निर्णय नं. ८६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०४/३१ २५२७ निर्णय नं. ८६९ ने.का.प. २०३१ फूल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री बृषबहादुर थापा सम्वत् २०२८ सालको रि.फु.नं. २१ आदेश भएको मिति : २०२९।४।३१।३ मा निवेदक : का.जि.कमलपोखरी बस्ने धनराज उपाध्याय विरुद्ध विपक्षी : काठमाडौं चावहिल बस्ने शोमकुमारी आचार्यसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने (क) पहिले मुद्दामा पक्ष नभएको रिट निवेदकको नामको जग्गा प्रत्यर्थीलाई चलन चलाउन भन्दा पूर्व प्राकृतिक न्याय सिद्धान्त अनुरूप निवेदकलाई सूचना दिई झिकाई निजहरूको प्रतिक्रिया समेत बुझी यथोचित आदेश दिन पर्ने निवेदकहरूलाई नै कानून बमोजिम म्याद सूचना दिई, कानूनको रितपूर्वक बुझेको हुन बेगर निवेदकहरूको दाम काम गर्ने कारिन्दाले चलन चलाइएको मुचुल्कामा सही गर्दैमा निवेदकहरूलाई थाहाजनक दिएको मान्न नमिल्ने । (प्रकरण नं. ८) (ख) फैसलाबमोजिम भनी जग्गा छुट्याउने सम्बन्धमा आदेश दिएको सम्म कुरामा अ.बं.को नं.८६ बमोजिम नालेश उजूर गर्न पाउने अन्य उपचार छ भन्ने देखिँदैन । (प्रकरण नं. ९) (ग) सम्पत्ति सम्बन्धी र कानूनको संरक्षण सम्बन्धी संवैधानिक मौलिक हकहरू अपहरण गरेको भन्ने आधारलाई लिई रिट निवेदन पर्न आएकोले मौलिक हक हनन भएको कुरामा अन्य कानूनी उपचार भए पनि सर्वोच्च अदालतले आफ्नो असाधारण अधिकार क्षेत्र प्रयोग गर्न मिल्ने देखिन्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अधिवक्ता कृष्णजङ्ग रायमाझी विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे आदेश न्या. धनेन्द्रबहादुर सिंह १. प्रस्तुत केश न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्‍याई दिने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : पुष्कर शमशेरकी रानी ईमकुमारीले महोत्तरीको दारीको जंगलबाट २००। विगाहा जमीन तिरुवा विर्ता पाएकी मध्ये २५ विगाहा मलाई दस्तखत गरी दिनु भएको जग्गा छुट्याई नपाएकोले छुट्याई पाउँ भन्ने चित्रकुमारीको नालेश परी २००। विगाहा मध्येबाट विगाहा २५ पाउने ठहराई ०१६।३।५ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको फैसला बमोजिम जग्गा छुट्याई पाउँ भन्ने वादी पक्षको निवेदन परेकोमा विष्णुमणीको नाउँको इच्छापुरको विगाहा १४।१।।। सत्यवतीका नाउँको विगाहा ७९।।३ सोमकुमारीका नामको विगाहा ११।३।। समेत जम्मा विगाहा ३२।।।.।।।३ मध्येबाट जग्गा विगाहा २५ छुट्याई दिने गरी धनुषा जिल्ला अदालतबाट ०२६।१।२५।४ मा आदेश गरी जग्गा छुट्याई दिएको रहेछ । नापी हुँदा जग्गा विगाहा २००। नपुगी विगाहा १७२–१–६ मात्र भई विभिन्न रैतिहरूको नाममा दर्ता भएको छ अघि मुद्दा परी २००। विगाहा मध्ये २५ विगाहा वादी चित्रकुमारीले पाउने गरी ०१६।४।२५ मा डिभिजन बेञ्चबाट फैसला भए पनि उक्त फैसलामा अड्डाबाट जग्गा छुट्याई दिने वा चलन चलाई दिने कुरै छैन ईमकुमारीले जग्गा छुट्याई दिनुपर्छ भन्ने सम्म छ । पुकराजको निवेदनपत्रमा जे जस्तो लेखिए पनि फैसलाले अड्डाबाट जग्गा छुट्याई चलन चलाई दिन पर्ने हो वा होइन भनी यकिन गरी कारवाई गर्नुपर्ने थियो विपक्षी धनुषा जि.अ.ले सो बमोजिम नगरी पुकराजको सकार गर्ने धनराजको भनाई बमोजिम डोर खटाई हामीहरूको जग्गाबाट जग्गा विगाहा २५ छुट्याई चलन दिई दिलाई त्यसको समर्थन गरी सो जग्गा धनराजको नाममा दर्त