निर्णय नं. ८१८२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१८२ - अंश भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०२/२० ३५३७ निर्णय नं. ८१८२ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०५९ सालको दे.पु.नं.८०३८, ८०३९ फैसला मितिः २०६६।२।२०।४ मुद्दाः– अंश । पुनरावेदक प्रतिवादीः कास्की जिल्ला ढिकुरपोखरी गा.वि.स.वडा नं. ३ बस्ने शालिकराम अधिकारी समेत विरुद्ध विपक्षी वादीः ऐ. ऐ. बस्ने झ्यापी अधिकारी पुनरावेदक प्रतिवादीः कास्की जिल्ला ढिकुरपोखरी गा.वि.स.वडा नं. ३ बस्ने अगन्धर अधिकारी को मु.स.गर्ने शालिकराम अधिकारी विरुद्ध विपक्षी वादीः ऐ. ऐ. बस्ने झ्यापी अधिकारी शुरु फैसला गर्ने मा.जि.न्या. श्री प्रेम प्रसाद सिलवाल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री गिरीशचन्द्र लाल मा.न्या. श्री जगन्नाथ पाठक § १६ वर्ष नपुगेका नाबालक व्यक्तिले गरेको कागजको हकमा त्यस्तो व्यक्तिको संरक्षक वा हकवालालाई रोहवरमा राखी कागज गराएको भएमात्र त्यसले कानूनी मान्यता प्राप्त गर्न सक्छ। अन्यथा मुलुकी ऐन अदालती बन्दोवस्तको २४ नं. अनुसार त्यस्तो कागजले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । § रजिष्ट्रेशन पारित नभएको तथा नाबालकले गरेको कानूनी मान्यता प्राप्त गर्न नसक्ने कागजमा भएको ल्याप्चे सहिछाप भिडेको भन्ने कुराले कुनै अर्थ नराख्ने । § नाबालकले गरिदिएको अ.वं. २४ नं. को प्रक्रिया नपुगेको अमान्य र निरर्थक कागजका आधारमा कुनै न्यायिक अवधारणा बनाउन सकिदैन र यस्तो कागजको व्यहोराले कुनै प्रामाणिक बल राख्दैन । यस्तो लिखतलाई जालसाजी घोषित गरिरहने आवश्यकता नपर्ने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री विश्वप्रकाश सिग्देल तथा विमलप्रसाद ढकाल विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री नरबहादुर गिरी अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अदालती बन्दोवस्तको २४ नं. § अंशवण्डाको १ र ३० फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत पोखराको फैसला उपर प्रतिवादी पक्षबाट यस अदालतमा निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र ठहर यसप्रकार छः– प्रतिवादी मध्येका अगन्धरको ३ श्रीमतीमा जेठी जसोदा, माहिली पूर्णकला र कान्छी टुल्की हुन् । माहिली श्रीमती पहिले नै छुट्टिभिन्न भएको र कान्छी टुल्की पोइल गैसकेकी रहिछन् । जेठी तर्फका जेठा शालिकराम, कान्छा चूडामणि भएकोमा शालिकरामका २ श्रीमती गुमा र माया हुन् । उहाँहरूका छोराहरू तीलक, राजेन्द्र र पिताम्वर हुन् । कान्छा चूडामणिको श्रीमती म झ्यापी हुँ । हामी सवै संगोलमा छौँ । अंशवण्डा भएको छैन । पति २०२८ सालमा विदेश तर्फ जानु भएको आजसम्म फर्किआउनु भएको छैन । कहाँ हुनुहुन्छ सो समेत थाहापत्ता छैन । विपक्ष सासु, ससुरा जेठाजु जेठानीले माया गर्नुहुन्थ्यो । म पनि उहाँहरूको निर्देशन र अधीनमा रही काम काज गरिआएकी हुँ । जेठाजुपट्टि छोरा छोरी जन्मेर परिवार वढ्दै आयो, म एक्ली भएकीले विगत २/३ वर्षदेखि केही मनमुटाव शुरु भएर आए पनि सही बसिआएकै थिएँ । यस वर्षदेखि खान लाउन र बस्न समेत दिंदैनौ भनी एकैमुख जवाफ दिएकाले घरकै कटेरामा वसिआएकी छु । मूल ४ भागको १ भाग अंश दिलाई पाऊँ भन्ने समेत व्यहोराको मिति २०५०।९।२९।५ को झ्यापी अधिकारीको फिराद दावी । म प्रतिवादी मध्येका अगन्धरका ३ श्रीमतीमा जेठी जसोदा, माइली पूर्णकला र कान्