निर्णय नं. ८७७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०४/२५ २७९१ निर्णय नं. ८७७ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३० सालको रि.फु.नं. ३५ आदेश भएको मिति : ०३१।४।२५।६ मा निवेदक : जि. पर्सा उदयपुर बुर्मी गा.पं. वार्ड नं.२ कुहडी बस्ने भुलन राउत अहिर विरुद्ध विपक्षी : ऐ.ऐ. वार्ड नं.१ बस्ने जुनवती मियाँ धोवी विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने (१) समाव्हान इतलायनामा तामेल गर्दा रीत पुर्याउने सम्बन्धमा अ.बं.को ११० नं.मा व्यवस्था गरिएकोले यो कानूनी हक हो । अ.बं.को ११० नं. को रीत नपुर्याई तामेल गरिएकोलाई कायम राखी निर्णय गरिन्छ भने त्यो कानूनी हक हनन् भएको हुन जान्छ । कानूनी हक हनन भएमा अ.बं.को २०८ नं.बमोजिम अन्य उपचारको व्यवस्था भएकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता जोगन्द्रप्रसाद श्रीवास्तव, अधिवक्ता ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा : आदेश प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफरिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : भुलन राउतको धुर्मि गा.पं.वार्ड नं.१ कि.नं. १७४ को जग्गा कठ्ठा ०–८–१० र कि.नं. २५९ को जग्गा कठ्ठा ०।१२ समेत जुनवतीले कमाई आएकोमा ०२७ सालको बाली दिएन विगो रू.५७४। दिलाई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने भुलनले उजूरी दिएकोमा प्रतिवादी जुनवतीले प्रतिवादी नै नदिई म्याद गुजारेकीले प्रतिवादीले बाली बुझाएको ठहर्दैन । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९ (१) अनुसार प्रतिवादीलाई मोहीबाट निष्कासन गर्ने ठहर्छ भनी भूमिप्रशासन कार्यालय पर्साबाट ०२८।१०।१४ मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय प्रति आपत्ति व्यक्त गर्दै जुनवतीले दिएकी रिट निवेदनपत्रमा भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ४६ मा बाली बुझाउने म्याद माघ मसान्त कायम गरिएको र ऐनको दफा ३६(२) मा बाली बुझाउने म्याद नाघेका मितिले ३० दिन भित्र बाली धरौट राख्न सक्ने व्यवस्था हुनुका साथै दफा २९ क.ले सो म्याद नाघेको मितिले ३० दिन भित्र दफा २८ बमोजिम उजूर गर्न सक्ने व्यवस्था छ । सो म्याद नाघी उजूर परेको र म्याद थामिएको भन्ने देखिँदैन, म्याद भित्रको हो होइन भन्ने छानबिन नै नगरी जग्गाबाट निष्कासन हुने ठहर्छ भनी निर्णय गरी कानूनी त्रुटि गरेको देखिन्छ त्यो उजूरी अ.बं.१८० नं. ले खारेज गर्नुपर्नेमा गरिएको देखिँदैन । मेरा नाउँमा जारी भएको समन अ.बं. ११० नं. को रीत पुगी तामेल भएको देखिँदैन । यो जिल्ला यो पञ्चायतको व्यक्ति हो भन्ने तामेलीमा खुलेको समेत छैन । पञ्चायतको सदस्य र छिमेकी भलाद्मी व्यक्ति समेत राखी तामेल गर्नु पर्छ भन्ने प्रष्ट उल्लेख हुनुको साथै समनमा उल्लेख गरेको मानिस फेला नपरेमा घर जहानहरूलाई बुझाउने निजहरूले समेत नबुझेकोमा व्यहोरा जनाई घर दैलामा टाँस गर्नुपर्ने कानूनी व्यवस्था छ । कानून बमोजिम रीत नपुर्याई समन तामेल गरिएकोबाट समेत मैले प्रतिवाद गर्न नपाउने गरी प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको देखिन्छ, नेपालको संविधानको धारा १० को उप