसाद साह शुरु फैसला गर्नेः मा.जि.न्या. श्री पोषनाथ शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री मोहन प्रकाश सिटौला मा.न्या. श्री अलिअकवर मिकरानी § जग्गा मिच्नेको १८ नं. मा कुतबालीको हकमा तीन वर्षभित्र र जग्गाको झगडा परेको बालीको हकमा एक वर्षभित्र नालिस नदिए लाग्न सक्दैन भनी बालीका सम्बन्धमा दुई वेग्ला वेग्लै अर्थ निस्कने वाक्याँश प्रयोग भएबाट ती दुबै वाक्यांशलाई समान किसिमले व्याख्या गरी प्रयोग गर्न नमिल्ने । § जग्गा मिच्नेको १८ नं. को कानूनी व्यवस्था मूलतः हदम्यादका सम्बन्धमा नै केन्द्रीय भएको देखिँदा हदम्यादसम्बन्धी प्रावधानलाई गलत व्याख्या गरी विवादको अवधि वा बाली विगो भराई लिने समय सीमासँग जोडी प्रयोग गर्नु कानूनसम्मत नहुने । § यो यति वर्षको मात्र बाली भराई पाउने भनी कानूनले समयको सीमाङ्कन नगरेको अवस्थामा अदालतले समयसीमा तोक्न समेत उपयुक्त नहुने । (प्रकरण नं.३) § जसको हकमा जग्गा रहेको छ वा जसको हक पुग्ने ठहर भएको छ, उसको सहमतिवेगर अन्य हक नपुग्नेले जबरजस्ती बाली लगाई खाएमा हक पुग्नेलाई बाली बुझाउनु पर्ने भन्ने सम्पत्तिसम्बन्धी सिद्धान्तलाई जग्गा मिच्नेको महलले अंगीकार गरेबाट हदम्यादसम्बन्धी कानूनी व्यवस्थालाई बाली विगोको समय अवधिसँग जोडी कानूनको उद्देश्य एवं भाबनालाई प्रयोजनहीन तुल्याउन नमिल्ने । § आफ्नो हक कायम भएको जग्गाको बाली झगडा परेकै कारणले अर्को पक्षले खाने र हक पुग्ने व्यक्तिले दावी गर्न झगडा परेकै कारणले झगडाको आखिरी टुंगो नलागेसम्म नपाउने तथा झगडाको टुंगो लाग्न लामो समय लागेमा अन्यायी पक्षले खाएको बाली हकवालाले नपाउने हुने भई वास्तविक हकवाला बाली खानबाट पराजित हुने र हकै नपुगेको व्यक्ति लाभान्वित हुने हुँदा हकवालाको हक निश्चित भएपछि हदम्यादभित्र परेको फिराद दावीलाई हदम्याद सम्बन्धमा व्यवस्थित ज.मि. को १८ नं. लाई वेवास्ता गरी ३ वर्षको मात्र बाली भरी पाउने भन्न नमिल्ने । (प्रकरण नं.४) § उव्जनी निर्धारण सम्बन्धमा भई आएको मुचुल्कामा उल्लिखित उव्जनी बालीमध्ये बाली लगाउने प्रतिवादीको पारिश्रमिक वापत प्रत्येक वर्षको धान र गहुँ बालीको उव्जनीको आधा कटाई बाँकी आधा बाली विगो वादीले प्रतिवादीबाट दावीको पुरै वर्षको भराई लिन पाउने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सतिशकुमार झा प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर अवलम्वित नजीरः नेकाप २०५१, निर्णय नं. ५०१४, पृष्ठ ९३१ सम्बद्ध कानूनः § जग्गा मिच्नेको १०, १८ फैसला न्या. कल्याण श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादीको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– जिल्ला धनुषा सोहनी मुजेलिया हाल जि. ध. ज. न. पा. वडा नं. १४ सिट नं. १२७६–०१ कि. नं. ४२ को ०–०–१६ जग्गा