निर्णय नं. ८१८१ - फैसला बदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१८१ - फैसला बदर । भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०२/०५ ४७८१ निर्णय नं. ८१८१ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री रणबहादुर वम संवत् २०६३ सालको दे.पु.नं. ९००९ फैसला मितिः २०६६।२।५।३ मुद्दा :– फैसला बदर । पुनरावेदक वादीः काठमाडौँ महानगरपालिका वडा नं. ३ बस्ने प्राणहिरा कंसाकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौँ महानगरपालिका वडा नं. २७ मासंगल्ली वस्ने केशरमान कंसाकार समेत शुरु फैसला गर्ने मा.जि.न्या. श्री प्रेमबहादुर के. सी. पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री राजेन्द्रप्रसाद कोइराला मा.न्या. श्री मधुसुदनलाल श्रेष्ठ § मौकामा एकपटक मुद्दा चल्दाका अवस्थामा पेश नभएको लिखत, आधिकारिक निकायमा नरहेको र जहिलेसुकै पनि तयार हुन सक्ने घरसारको लिखतमा गुठी भन्ने शव्द परेकै आधारमा मात्र विवादित घरजग्गा गुठीको हो भनी यकीन गर्न नसकिने । (प्रकरण नं.३) § एक पटक फैसला भइसकेपछि मुद्दाको अन्त्य हुने भएकोले सो विषयमा स्पष्ट रुपमा कुनै पक्षको अनभिज्ञतावश अर्को पक्षबाट मुद्दा गरी आफ्नो समेत हक समाप्त भएको तथ्य अदालतलाई आश्वस्त तथा विश्वस्त नबनाएसम्म अदालतले पुनः मुद्दा ग्रहण गरी निर्णय गर्नु न्यायोचित नहुने। § (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा विद्वान अधिवक्ता श्री लोकभक्त राणा प्रत्यर्थी प्रतिवादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री वद्रीबहादुर कार्की र विद्वान अधिवक्ता श्री मुक्ति प्रधान अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अ.वं. ८५ र ८६ नं फैसला न्या.प्रेम शर्माः पुनरावेदन अदालत पाटनको फैसलाउपर वादी पक्षबाट मुद्दा दोहो¥याई हेरिपाऊँ भनी निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१)(क) अनुसार मुद्दा दोहो¥याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छ :– का.जि.का.म.न.पा. वडा नं. २७ को कि. नं. १५४५ को क्षे. फ. ०–१–०–२ को घर जग्गा पूर्व चुडा गुर्जुको घर, पश्चिम नाम थाहा नभएको श्रेष्ठको घर, उत्तर जोहारीको घर दक्षिण सडक यति ४ किल्ला भित्रको दक्षिण मोहडाको पसल कवल ७ भएको १ नाले ४ तल्ले झिंगटी छाना भएको घरमा वसी परापूर्व पुर्खाको पालादेखि प्रत्येक साल मार्गसुदी पञ्चमीका दिन हामी फिरादीहरू मिली पालै पालोसँग श्राद्ध गर्नुपर्ने घरमा विपक्षीमध्येका हिरालानी कंसाकारको लोग्ने वासु कंसाकारलाई घर मर्मत गर्नु परेमा गर्ने गरी सालै पिच्छे रु. २५।– का दरले वहालमा वस्न दिएकोमा हामीहरू २ जना विपक्षीहरू ६ जना समेत जम्मा ८ जनाको बराबरको हक लाग्ने घर जग्गामा विपक्षीहरूले गैरकानूनी तवरबाट एकलौटी हुने झूठा प्रमाण देखाई का. जि. अ. बाट २०३८।७।२० मा र वाग्मती अञ्चल अदालतबाट मिति २०३९।१।१५ गते विपक्षीहरूको मात्र हक लाग्ने फैसला भएकोमा परम्परा देखि हामीले प्रयोग गर्दै आएको घर विपक्षी हिरालानी कंसकारको नाममा मात्र कायम गर्ने गरेको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी । विवादित घर विपक्षीहरूको श्राद्ध गुठीको घर नभै मेरो पिता पुर्खाको पाला देखिको घर हो भन्ने कुरा उक्त पसलमा वहालमा वस्ने मोतीलाल र दानरत्नलाई वहालमा दिई निजहरूले गरेको मिति २०१८।१।४ को कवुलियत समेतबाट मेरो भन्ने प्रष्ट हुन्छ । यदि विवादित घर श्राद्ध गुठीको भए कुन मितिका कसको के प्रयोजनको लागि राखेको