निर्णय नं. ८१७८ - प्रतिलिपि अधिकार उल्लंघन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१७८ - प्रतिलिपि अधिकार उल्लंघन भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०४/२५ ६८७३ निर्णय नं. ८१७८ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६३ सालको फौ.पु.नं.– ०६०५ फैसला मितिः २०६६।४।२५।१ मुद्दा :– प्रतिलिपि अधिकार उल्लंघन । पुनरावेदक वादीः नवराज खड्काको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला झापा, मेची नगर नगरपालिका वडा नं. १० वस्ने भोलानाथको छोरा यादव दवाडी शुरु फैसला गर्नेः मा.जि.न्या.श्री ईन्द्रबहादुर कार्की पुनरावेदन फैसला गर्नेः का.मु.मु.न्या.श्री ऋषिराज मिश्र मा.न्या.श्री एकराज आचार्य § कानूनमा प्रष्ट कानूनी व्यवस्था भैरहेको स्थितिमा घटी वा बढी म्यादको समय उल्लेख गरी पक्षको नाममा पठाएको म्याद वा फैसलाले कानूनले प्रष्ट व्यवस्था गरेको म्यादलाई घटाउन वा बढाउन सक्ने अवस्था हुँदैन । कानूनमा स्पष्ट भैरहेको व्यवस्थालाई शुरु अदालतको फैसलामा उल्लेख भै अदालतले पठाएको म्यादले संशोधन गरी घटाउन वा बढाउन पनि सक्दैन र सो म्यादको आडमा मुद्दाका कुनै पनि पक्षले आफूले गरेको गल्तीबाट उन्मुक्ति पाउने अवस्था समेत नरहने । (प्रकरण नं.४) § कार्यविधिका हकमा जुन कानूनको अवलम्बन हुनु पर्छ भनी विधिकर्ताले तोकेको हुन्छ त्यसलाई अन्यथा रुपान्तरण गर्न कानूनसंगत नहुने । (प्रकरण नं.६) § कुनै अदालतले पुनरावेदनको म्याद दियो वा कुनै क्षेत्राधिकार तोकिदियो भन्दैमा त्यो कानूनसम्मत छैन् भने त्यसको कुनै अर्थ नहुने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः नेकाप २०६०, निर्णय नं.७२२०, पृष्ठ ४०८ सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१)(ग) अन्र्तगत यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- नेपाल चलचित्र निर्माण संघको तर्फबाट निरीक्षण गर्ने क्रममा यादव दवाडीको अडियो भिडियो सेन्टरमा मिति २०६२।१०।४ गते निरीक्षण गर्दा हाम्रो संस्थाको कुनै अनुमति नलिई कुनै सम्झौता बिना नै विभिन्न नेपाली चलचित्रहरू तथा गीत संगीतका रचनाहरू गैरकानूनी तवरले प्रतिलिपि क्यासेट उत्पादन गरी विक्री वितरण गर्ने र भाडामा लगाउने गरेको पाइएको हुनाले प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त। जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. १० स्थित रामचन्द्र उप्रेतीको घरमा यादव दवाडीको अडियो भिडियो सेन्टर पसल रहेको, खानतलासी गर्दा नेपाली श्रव्यदृष्य गीत संगीतका प्रतिलिपि सी.डी. चक्काहरू १३(तेह्र) र शीवशक्ति, जीत, लहना र विषालु नामक चलचित्रका प्रतिलिपि सी.डी. चक्काहरू ४(चार) थान समेत वरामद भएको हो भन्ने समेत व्यहोराको घटनास्थल तथा वरामदी मुचुल्का । मेरो अडियो भिडियो सेन्टरमा खान तलासी गर्दा १३(तेह्र) थान नेपाली गीत संगीतका प्रतिलिपि सी.डी. चक्काहरू र ४(चार) थान शीवशक्ति, जीत, लहना र विषालु नामक चलचित्रहरूका प्रतिलिपिहरू सहित मलाई पक्राउ गरिलगेको हो । बरामदी प्रतिलिपिहरू मैले डविङ्ग गरेको होइन। भारतको बंगाली केटाले बेच्न ल्याएकोले खरिद गरिराखेको हुँ । चक्काको प्रतिलिपि बिक्री वितरण गर्दा कारवाही हुन्छ भन्ने मलाई थाहा थिएन भन्ने समेत व्यहोराको प्रतिवादी यादव दवाडीले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान