निर्णय नं. ८७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०८/२७ २५३२ निर्णय नं. ८७० ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको रि.फु.नं. ३२ आदेश भएको मिति : २०२९।८।२७।३ मा निवेदक : धनकुटा अर्खोल जितपुर गा.पं.वार्ड नं.२ बस्ने धर्मानन्द पाध्या विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी भू.सु.कार्यालय धनकुटा, धनकुटा अर्खोल जिततुपुर गा.पं.वार्ड २ नं.बस्ने गिरीप्रसाद अधिकारी बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४४ र नियम ३१ सँग सम्बन्धित अनुसूची १४ बमोजिमको कृषीऋणको फाँटवारी नभरेको भन्ने आधारमा कुनै व्यक्तिलाई किसान होइन भनी ठहराउन कानूनसंगत नहुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट :  विपक्षी तर्फबाट : सरकारी अधिवक्ता रतनलाल कनौडिया, का.मु.सरकारी अधिवक्ता इन्द्रराज उल्लिखित मुद्दा :  आदेश न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहोर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : गिरीप्रसाद अधिकारीलाई भोगबन्धकी दिएको जग्गाको भोगबन्धकी ऋण रकम निश्चित गरिपाउँ भन्ने धर्मनन्द पाध्याको निवेदन परेकोमा पक्ष किसान हुन् भन्ने सबूत प्रमाण नदेखिँदा तामेलीमा राख्न र पछि किसानको प्रमाण पेश गरेमा कारवाई हुने भनी ०२७।१।२७।१ मा विपक्षी भू.सु.कार्यालयबाट निर्णय गरेको र सो ऋण निश्चित गरिपाउँ भनी पुनः ०२७।२।६ मा निवेदन परेकोमा ऋण निश्चित गर्ने कार्य खास गरी तल्लो तहका आसामी किसानहरूलाई भई रहेको गैरकानूनी शोषणबाट मुक्त गर्ने उद्देश्य हुँदा आसामी किसानको १४ नं.फाराम हेरी सो व्यक्ति आफ्नै वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसानको हो होइन भनी छानबिन गर्नुपर्ने पेश भएको धनीपुर्जाबाट सो नदेखिएको र ऋणको १४ नं.फाराम पनि भरेको नदेखिँदा र मोहीको हदबन्दी भित्रको जग्गा हुने व्यक्ति भएमात्र खास किसान हुन सक्दछ त्यसकारण खास जग्गा जोत्ने किसानको मात्र ऋण निश्चित गर्ने कानूनी व्यवस्था भएकोले सो कार्यक्षेत्र भित्र नपर्ने हुँदा कारवाई गरी रहनु नपरी खारेज गरी सूचना दिएको छ भनी विपक्षी भूमिसुधार कार्यालयबाट निवेदक धर्मानन्दलाई ०२७।३।२८ मा सूचना दिएको समेत रहेछ । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को (छ) मा किसानको परिभाषा गरिए बमोजिम मेरा एकाघर सगोलको छोरा गोविन्दप्रसाद आफ्नै श्रमले खेती गर्ने व्यक्ति भई निजका नाममा भएको जोताहाको अस्थायी निस्सा र मैले पाएको जग्गाधनी प्रमाणपूर्जाको कि.नं.७३ को जग्गा जोत्ने व्यक्ति म नै भएको प्रष्ट देखिएको छ मलाई किसान होइन भनी देखादेखि कानूनी त्रुटि गरी निर्णय गरिएको छ तल्लो तहका आसामी किसानलाई भइरहेको गैरकानूनी शोषणबाट मुक्त गर्ने उद्देश्यले मात्र ऋणको रकम निश्चित गर्ने कानूनी व्यवस्था गरिएको भनिएको छ तापनि त्यस्तो कानूनी व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ मा कतै कहीँ पनि उल्लेख भएको देखिँदैन १४ नं.फाराम भर्नु भूमिसम्बन्धी ऐन, २०२१ दफा ४४ को कृषी ऋणको लागि मात्र हो गैरकृषी ऋणको पनि रकम निश्चित गर्न पाउने ऐनको दफा ५० मा व्यवस्था गरिएको हुनाले सो आधारमा दिएको निवेदनलाई १४ नं.फाराम नभरेको भनी तामेलीमा राखिएको प्रत्यक्षरूपमा कानूनी त्रुटि र अधिक