निर्णय नं. ८१७५ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१७५ - परमादेश भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०३/१२ ९६९९ निर्णय नं. ८१७५ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला 2065-WO-0035 आदेश मितिः २०६६।३।१२।६ विषयः परमादेश । निवेदकः काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. ३५ बस्ने रञ्जित थापा समेत विरुद्ध प्रत्यर्थीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिँहदरवार, काठमाडौँ समेत § बाबु वा आमामध्ये दुबैलाई वंशज मानी बाबु वा आमामध्ये कुनै एकको नामबाट नागरिकताको प्रमाणपत्र लिने अधिकार नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ समेतले प्रदान गरिसकेको बाबुआमाको अलगअलग वतन भए पनि निवेदकले रोजेको बाबु वा आमाको ठेगानामध्ये कुनै एक स्थानमा सम्बन्धित निकायको सिफारिशसाथ तोकिएको कार्यविधि पूरा गरी नागरिकताको प्रमाणपत्र माग गर्न आएमा रोजेको बाबु वा आमाको ठेगानामध्ये एक स्थानबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्ने । (प्रकरण नं.८) अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपाल नागरिकता ऐन, २०६३ को दफा ३(१), ३ § नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३(१) § नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८(२), २२ § नेपाल सन्धि ऐन, २०४७ को दफा ९(१) आदेश न्या.गौरी ढकालः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७/३२ बमोजिम यस अदालतमा दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– हामी निवेदकहरूलाई प्रस्तुत विषयमा निवेदन गर्ने, नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ बमोजिम नेपाली नागरिक भएको नाताले प्रत्येक नेपाली नागरिकलाई प्रदान गरेअनुरूपको हकदैया प्राप्त नै छ । निवेदक मध्येको म रञ्जित थापा नागरिकताबाट वञ्चित भएको पीडित व्यक्ति हुँ । म काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ३५ बस्ने लिला रायमाझी (थापा) र काभ्रे जिल्ला शारदा बतासे गा.वि.स. वडा नं. १ बस्ने शरदबहादुर थापाको छोरा हुँ । मिति २०४३ साल भदौ ८ गते मेरो जन्म भई हाल म २१ वर्ष भएको छु । मेरो माता पिता दुबै नेपाली नागरिक हुनुहुन्छ र नेपाली नागरिकता समेत प्राप्त गरिसक्नु भएको छ । मेरो पिताले हामी आमा छोरालाई शुरुदेखि नै हेरचाह नगरेको र खान लाउन समेत नदिएको हुनाले हामी दुबै जना आमाको माइती, घरमा नै रहँदै बस्दै आएका छौँ । मेरो शिक्षा रत्नशिक्षा सदन काठमाडौ, कोटेश्वरमा भयो । एस.एल.सी पास भइसकेपछि मेरो पिता शरदबहादुर थापालाई नागरिकता दिनुहोस् भनी भन्न जाँदा उहाँले जे गर्छस् गर तर म तलाई नागरिकता दिन्न भनी ठाडो जवाफ दिनुभयो । त्यसैले मैले नेपाल नागरिकता ऐन, २०६३ बमोजिम आमाको नामबाट नागरिकता लिने निर्णय गरी मिति २०६५ जेठ २२ गते काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ३५ को कार्यालयमा नागरिकता लिनको लागि सिफारिश लिन गएँ र वडाको सिफारिश प्राप्त गरेपछि काठमाडौँ महानगरपालिका वडा नं. ११ बबरमहलस्थित काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा गए। जिल्ला प्रशासन कार्यालयबाट प्रहरी सर्जमिन र अनुसूची ५ र ३ को प्रक्रिया गर्ने भनी तोक लगाइयो । उक्त लगाइएको तोकबमोजिम महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरले मिति २०६५।२।२४ गते नै सर्जमिन गरी सर्जमिनमा वोलिदिने व्यक्तिहरूको नागरिकताको फोटोकपी संलग्न राखी, तोकबमोजिम अनुसूची फाराम भरी फाराममा नाम लेखिएका व्यक्तिको नागरिकताको फोटोकपी समेत संलग्न राखी सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उप