निर्णय नं. ८७५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०३/१८ २७१२ निर्णय नं. ८७५ ने.का.प. २०३१ फुलबेन्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३० सालको रि.फु.नं. ३६ आदेश भएको मिति : २०३१।३।१८।३ निवेदक : मोरङ विराटनगर न.पं.वार्ड नं.९ बस्ने शिवधारी मिश्र विरुद्ध विपक्षी : विराटनगर बजार बस्ने सुरजमल अग्रवाल विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) न्यायिक वा अर्धन्यायिक अधिकारीले कुनै पनि तथ्यलाई प्रमाणको रूपमा ग्रहण गर्दा प्रमाण सम्बन्धी प्रचलित कानून तथा सिद्धान्तहरूको पनि विचार गर्नुपर्दछ । त्यस्ता कानून वा सिद्धान्तको बर्खिलाप कुनै तथ्यलाई प्रमाणको रूपमा लिने र त्यसलाई निर्णयको आधार बनाउन मिल्दैन । (प्रकरण नं. ११) (२) कुनै खास बिषयमा विशेष ज्ञान वा दक्षता भएका विशेषज्ञ बाहेक अरू कसैले साक्षीको रूपमा वा सर्जमिनमा प्रकट गरेको राय प्रमाणमा लिन हुने । साक्षी वा सर्जमिनको मानिसले भनेको कुरा निजले प्रत्यक्ष रूपमा देखे वा थाहा पाएको विवाद तथ्यसँग सम्बन्धित कुरा भएमा मात्र प्रमाणको रूपमा ग्राहण हुन सक्दछ । संभावित बहालबारे सर्जमिनको राय वा अनुमानको आधारमा निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : व.अ. कुञ्जविहारीप्रसाद सिंह, का.मु.सरकारी अधिवक्ता शोभाकर उपाध्याय विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ उल्लिखित मुद्दा : (रि.फु.नं. २८ मिति : ०२९।४।२७) आदेश न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको ०२९।१२।२।५ को निर्णय दोहर्याई पाउँ भन्ने शिवधारीको निवेदन परेकोमा न्यायिक समितिको सिफारिशमा उक्त मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०३०।५।१० को हुकुम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : शिवधारी मिश्रले सुरजमलसँग रू. २६८८०। लिई भोगबन्धकी लेखिदिएको घरलाई सूरजमलले भाडामा लगाएको ऋण रकम निश्चित गरिपाउँ भनी निज शिवधारीले दिएको उजूरीमा ऋण निश्चित गरी ०२६।४।२६ मा भू.सु.का.ले निर्णय गरेकोमा रिट निवेदन परी उत्प्रेषणको आदेशद्वारा सो निर्णय बदर भएपछि पुनः निज शिवधारीको ऋण निश्चित गरिपाउँ भन्ने उजूर परेकोमा साँवा थैली रू.२६८८०। को ०१६।१०।११ देखि ०२८।११।२ तकको सयकडा १० ले ब्याज रू.२४३४८।६६ समेत जम्मा रू.५१२२८।६६ हुनेमा सूरजमलले घर भाडा ने.रू.५०५७४।९३ उठाई खाइसकेकोले खाइसकेको रकम साँवामा कट्टा गर्दा साहूको थैली रू.६५३।७३ आसामीले तिर्नुपर्ने गरी लगत कट्टा गरी दिने समेत भनी ०२८।११।१२।५ मा भूमिप्रशासन कार्यालय मोरङबाट निर्णय भएको रहेछ । ३. उक्त निर्णय उपर सुरजमलले दिएको रिट निवेदनमा वादीले दावी गरेको भन्दा बढी दिलाउने निर्णयकर्तालाई अधिकार हुँदैन वादीले स्वीकार, मञ्जुर गरेको तथ्यमा प्रतिरोध सिद्धान्त लाग्छ, भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५३ ले विशेष अदालत ऐन, २०१३ को दफा ६(१)(क) अन्तर्गत प्रष्टरूपमा वास्तविक न्याय दिन आवश्यक सम्झिएमा मात्र सरजमिन बुझ्नु पर्नेमा त्यस्तो भएको छैन र भूमिप्रशासकले आफैं सरजमिन गरी विराटनगर नगरपञ्चायतबाट भई आएको सरजमिन अमान्य छ, त्यसमा प्रतिवादीको उपस्थिति नै छैन, भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५(घ) मा वर्णन गरेको आयस्ता भन्नाले खाएर भोगेको आयस्तालाई जनाउँछ, प्रशासकको निर्णयमा वास्तविक आयस्ता उपभोग गरेतर्फ उल्लेख छै