निर्णय नं. ६४८८ - करकाप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४८८ - करकाप भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/११/१२ २६२० निर्णय नं. ६४८८ ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल संवत् २०५२ सालको फौ.पु.नं. -११७० फैसला मितिः- २०५४।११।१२।३ मुद्दाः- करकाप पुनरावेदक/प्रतिवादीः जिल्ला खोटाङ वाहुनी डांडा गा.वि.स. वार्ड नं. २ बस्ने हर्क बहादुर कार्की समेत जना ३ । विरुद्ध प्रत्यर्थी/ वादीः ऐ. वार्ड नं. ५ बस्ने दल बहादुर समेत जम्मा ६ । प्रहरी कार्यालयलाई कुलोपानीको विवाद सुन्ने र त्यसमा निर्णय गर्ने अधिकार कानूनले प्रदान गरेको नदेखिने । (प्र.नं. १३) विवादित मिलापत्र गराउने अधिकार क्षेत्र नभएको प्रहरि चौकी चास्मिटारले गराएको मिलापत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने भै सो मिलापत्र प्रभावहीन र सुन्य हुने । (प्र.नं. १३) पुनरावेदक प्रतिवादी तर्फबाटः-X प्रत्यर्थी वादी तर्फबाटः- X अवलम्वित नजिरः- X फैसला प्र.न्या.ओमभ्क श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम पुनरावेदन अदालत राजविराजको मिति २०५१।१२।१५।४ को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः- २. मिति २०४८।७।८ गतेका दिन विपक्षीहरु १५ जना भै प्रहरी चौकी च्यास्मिटारबाट हामीले नाम नजानेका २ जना प्रहरी ल्याई विपक्षी र प्रहरी भै हामीलाई पक्राउ गरी प्रहरी चौकीमा लगि हामी ६ जनालाई थुनाई, भोलिपल्ट मिति ०४८।७।९ गते विहान १० बजे सवै विपक्षीहरु प्रहरी चौकीमा भेला भई चौकी इन्चार्जले मिलापत्र गरी जान भनी हामीहरुलाई छाडि दिए । विपक्षीहरुले गाउं घरमै मिलापत्र गर्छौ भन्दा के विषयमा मिलापत्र गर्ने भन्दा बढि कुरा नगर हामी कागज लेख्छौं अनि थाहा पाउला भन्दै विपक्षीहरुले हामीलाई अघि लगाई चौकी देखि एक माईल पर वर पिपल चौतारा मुलवाटोमा पुर्याएपछि डर त्रास देखाई विपक्षी मध्येको भद्र बहादुर बस्नेतले नेपाली कागज थान एक मा तेही वसि के कस्तो व्यहोरा लेखी हामीलाई नसुनाई पट्याएर राखे तेस पछि हर्क बहादुर कार्कीले आफ्नो गोजिबाट २ थान लेखेको र २ थान नलेखेको नेपाली कागज ४ थान निकाली भद्र बहादुरले लेखेको समेत ५ थान नेपाली कागजमा हामीहरुलाई इच्छा विरुद्ध जवरजस्ती साथ डर धाक त्रास देखाई हामिहरुलाई सबै जनाले पक्राउ गरी हर्क बहादुरले हामीहरुको दुवै हातको वुढि औंलामा मसि लगाउने र भद्र बहादुरले थिचाउने गरी ५ वटा कागजमा ल्याप्चे लगाई हामीहरु लाई छाडि दिएबाट करकापबाट गराएको कागज विपक्षीबाट दाखिल गराई चित्तल गरी विपक्षीहरुलाई सजाय गरी पाउं भन्ने फिराद । ३. वादीहरु समेत भै वाजे वराजुका पाला देखि दममारु खोलाबाट हाम्रा खेतमा ल्याई चलाई आएको कुलो भत्काई सिंचाईमा वाधा पारि जग्गा बझ्याई दिएबाट सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा हामीहरुको उजुरी परी मिले मिलाई दिने नमिले दुवै पक्षलाई उपस्थित गराउने भनी प्रहरी चौकी च्यास्मिटारमा लेखि पाएपछि मिति २०४८।७।९ गते दुवै पक्ष प्रहरी चौकीमा भेला भै पालो लगाई कुलोको पानी लगाउने सल्लाह भै मिलापत्र भएको । चौकीलाई रेकर्ड चाहिन्छ भनेकाले वादी र हामी मिलापत्रको कागज गरी आएका हौं । करकापबाट ५ थान कागज गराएको होइन भन्ने प्रतिउत्तर । ४. प्रहरी चौकी च्यास्मिटारको च.नं. ११९ को पत्र साथ प्राप्त भएको ०४८।७।९ को कागज देखाउंदा खेखे यहि कागज करकापबाट गराएको हो भन्ने वादीका वा.स.ले गरेको वयान । ५. प्रहरि चौकी च्यास्म