निर्णय नं. ८७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/१२/२३ २६८४ निर्णय नं. ८७१ ने.का.प. २०३१ फूल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२९ सालको रि.फु.नं. ४० आदेश भएको मिति : २०३०।१२।२३।६ निवेदक : तप्पे शिवराज मौजे वसन्तपुर बस्ने अजिमुला मुसलमान विरूद्ध विपक्षी : श्री भूमिसुधार अधिकारी श्री डिल्लीराम ढकाल, मुकाम कपिलवस्तु जि.भू.सु.कार्यालय, तप्पे शिवराज मौजे वसन्तपुर बस्ने चन्द्रशेखर चौवे बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भोगबन्धकी जग्गामा साहूको एउटा सीमित हक हुन्छ । आसामीले थैली फिर्ता बुझाए पछि साहूको अधिकार समाप्त हुन्छ । सम्पत्तिमा आफ्नो जे जति हक छ त्यति मात्र अरूलाई दिन सकिन्छ । आफ्नो हक भन्दा बढी हक कसैले कसैलाई हस्तान्तरण गर्न सक्दैन । साहूको थैली फिर्ता भइसकेपछि पनि कायम रहने गरी साहूले अरूलाई मोहियानी हक प्रदान गर्न नसक्ने। (प्रकरण नं. ११) (२) भोगबन्धकीमा लिएको सम्पत्तिमा कुनै थप भएको सृष्टि गर्ने अधिकार साहूलाई नहुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह सरकारी अधिवक्ता : रतनलाल कनौडिया उल्लिखित मुद्दा : दे.फु.नं. ६३ वादी अञ्जनीकुमार श्रीवास्तव प्रतिवादी वलेश्वर वरै समेत फैसला मिति ०२७।९।२१ आदेश न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दा दोहर्याई पाउँ भन्ने अजिमुला मुसलमानको निवेदन परी भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्याई दिनुभन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम मुद्दा दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : जग्गा विगाहा ५ मैले भोगबन्धकी दिई हालसम्म ऋण निश्चित मुद्दा चल्दछ । सो जग्गा मैले मोहीमा दिने अवस्था छन् मोही नलाग्ने बदर गरिपाउँ भन्ने विपक्षी चन्द्रशेखर वादी, चन्द्रशेखरले जुगु कलावारलाई बन्धकीमा दिएको लिलाम हुँदा मुस्तफा खाँले लिएको, जोत्न दिएकोले जोती आएको हुँ जो.अ.निस्सा सदर गरिपाउँ भन्ने समेत निवेदक अजिमुलाको बयान भएको, जो.अ.नि.बदर मुद्दामा वादीको जग्गा प्रतिवादीले कमाएको नदेखिएकोले जो.अ.नि.बदर गर्ने ठहराई ०२८।४।२५ मा जि.भू.सु.कार्यालय कपिलवस्तुबाट निर्णय भएको रहेछ । ३. जग्गाको जोताहाको निस्सा पाई लगत प्रकाशन भएको छ, जग्गाको जोतको हकमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ बाट प्राप्त भएको छ मैले जग्गा जोतेको छु पछि ०२५ सालमा संशोधन भएको ऐन ०२५।७।९।६ मा लालमोहर भई सोही मितिदेखि मात्र लागू भएको हो, सो ऐन लागू हुनुभन्दा अघि लागू हुने भएको ऐनले प्राप्त भएको हकलाई पछि संशोधन भएको ऐनले कुनै असर नपर्ने भएकोले भू.सु.अधिकारीले गरेको तर्कमा कानूनी त्रुटि भएको छ, दफा २५ मा जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र मोहीको हैसियतले कमाएको छ भन्ने प्रष्ट लेखिएको छ । जग्गावाला भन्नाले परिभाषा २ को दफा ४ मा भोगबन्धकी लिने व्यक्ति पनि जग्गावाला भनी लेखिएको छ यसबाट भोगबन्धकीवालाले जोत्न दिएकोमा जोती आउनेको जोताहाको हक प्राप्त हुन्छ, त्यसो हुँदा पछि लागू भएको संशोधनले अघिको कुरामा कुनै बोलेको छैन भने सो पछि जुन मितिदेखि लागू हुन्