निर्णय नं. ६४८७ - वन्दीप्रत्यक्षीकरण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४८७ - वन्दीप्रत्यक्षीकरण । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०६/१० २७०१ निर्णय नं. ६४८७ ने.का.प.२०५५ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय संवत् २०५४ सालको र.पु.इ.नं.. ५२ आदेश मितिः- २०५४।६।१०।५ विषयः- वन्दीप्रत्यक्षीकरण । निवेदकः तनहुं जिल्ला क्यामिन गा.वि.स. वार्ड नं. २ घर भै का.जि.का.म.न.पा. वार्ढ नं. २९ डेरा गरी बस्ने हाल जिल्ला प्रहरी कार्यालय काठमाण्डौ हनुमान ढोकामा गैरकानूनी रुपमा थुनामा रहेको वेनोज अधिकारी समेत जम्मा २ । विरुद्ध विपक्षीः श्री ५ को सरकार, गृह मन्त्रालय समेत जम्मा ४। सार्वजनिक सुरक्षा ऐन अन्तर्गतको थुना निरोधात्मक प्रकृति (Preventive Nature) को हुन्छ । कुनै व्यक्तिलाई देशको शान्ति र व्यवस्थामा खलवल पर्न सक्ने कार्यबाट तत्काल रोक्नको लागि केही अवधिसम्म थुनामा राख्‍ने उद्देश्य रहेको हुन्छ । त्युतो थुनामा राख्‍दा प्रतिवादीलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(६) द्वारा प्रदत्त पक्राउ भएको व्यक्तिलाई २४ घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउने र २४ घण्टा भन्दा वढी मुद्दा हेर्ने अधिकारीको आदेश वेगर थुनामा रहनु नपर्ने र धारा १४ द्वारा प्रदत्त अन्य फौजदारी न्याय सम्बन्धी हक समेत उपलव्ध हुंदैन । त्यसैले यस कानूनको प्रयोग राष्‍ट्रको सार्वभौमसत्ता अखण्डता वा सार्वजनिक शान्ति व्यवस्था सर्वसाधारण जनताको हीत वा विभिन्‍न जाति वा सम्प्रदायहरु वीच सुसम्वन्ध कायम राख्‍ने उद्देश्यले हुन्छ । तर फौजदारी अपराधमा सजाय भोगाउन थुनामा राख्‍ने दण्डनीय थुना (Punitive Detention) को प्रकृति उद्देश्य र तात्पर्य विल्कुल फरक हुन्छ । दण्डनीय थुनामा प्रचलिन कानून विपरीत कार्य गरेको ठहरिएमा सजायको रुपमा थुनामा राखिन्छ । सजाय हुनु अघि सवूद प्रमाण दिने, आफ्नो कुरा भन्‍ने आदि आधारभूत मानव अधिकारहरु फौजदारी न्यायसम्पादन गर्दा उपलव्ध हुन्छन । यसमा खुला इजलासमा न्यायिक अधिकारीद्वारा मुद्दाको सुनुवाई र निर्णय हुन्छ । तसर्थ दण्डनीय थुना र निरोधात्मक थुनाको वीचमा आकाश जमिनको अन्तर हुने । (प्र.नं. ३०) हाते बम, पेट्रोल बम जस्ता पदार्थ राख्‍नु विष्फोटक पदार्थ ऐन, २०१८ तथा हातहतियार खरखजाना ऐन, २०१९ द्वारा निषेधित कार्य हुन । यस्तो निषिद्ध फौजदारी कार्य गरेमा कानून वमोजिम मुद्दा चलाई कारवाही गर्नुपर्ने हुन्छ । त्यसरी कानून वमोजिम कारावही चलाउनु पर्ने कुराका सम्बन्धलाई लिएर सार्वजनिक सुरक्षा कानून अन्तर्गत थुनामा राख्‍नु जुन कानून जुन तात्पर्यको लागि वनेको हो सोही तात्पर्यका लागि प्रयुक्त हुनुपर्ने भन्‍ने सामान्य कानूनी सिद्धान्त अनुरुप भएको भन्‍न नमिल्ने । (प्र.नं. ३३) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री अग्नि खरेल, विद्वान अधिवक्ता श्री लव प्रसाद मैनाली, विद्वान अधिवक्ता श्री शिवराज अधिकारी, विद्वान श्री वोर्ण बहादुर कार्की, र विद्वान अधिवक्ता श्री खिमलाल देवकोटा विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री कुमार चुडाल अवलम्वित नजिरः श्रीमान् तामाङको हकमा तेजनारायण चौधरी विरुद्ध गृह मन्त्रालय समेत भएको सम्वत् २०४४ सालको रिट नं. १६७५ नि.नं. ३३६५ (ने.का.प. २०४५ अंक २ पृष्‍ठ १४५) आदेश न्या. श्री लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त व