निर्णय नं. ८१८० - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१८० - लेनदेन भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०२/२८ ३३४० निर्णय नं. ८१८० २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६० सालको दे.पु.नं. ९४५६ फैसला मितिः २०६६।२।२८।५ मुद्दा : लेनदेन । पुनरावेदक वादीः जिल्ला सुनसरी दुहवी गा.वि.स. वार्ड नं. ४ स्थित श्रीकृष्ण राइस मिल्स प्रा.लि का तर्फबाट सञ्चालक देवेन्द्रकुमार अग्रवाल विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला सुनसरी मधेली गा.वि.स. वार्ड नं. ९ बस्ने सुदर्शन साहु शुरु फैसला गर्ने : मा.जि.न्या. श्री उमेशराज पौडेल पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री शारदाप्रसाद पण्डित मा.न्या. श्री गोबिन्दकुमार श्रेष्ठ § कुनै पनि कानूनी व्यवस्थाबमोजिम छोराले उठाई खाएको रकमको आधारमा बाबुलाई तिर्न बुझाउन पर्ने गरी वाध्य गराउन नसकिने । (प्रकरण नं.३) § मुद्दाका प्रतिवादी फिरादी कम्पनीका शेयर धनी, कर्मचारी वा सञ्चालक कोही नरहेका उनाउ व्यक्ति भएकाले लेनदेन व्यवहारको महल अंगाली विगोमा दावी लिई दायर भएको प्रस्तुत मुद्दामा कम्पनी ऐन, २०५३ को दफाहरू १२६(२), १२७ र १२७(झ) लाई निर्णयाधार लिएकोसम्म अप्रासागिंक र असान्दर्भिक देखिन आउने । (प्रकरण नं.४) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री प्रदीप सापकोटा प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री कमलमणि निरौला अवलम्वित नजीरः सम्बद्ध कानूनः § कम्पनी ऐन, २०५३ को दफा १२६(२), १२७(झ) फैसला न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत, विराटनगरको मिति २०६०।२।६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४९ को दफा ९ अनुसार वादीको तर्फबाट पर्न आएको प्रस्ततु पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :— विपक्षीको एकासगोलको छोरा दिनेस साह लाई यस मिलको व्यापारीहरूसँग रुपैया उठाउने काम दिएकोले सो उठाएको रकम र विल भरपाई यस मिलमा बुझाउनु पर्नेमा नबुझाई रुपैयाँ लिई भागी वेपत्ता भएपछि इलाका प्रहरी कार्यालय दुहवीमा मिति २०५५।१।१५ मा खोज तलास गरिपाऊँ भनी निवेदन दिएको थिएँ । त्यसपछि विपक्षीको घरमा गई मैले तपाइको छोरा दिनेसले रुपैया लिई भागी हिडेका छन् भनी विपक्षीलाई भन्दा रुपैयां पनि दिन्छु भनी भनेका र रुं ७५०००।– को भौचरमा हिन्दीमा लडका मिल्ने पर उपस्थित कराएँगे नही करने पर भौचरमै भराहुवा रुपैया, हमखूद तिरेंगे जस्तो शब्द लेखी छोरा सुनीलकुमार शाह, श्रीप्रसाद यादब र श्रीप्रसाद साहालाई साक्षी राखी विपक्षीले बुझी लिनेमा सहि गरी दिनु भएको थियो । यसरी छोरा उपस्थित नगराएमा रु. ७५०००।– आफै तिर्ने शर्तमा भौचरमा सही गरी दिनु भएकोमा छोरालाई पनि उपस्थित नगराएको र रुपैयाँ पनि नबुझाएकोले साह्रै अन्यायमा परी लेनदेनको १ र ४० नं. अन्तर्गत फिराद गर्न आएको छु । विपक्षीबाट रु. ७५,०००।– दिलाई पाऊँ भन्ने वादीको फिराद दावी । स्वयं वादीले नै मैले रुपैयाँ लिएको छु भनी भन्न नसकेको लिखतबाट पनि रुपैयां लिएको पुष्टि हुन सकेको छैन । छोरा नभेटिएमा म दाखेल गर्नेछु भनी उल्लेख छ । मैले छोराको खोजी गरी रहेको छु । लघु उद्योगबाट दाखेल हुन आएको भरपाई अ.वं. ७७ नं. ले मेरो विरुद्ध प्रमाण लाग्न सक्दैन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । लिखत अनुसारको रकम तिर्न स्वीकार गर्ने प्रतिवादीले ऋण तिर्नुपर्ने हुँदा वादी दावीको कागज अनुसारको रकम रु. ७५,०००।– यी वादीलाई प्रतिवादीबाट भराई दिने ठहर्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०