निर्णय नं. ८६८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०३/२४ २४०१ निर्णय नं. ८६८ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री राजाईश्वरी जंगबहादुर सिंह माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी माननीय न्यायाधीश श्री बृषबहादुर थापा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२९ सालको रि.फु नं. ४१ आदेश भएको मिति : २०२९।३।२४।६ मा निवेदक : का.जि.गैरीधारा बस्ने सु.नन्दगोपाल राजभण्डारी विरुद्ध विपक्षी : श्री ५ को सरकारमार्फत उ.स. रूपलाल न्यौपाने खाद्य तथा कृषि मन्त्रालय विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (क) निजामती सेवा नियमावली, २०२१ को नियम ८ बमोजिम निजामती कर्मचारीलाई सस्पेण्डमा राखी कारवाई गर्दै लगी बर्खास्त गर्ने निर्णय गरेपछि सस्पेण्डको अस्तित्व समाप्त हुने। (प्रकरण नं. १०) (ख) एकपटक बर्खास्त आदेश सर्वोच्च अदालतबाट बदर भइसकेपछि सस्पेण्ड जगाई पुनः बर्खास्त गर्न नमिल्ने । (प्रकरण नं. १०) (ग) कानूनद्वारा प्रष्ट किटानी अधिकार बिना निर्णयको मितिभन्दा अघिदेखि लागू हुने गरी बर्खास्त गर्न नपाउने । (प्रकरण नं. ११) आदेश न्या. त्रैलोक्यराज अर्याल १. प्रस्तुत केशमा २०२९।२।५ को डिभिजन बेञ्चबाट निर्णय भई निवेदक वीरेन्द्रकेशरी उपाध्याय विपक्षी श्री ५ को सरकार निर्माण, सञ्चार तथा यातायात मन्त्रालयको रि.नं.५५ को केशमा ०२२।१२।१० को डिभिजन बेञ्चबाट भएको निर्णयसँग रुलिङ्ग नमिलेको भनी निर्णयार्थ यसबेञ्चमा पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : कानूनले लाग्न नसक्ने आरोप लगाई श्री ५ को सरकारको ०२०।१०।२७ को निर्णय बमोजिम भनी २०।२१।८।५ मा मलाई सूचना दिई मलाई नोकरीबाट बर्खास्त गरेकोमा मेरो रिट निवेदन परी डिभिजन बेञ्चको ०२२।८।२ को फैसलाले सो बर्खासी पत्रलाई बदर गरिएको थियो फेरि श्री ५ को सरकारको ०२७।१०।२६ को निर्णयले तपाईलाई सस्पेण्ड भएकै मिति ०१०।११।१७ देखि बर्खास्त गरिएको छ भन्ने ०२७।१०।६ मा दिएको बर्खासीपत्र ०२७।१०।८ मा प्राप्त भयो । ०१०।११।१७ को मितिमा मलाई सस्पेण्डपत्र दिएको पनि छैन । सस्पेण्डपत्र दिदै नदिएकोमा ०१०।११।१७ मा बर्खास्त गरिएको छ भन्ने बर्खासीपत्र पूर्ण गैरकानूनी छ । मलाई सफाईको सबूत पेश गर्ने मौका समेत नदिई कानूनले नदिएको अधिकार प्रयोग गरी नोकरीबाट बर्खास्त गर्ने गरी ०२७।१०।२ मा श्री ५ को सरकारले गरेको निर्णय र बर्खासीपत्र गैरकानूनी हो । त्यसबाट मेरो मौलिक र कानूनी हक हनन भएको हुँदा उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी उक्त निर्णय र बर्खासीपत्र बदर गरिपाउँ भन्ने समेत सु.नन्दगोपाल राजभण्डारीको ०२७।१०।१६।६ को निवेदनपत्र रहेछ । ३. निवेदकलाई सफाइको मौका दिई प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिएबाट श्री ५ को सरकारको ०२७।१०।२ को निर्णय बमोजिम नोकरीबाट बर्खास्त गरिएको हो । प्रचलित कानूनको अख्तियार प्रयोग गरी निवेदकलाई बर्खास्त गरिएको हुँदा गैरकानूनी बर्खासी भन्न मिलेन । ०१०।११।१७ मा तत्कालिन प्रधानमन्त्रीको मौखिक आदेशअनुसार निवेदक सोही मितिदेखि सस्पेण्डमा रहेको र सोही सस्पेण्डलाई समर्थन गरी ०११।१।३ मा सस्पेण्डपत्र दिइएको यसबाट प्रस्तुत केशमा खास असर पर्ने देखिएन । रिट निवेदन खारेज होस् भन्ने समेत श्री ५ को सरकार खाद्य तथा कृषी मन्त्रालयको लिखितजवाफ रहेछ । ४. कानूनको अभावमा निर्णय गर्नुभन्दा अघिको मितिदेखि अनुदर्शी असर पर्ने गरी २०१०।११।१७ देखि न