निर्णय नं. ४८३५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८३५ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: चैत्र अंक: १२ फैसला मिति :२०५०/०७/१७ ३००३ निर्णय नं. ४८३५ ने.का.प. २०५० (ग) अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल २०४९सालको रिट नं–२७०३ आदेश मिति: २०५०।७।१७।३ निबेदिका: का.जि.का.न.पा.वडा नं.३३ मैतिदेवी बस्ने बसु राजपुत । विरुद्ध विपक्षी : वडा प्रहरी कार्यालय, सिंहदरबार समेत । विषयः– उत्प्रेषण । (१) कागज गराएको छैन भन्ने भए पछि सो सम्बन्धमा निबेदिकातर्फका विद्वान अधिवक्ताले पनि कागज गराएको भन्न सक्नु नभएकोले केही बोलिरहन परेन । जहाँसम्म बारम्बार कुटपीट पक्राउ गरी थुन्ने यातना दिएको भन्ने प्रश्न छ सो सम्बन्धमा तथ्य भित्र प्रवेश गरी रिट क्षेत्रबाट हेर्न मिल्ने नभएबाट माग बमोजिमको आदेश जारी गर्न परेन । रिट निबेदक खारेज हुने । निवेदिका तर्फबाट: विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्साल । विपक्षी तर्फबाट : विद्वान उप–सरकारी अधिवक्ता श्री टिका बहादुर हमाल । आदेश न्या. ओमभक्त श्रेष्ठ १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आउको प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा यस प्रकार छ । २. प्रत्यर्थीहरु आइतमान पोडे पिता, लक्ष्मी माया दिदी, हस्त बहादुर र नानी मैया पोडे भाइ बुहारी हुन । निवेदिकाले २०३४ सालमा जितेन्द्र राजपुतसंग अन्तर्जातीय प्रेम विवाह गरेकी हुँ । पति ट्रक चालक भएकोले सामाजिक सुरक्षाको दृष्टिकोणबाट माइत नजिकै बसी आएकी छु । विवाहको प्रारम्भ काल देखि नै निवेदिकालाई माइति पक्षबाट होच्याउने, सामाजिक सम्बन्ध अलग राख्ने र अपहेलना कार्य भए पनि कुटपीट जस्तो कार्य भएको थिएन । २०४८ साल देखि नै माइतीका प्रत्यर्थीहरुले अनावश्यक डर, त्रास गाली वेइज्जती गर्न लागेकोले २०४८।४।२६ मा प्रहरी वोलाई ल्याएकोमा किन प्रहरी बोलाइस् भनेर प्रहरी कै अगाडि कुटपीट गरु लछार पछार गरियो । त्यस पश्चात जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा उपस्थित गराई निवेदिका लगायत प्रत्यर्थी हस्त बहादुर तथा लक्ष्मी पोडेलाई श्रावण २८ गतेसम्म थुनामा राखी झगडा नगर्ने शर्तमा मिलापत्र गराई छाडियो । २०४८।७।२३ गते निवेदिकाको पति जितेन्द्र राजपुतलाई माइति पक्ष प्रत्यर्थीबाट कुटपीट भएका हुनाले प्रहरी कार्यालयमा गै घारजाँच समेत गराएको थियो । माइति पक्षलाई वडा प्रहरी कार्यालयमा उपस्थित गराई मैयाको जिम्मा कागज गराई प्रहरीको रोहवरमा घर फर्कदा राती ८:०० बजे प्रहरी सहितले निवेदिका र श्रीमानलाई कुटपीट गरियो । एवंरितले मानसिक यातना भई रहेको अवस्थामा २०४८।८।२२ मा बिना अभियोग प्रहरी आई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा कैद गरी प्रत्यर्थीहरुका रोहवरमा कागज गराई छाडियो । पूनः २०४९।७।१३ मा प्रहरी आइ हनुमान ढोका प्रहरी कार्यालयमा उपस्थित गराई कागजमा सहि गराई छाडियो । उक्त कार्यहरु उपर जिलला प्रशासन कार्यालयमा उजुर गर्दा प्रत्यर्थी माइति पक्षलाई उपस्थित गराउँदा आइन्दा त्यस प्रवृत्तिको कार्य गर्ने गराउँदैनौ भन्ने २०४९।७।१७ मा कागज गराइयो । ३. त्यस पच्चात कुनै कुटपीट नभए तापनि निवेदिकालाई गराइएको कागजमा मैले निजहरुलाई रकम तिर्नु पर्छ भनी दवाव र धम्की दिन थालेकोले बाध्य भै यो निवेदन प्रस्तुत गरेकी हुँ । ४. अन्तजातीय विवाह गरेको कारणबाट माइती पक्षबाट असहयोग र अशान्ती हुँदै आएको हो प्रेम विवाह गर्न कुनै अपराध जन्य कार्य होइन । यीनै कारणबाट स्वतन्त रुपबाट जीवन निर्वाह गर्न पाउने अधिकारबाट