निर्णय नं. ८१७७ - अपुताली हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१७७ - अपुताली हक कायम भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०२/२१ ३९६६ निर्णय नं. ८१७७ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री रण बहादुर बम संवत् २०६३ सालको दे.पु.नं.– ०३५८ फैसला मितिः २०६६।२।२१।५ मुद्दा अपुताली हक कायम । पुनरावेदक/प्रतिवादीः दाङ्ग जिल्ला नारायणपुर गा.वि.स. वाड ३ चरवगिया वस्ने हेमराज न्यौपाने समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ ऐ वस्ने ज्ञानराज न्यौपाने शुरु फैसला गर्नेः मा.जि.न्या. बीरेद्रकुमार बाटाजु पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री माधवप्रसाद ओझा मा.न्या.श्री उद्घप्रसाद वास्कोटा § अदालती बन्दोवस्तको २४ नं ले १६ वर्ष नपुगेको नाबालक र उमेर पुगेका भएपनि कुनै किसिमको रोगले होश ठेगानामा नभएका वा बौलाएका मानिस समेतको कागज लिनु वा गराउनु पर्दा उसको संरक्षक वा हकवाला नराखी कुनै कागज लिनु गराउनु हुदैन भन्ने सुरक्षात्मक प्रक्रियाको अवलम्बन गर्नुपर्ने व्यवस्था सम्म गरेकाले त्यसरी संरक्षक भनेर कुनै कागजमा सही गर्नेले नै सो लिखत लिने वा दिनेको एकमात्र कानूनी उत्तराधिकारी हुने वा अपुतालीहकको एकमात्र हकदार हुने भनी त्यसको तात्पर्य, अंशय वा उद्देश्य नभइ अनेक हकवालामध्ये कुनै एकजनाले त्यस्तो अवस्था परेमा संरक्षक वा हकवाला भनी सही गर्न सक्दछ तर त्यतिकैबाट अरु हकदारको हक समाप्त हुन सक्तैन । त्यसरी असमान वा अन्यायपूर्ण अर्थ निस्कने गरी उक्त प्रक्रियाको अर्थ गर्न नमिल्ने । (प्रकरण नं.७) § अंशवण्डा गरी भिन्न भइसकेका छोराहरूमध्ये कुनै छोराले अ.वं २४ नं को प्रयोजनार्थ संरक्षक वा हकवाला भनी कुनै लिखतमा सही गरेमा वा साक्षी वा रोहवरमा वसेमा त्यत्तिकैबाट बाबुको अंशसँग आफ्नो अंश पनि मिसाई वसेको भन्ने निष्कर्षमा पुग्न वा त्यसरी अर्थ गर्न नमिल्ने। (प्रकरण नं.८) § बाबु तथा आमा अंशवण्डाको लिखत पारित गरी भिन्न भै वसेको अवस्थामा रजिष्ट्रेशनको १ नं. बमोजिम मानो जोरिएको लिखतको अभावमा पुनः सगोलमा वसेको भनी मान्न नमिल्ने र सो अवस्थामा भएको वण्डापत्र समेत बमोजिम वादी तथा प्रतिवादीका बाबुले प्राप्त गरेको अंश भागको तथा निजको श्रीमतीको मृत्युपश्चात् प्राप्त सम्पत्तिमा वादीको र प्रतिवादीको समान अवस्था विद्यमान रहेकोले अपुतालीमा सवै छोराको समान हक हुने । (प्रकरण नं.१०) पुनरावेदक/प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री शेरबहादुर के.सी. र श्री नरबहादुर योगी प्रत्यर्थी/वादी तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री ताराप्रसाद लामिछाने र श्री भिमार्जुन आचार्य अवलम्वित नजीरः § नेकाप २०४५ नि.नं. ३४९० पृ. ५८६, § नेकाप २०४७, अङ्क ७, नि.नं. ४१८० पृ ५३९ सम्बद्ध कानूनः मुलुकी ऐन अपुतालीको महलको १ नं. ६ § रजिष्टेशनको १ नं. § अ.वं. को २४ नं. फैसला न्या.रण बहादुर बमः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अन्र्तगत दोहर्‍याउने निस्सा प्रदान भै यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– म फिरादीको स्व. बाबु देवीभक्त न्यौपानेका २ श्रीमतीमध्ये जेठी विपक्षीहरूको आमा दीपाकुमारी, कान्छी म फिरादीको आमा गुप्ती भएकोमा मेरी आमासँग सगोलमा रहेको अवस्थामा आमा गुप्ती वितेपछि म फिरादी, बाबु, सौतेनी आमा र विपक्षीहरूले २०२०।१।१९ मा अंशवण्डा गरी छुट्टिभिन्न भै आ आफ्नो खतिउपति व्यहोरी आएकोमा विपक्षीहरू को आमा दीपाकुमारी र स्व.बुबा देवीभक्त न्यौपाने विपक