निर्णय नं. ८११४ - उत्प्रेषण परमादेश समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८११४ - उत्प्रेषण परमादेश समेत भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/११/१५ ६४१८ निर्णय नं. ८११४ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, बिशेष इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री सुशीला कार्की मुद्दा नं. ०६४–WS–००३३ आदेश मितिः २०६५।११।१५।५ मुद्दाः– उत्प्रेषण परमादेश समेत । रिट निवेदकः– काठमाडौं जिल्ला जोरपाटी गा.वि.स. वार्ड २ वस्ने केदार मैनाली विरुद्ध विपक्षीः–सञ्चालक समिति, राष्ट्रिय बाणिज्य बैंक केन्द्रीय कार्यालय समेत § समानताको हकको प्रथम शर्त कानूनको दृष्टिमा अर्थात् कानूनको समानतापूर्ण नीति र व्यवहारको सुनिश्चिततामा हुने । (प्रकरण नं.६) § राज्यद्वारा नागरिकका सम्बन्धमा गरिने व्यवहार, उपलब्ध हुने सुविधा, अवसर आदिमा विभेद गर्न नहुने । § नागरिकको समानताको हक भन्नाले समानहरूका बीचमा समान र असमानहरूका बीचमा असमान व्यवहार गर्नु पर्ने भन्ने हुने । (प्रकरण नं.७) § ऐन नियममा भएको व्यवस्थालाई नयाँ ऐन नियमले जे जति हदसम्म निरन्तरता, बचाउ वा संरक्षण गरेको छ, सो हदसम्म मात्र कायम रहने हो । सो बाहेक पुरानो खारेज भैसकेको ऐन नियमको व्यवस्था कायम रहन नसक्ने । § पुरानो नियमको व्यवस्थालाई नयाँ ऐन नियमले निरन्तरता, बचाउ वा संरक्षण दिएकोमा पनि त्यसपछि आएको ऐन नियमले सो निरन्तरता, बचाउ वा संरक्षणको व्यवस्था कायम राखेन भने त्यसरी निरन्तरता, बचाउ वा संरक्षण गर्न छाडेको मितिदेखि सो व्यवस्था स्वतः खारेज भए सरह हुने । § (प्रकरण नं.८) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र बद्रीबहादुर कार्की एवं विद्वान अधिवक्ताहरू केदार मैनाली, त्रिलोचन गौतम, हरिप्रसाद उप्रेती, बगला रेग्मी विपक्षी तर्फवाटः विद्वान अधिवक्ताहरू पूर्णमान शाक्य, भोलानाथ ढुंगाना, रमेश कार्की, माधव वास्कोटा, सुरज अधिकारी, नरहरि आचार्य, प्रेमप्रसाद पाण्डे र हरिकुमार नेपाल अवलम्वित नजीरः § सअ बुलेटिन, २०६२, वर्ष १२, अङ्क २४, पृष्ठ १८ § नेकाप २०५३, निर्णय नं.६१८९, पृष्ठ ३५८ § २०५६ सालको रिट नं. ३३८९, § २०५६ सालको रिट नं. ३१९१, § नेकाप २०५१, अङ्क ३, निर्णय नं.४८७५, पृष्ठ १४३ सम्बद्ध कानूनः § बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्यादेश, २०६१ को दफा ९१ § राष्ट्रिय बाणिज्य बैंक कर्मचारी नियमावली, २०२३ को नियम ३४(१) § राष्ट्रिय बाणिज्य बैंक कर्मचारी नियमावली, २०३३ को नियम ९, ३४, ८७, § राष्ट्रिय बाणिज्य बैंक कर्मचारी (सेवा शर्त) नियमावली, २०४३ को नियम ३४, ९३ § राष्ट्रिय बाणिज्य बैंक कर्मचारी नियमावली, २०५० को नियम ५६, १०९, ११८ आदेश न्या.रामप्रसाद श्रेष्ठ: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(१)(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– म निवेदक विपक्षी बाणिज्य बैंकमा मिति २०३४।२।२ को पत्रअनुसार ऐ २४ गतेदेखि सेवा प्रवेश गरी ३० वर्ष सेवा अवधि पुगेको कारणले २०६४।२।२४ बाट अनिवार्य अवकाश दिइएको बाणिज्य बैंकको पूर्व कर्मचारी हुँ । सेवा प्रवेश गर्दा बैंकले मलाई दिएको नियुक्ति पत्रमा तपाईको सेवा शर्त सुविधा र हक राष्ट्रिय बाणिज्य बैंक नियमावली, २०२३ अनुसार हुनेछ भनी उल्लेख भएको र विपक्षी राष्ट्रिय बाणिज्य बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति लिई बनाएको कर्मचारी सेवा विनियमावली, २०६१ को नियम ५३ को प्रावधानअनुसार मिति २०६४।२।२४ बाट म निव