निर्णय नं. ८७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०२/०७ २६८१ निर्णय नं. ८७२ ने.का.प. २०३१ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२९ सालको रिट नं. १०९३ आदेश भएको मिति : २०३१।२।७।२ निवेदक : जि.महोत्तरी सोनमा अहुँली गा.पं.वार्ड नं.२ बस्ने गोपाल राय यादव विरूद्ध विपक्षी : महोत्तरी जिल्लाको स्थानीय पञ्चायतको निर्वाचनको लागि नियुक्त रिटर्निङ्ग अधिकृत महोत्तरी जिल्लाको प्र.जि.अ.समेत बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मतदान स्थगित गर्ने कानून बमोजिमको कारण परेमा निर्वाचन अधिकृतले स्थगित गर्ने आदेश स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, ०२५ को दफा १९ (क) बमोजिम दिन पाउने। (प्रकरण नं. ६) (२) मतदान कार्य सम्पन्न भइसकेपछि त्यसलाई रद्द गरी पुनः अर्को निवेदन गराउने अधिकार रिटर्निङ अधिकृतलाई कानूनले नदिएको । (प्रकरण नं. ७) (३) अनाधिकार गराएको निर्वाचन बदर हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुन्ज विहारीप्रसाद सिंह विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल, व.अधिवक्ता कुसुम श्रेष्ठ आदेश न्या. वासुदेव शर्मा १. २०२९।१०।२६ गते अनाधिकार तथा अवैध चुनाव गर्दा गराउँदा संवैधानिक तथा कानूनी हकको हनन् भएकोले प्रचलन गराउनको लागि नेपालको संविधानको धारा ७१ ले प्रतिषेध लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश माग गर्दै प्रस्तुत रिट निवेदन मिति २०२९।११।९।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य : निवेदक र विपक्षी सिविराय यादवले सोनमा अहुँली गा.पं.को प्रधान पञ्च पदमा उम्मेद्वारको रूपमा भाग लिन पोलिङ्ग अधिकृत समक्ष दर्खास्त दिएको रहेछ । ०२९।९।३० गतेको विहानदेखि चुनाव प्रारम्भ हुने निश्चित भई सूचना पनि प्रकाशित भएछ । सरस्वती जनता प्राथमिक विद्यालयलाई निर्वाचन क्षेत्र घोषित गरी ०२९।९।२८ गतेमा पनि सूचना प्रकाशित गरिएको पूर्व निश्चित कार्यक्रमानुसार चुनाव सम्पन्न भई मतगणना हुँदा निवेदकले आवश्यक बहुमत पाएको हुँदा निजलाई प्रधान पञ्च घोषित गरिएछ र प्रधान पञ्चको प्रमाणपत्र समेत निवेदकलाई दिइएछ । चुनावमा हारेपछि विपक्षी शिविरायले मिति ०२९।१०।५ म रिटर्निङ्ग अधिकृत मार्फत चुनावमा भ्रष्टाचार भयो भनी विशेष अदालतमा उजूर गरेको रहेछ । निवेदक मिति २०२९।९।३० गतेको चुनाव पछि आनो घरदेखि बाहिर गएको रहेछ यसै बीचमा रिटर्निङ्ग अधिकृतको आदेशले पुन¬: मिति ०२९।१०।२६ मा निवेदकलाई कुनै जानकारी नदिई विपक्षी शिविराय यादवलाई प्रधान पञ्च घोषित गरिएछ । उक्त मिति २०२९।१०।२६ को प्रधान पञ्चको पदको लागि भएको निर्वाचन अवैध भयो भन्ने बिषयलाई लिएर प्रस्तुत रिट निवेदन पर्न आएको रहेछ । ३. निवेदकको जिकिर यस प्रकार छ : २०२९।९।३० को चुनाव वैध छ । उक्त निर्वाचनका रिटर्निङ्ग अधिकृतलाई चुनाव बदर गराउने अधिकार स्थानीय पञ्चायत (निर्वाचन) ऐन, २०२४ ले दिएको छैन । निवेदकले पाएको प्रमाणपत्र बदर नभएसम्म अर्को चुनाव गर्ने गर्न लगाउने अधिकार विपक्षीहरूलाई छैन निवेदकहरूलाई सूचना नदिई अर्को चुनाव गराउनु प्राकृतिक न्याय सिद्धान्तको विपरीत हो निवेदकको परौक्षमा मिति २९।१०।२६ मा भएको चुनावको कानूनी आधार नहुँदा शुन्य छ । उक्त निर्णय बदर गराई पाउँ । ४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चका मिति ०२९।१०।२५ का आदेश अनुसार प्राप्त भएका विपक्षीहरूको लिखितजवाफ निम्न लेखिए बम