निर्णय नं. ८६२ - उत्प्रेषणको आदेज जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६२ - उत्प्रेषणको आदेज जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०३/२२ २८०६ निर्णय नं. ८६२ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०२४ सालको रि.फु.नं. २५ आदेश भएको मिति : २०२५।३।२२।६ मा निवेदिका : का.प.जि.भुलु वेखसिले गा.पं.वडा नं.१ बसने काशीकुमारी घर्ती क्षेत्री विरुद्ध विपक्षी : श्री सहायक अञ्चलाधीश अञ्चलाधीशको कार्यालय बागमती अञ्चल जिल्ला पञ्चायत कार्यालय काभ्रेपलान्चोक माल बिषय : उत्प्रेषणको आदेज जारी गरिपाउँ (क) आसामीकी स्वास्नीले जग्गा खरीद गर्ने साहूलाई थैली बुझाई राजीनामा सौंपुवा लिई सकेको कायम रहेसम्म अरू हकदारको निखनी लिने हक कायम रहन्छ रहँदैन निखनी लिन पाउने नपाउने के हो प्रमाण बुझी हक बेहक समेतको इन्साफ निर्णय गर्नुपर्ने हुन आएको कुरामा रजिष्ट्रेशनको ३५(२) दफाले तोकी दिएको मालको सीमित अधिकार क्षेत्र भित्र पर्न नसक्ने । (प्रकरण नं. ९) (ख) पक्षको सम्मती या स्वीकृति हुँदैमा कुनै अड्डा अदालत वा अधिकारीले आफ्नो अधिकार क्षेत्र नभएको आफूले हेर्न नपाउने मुद्दा हेर्न छिन्न पाउने होइन । पक्षको सम्मत्ति या स्वीकृति भए पनि यदि त्यो निर्णय अधिकार प्राप्त अड्डा अदालत वा अधिकारीले गरेको देखिँदैन भने त्यस्तो निर्णयलाई कानूनी मान्यता दिन नमिल्ने हुन्छ । मिसिलबाट नै प्रष्टरूपले अधिकार नभएको अड्डा अदालत वा अधिकारीले कुनै निर्णय गरेको देखिन्छ भने त्यस कुरामा कुनै पक्षले पहिले नै आपत्ति उठाएको छैन भने पनि त्यतिकै कारणले मात्र त्यस्तो निर्णय मान्य हुन नसक्ने समेत हुनाले सर्वोच्च अदालतले आफ्नो अधिकार असाधारण अधिकार क्षेत्र प्रयोग गरी त्यस्तो अनधिकृत निर्णय बदर गर्न पाउने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता नन्दीकिश्वर, सरकारी अधिवक्ता प्रचण्डराज अनिल आदेश १. विपक्षी इन्द्रबहादुर घर्तीले शिवकुमारीको उपर रू.९९। मा ललितबहादुरले राजीनामा गरी दिनु भएको निखनाइपाउँ भन्ने उजूरी, बाबा ललितबहादुरले राजीनामा गरी दिनु भएको वहाँ परलोक भएपछि ०२३।१।१७ गते आमा काशीकुमारीलाई सौंपुवा राजीनामा गरिदिएको छु जग्गा मेरो हकमा छैन भन्ने शिवकुमारीको र मलाई बुझेकोमा मैले सौंपुवा राजीनामा लिएको छु भन्ने मेरो कागज समेत भएकोमा इन्द्रबहादुरले निखनी लिन पाउने मैले थैली बुझी लिनु पर्ने ठहराई विपक्ष मालबाट ०२३।८।१३ गते पर्चा गरे उपर मेरो पुनरावेदन परेकोमा विपक्ष सहायक अञ्चलाधीशज्यूले इन्साफ जाँच्दा इन्साफ मनासिव ठहर्छ मेजिस्ट्रेट कमिश्नर सवालको २० (क)(१) ले अपील लाग्न नसक्ने हुँदा अपील म्यादभित्र म्याद दिन नपर्ने ठहराई ०२४ साल भाद्र ३० गते फैसला गरी दिनुभयो । रजिष्ट्रेशनको ३५ नं. को २ दफामा दर्खास्तवालाले दावी लिएको सम्पत्ति र रजिष्ट्रेशन भएको लिखत वा अड्डामा रहेको श्रेस्ताबाटै निखन्न दिनुपर्नेमा निखन्न दिन इन्कार गरेको देखिन आए रजिष्ट्रेशन गर्ने अड्डाबाटै निखनाई दिने फैसला गर्न पाउने देखिएको रजिष्ट्रेशन गर्ने अड्डाबाट भन्ने संकेतले पनि लिखत रजिष्ट्रेशन भएकोलाई मात्र जनाउने यसमा एक त आय टिकट नटाँसिएको दोश्रो रजिष्ट्रेशन पास नभएको तेस्रो विपक्षी इन्द्रबहादुरले २०२३।३।२० मा रूपैयाँ धरौट राखेको मैले २०२३।१।१७ मा शिवकुमारीले गराई लिएको राजीनामा समेत सौंपुवा साथको राजीनामा लिएको र बिक्री गर्ने भनेको मेरो