निर्णय नं. ८११५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८११५ - कर्तव्य ज्यान भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०३/०४ ३५५९ नि.नं. ८११५ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी फौ.पु.ई.नं.–०६५–CF–००१२ फैसला मितिः २०६६।३।४।५ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक/वादीः शुकबहादुर राईको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं. ११ मंगलवारे बस्ने अजय राई समेत शुरु फैसला गर्नेः मा.जि.न्या. श्री हरिकुमार पोखरेल पुनरावेदन फैसला गर्नेः मा.का.मु.मु.न्या. श्री कामानन्दप्रसाद देव मा.न्या. श्री खेमराज शर्मा § अदालतसमक्ष इन्कार रहँदैमा सफाइ पाउने भन्ने हुँदैन । अधिकारप्राप्त अधिकारीसमक्षको वयानलाई समर्थन गर्ने अन्य तथ्यहरू छन् भने ती तथ्यहरूलाई घटनाको समग्रतासँग दाँजेर हेर्नुपर्ने । (प्रकरण नं.३) § जसको पोलका आधारमा सन्दर्भ उठेको हो स्वयंले नै किटानीसाथ नभै सुनेको भनी व्यक्त गरेको कथनका आधारमा कसैलाई ज्यानसम्बन्धी कसूरमा कसूरदार ठहर्याउन नमिल्ने । § केवल अभियोग लगाउनु मात्र कसूर स्थापित गर्ने आधार हुन सक्दैन, अभियोग प्रमाणित गर्ने दायित्व पनि वादी पक्षले वहन गर्नुपर्छ । फौजदारी मुद्दामा शंकाको भरमा कसैलाई कसूरदार ठहर्याउन नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फबाटःविद्वान सहन्यायाधिवक्ता श्री बलराम शर्मा प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § ज्यानसम्बन्धीको १३(१) नं. र १३(३) नं. § प्रमाण ऐन, २०३१ को दफा १० फैसला न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत धनकुटाको मिति २०६२।९।२१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम मिति २०६३।५।५ मा वादीको पुनरावेदन परेको र यसै मुद्दामा प्रतिवादी अजय राईको पुनरावेदन परी यस अदालतबाट मिति २०६३।९।१२ मा नै फैसला भइसकेको देखिँदा वादी नेपाल सरकारको पुनरावेदनको हकमा समानस्तरको संयुक्त इजलासबाट विचार गर्न नमिल्ने भई पूर्ण इजलासमा पेश गर्नु भनी भएको आदेशबमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : जिल्ला धनकुटा आहाले स्थित पुरानो मूल गोठ घरमा रहेको बुवा पदमबहादुर राई आमा जयभक्ति राईलाई मिति २०६०।७।२७ गते राति अन्दाजी २.०० बजेको समयमा अज्ञात व्यक्तिहरू आई बाबुआमालाई धारिलो हतियारले प्रहार गरी बेहोस घाइते बनाई ३ तोला बराबरका सुनका गहना र नगद रु.३९,०००।– डाँका गरी फरार भएका र बाबुको मृत्यु भएको हुँदा अपराधीलाई खोजतलास गरी कानूनबमोजिम हदैसम्मको कारवाही सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । मृतक पदमबहादुर राईको देव्रे कानको बीच भागबाट देवे्रगालातर्फ ५ इन्च लम्बाइको धारिलो हतियारले काटेको, दाइने कुम पातोमा ७ इन्च लम्बाई धारिलो हतियारले काटेको, गहिरो चोट र निलो चोट देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । मृतक पदमबहादुरको टाउको पछाडि पट्टि काँधमा धारिलो हतियारद्वारा गहिरो चोट लागी अत्याधिक रक्तश्राव भएको कारण मृत्यु भएको भन्ने समेत व्यहोराको लाश परीक्षण प्रतिवेदन । जयभक्ति राईको शरीरको विभिन्न भागमा बाँसको भाटाले कुटेको निलडाम र हातमा खुकुरीले काटेको गहिरो चोट रहेको भन्ने समेत व्यहोराको निजको घाउ जाँच केश फारम । मेरो श्रीमानलाई धारिलो हतियार खुकुरी प्रयोग गरी मारेको र मलाई समेत घाइते बनाई