निर्णय नं. ८१७९ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१७९ - जबरजस्ती करणी भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०२/१८ ६८२८ निर्णय नं. ८१७९ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६२ सालको फौ.पु.नं. ––३५८२ फैसला मितिः २०६६।२।१८।२ मुद्दा :– जबरजस्ती करणी । पुनरावेदक वादीः शिवानी कार्की (नाम परिवर्तन) को जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः उदयपुर जिल्ला हडिया गा.वि.स. वडा नं. ६ बस्ने नारायणबहादुर राउत शुरु तहमा फैसला गर्ने मा.जि.न्या. श्री शिवप्रसाद पराजुली पुनरावेदन फैसला गर्ने मा.न्या. श्री कोमलनाथ शर्मा मा.न्या. श्री गौरीबहादुर कार्की § जबरजस्ती करणी मुद्दामा करणी स्थापित गर्ने विषयमा पीडित तथा अन्य व्यक्तिको भनाइ महत्त्वपूर्ण रहदाँरहँदै पनि अकाट्य भने हुदैन । जबरजस्ती करणीका सम्बन्धमा पीडित तथा अन्य व्यक्तिहरूले व्यक्त गरेको कुरालाई पीडित तथा पीडकको शारीरिक परीक्षणलगायतका अन्य प्रमाणले पुष्टि गरेको अवस्थामा प्रमाणमा लिनुपर्ने । § पहिला अनुसन्धान अधिकारी समक्ष जबरजस्ती करणी भएको हो भनी कागज गरिदिएको र सो कुरा प्रतिवादीको वयान लगायतका अन्य प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा पछि अदालतमा आएर जबरजस्ती करणी भएको होइन भनी पीडित तथा अन्य व्यक्तिले वकपत्र गरेको आधारमा मात्र प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय प्रतिवेदन ( Medical Report) को प्रतिकूल हुनेगरी जबरजस्ती करणी भएको होइन भन्ने निष्कर्षमा पुग्न नसकिने। (प्रकरण नं.३) § अन्य प्रमाणबाट कसूर गरेको भन्ने पुष्टि भइरहेको अवस्थामा केवल पीडित तथा अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने व्यक्तिहरूले पहिला आफूले भनेको भनाइको विपरीत हुनेगरी गरेको वकपत्रको आधारमा मात्र प्रतिवादीलाई सफाइ दिदै जाने हो भने पीडित तथा अन्य व्यक्तिउपर अनुचित प्रभाव पार्न सक्ने र अपराधीहरूले कहिल्यै पनि सजाय पाउने अवस्था नआई दण्डहीनताको स्थिति सिर्जना भइ अन्ततः समाज नै अराजकतातर्फ जाने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः § नेकाप २०६१, पृष्ठ ८९३, नि.नं. ७४११ सम्बद्ध कानूनः प्रमाण ऐन, २०३१ को दफा ९ § जबरजस्ती करणी महलको १, ३(२) र १० नंं फैसला न्या. राजेन्द्रप्रसाद कोइरालाःपुनरावेदन अदालत राजविराजको मिति २०६२।५।२८ के फैसलाउपर वादी पक्षबाट मुद्दा दोहोर्याई हेरी पाउँ भनी निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र ठहर यसप्रकार छः– मिति २०६०।१।२३ गते अं. १४.०० वजेको समयमा म र मेरी बहिनी सहित जिल्ला उदयपुर हडिया गा.वि.स. वडा नं. ४ स्थित राजावास खेतमा मकै रुँग्न गई आधा डोको घाँस समेत काटी वसिरहेको अवस्थामा एक्कासी नारायणबहादुर राउत हामी भएको ठाऊँमा आई सल्लाह छ भन्ने निहुँ गरी नजिक आई हात समातेर भुइमा लडाई मेरो मुख समेत थुनेर जबरजस्ती करणी गरी बुबा आमालाई भनिस् भने मारी दिन्छु भनी गएको हुँदा कानून बमोजिम कारवाही गरिपाऊँ भन्ने शिवानी कार्कीको जाहेरी दरखास्त । जि. उदयपुर हडिया गा.वि.स. वडा नं. ४ राजावास स्थित सम्भ्रान्तबहादुर कार्कीको मकै खेतमा प्रतिवादी नारायणबहादुर राउतले जाहेरीबाली शिवानी कार्कीलाई जबरजस्ती करणी गरेको, घटनास्थलमा मकै भाँचिएको भुइमा लडेको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का । पीडित शिवानी कार्कीको य