निर्णय नं. ८११६ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८११६ - उत्प्रेषण परमादेश भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/१०/२३ २९०३ निर्णय नं. ८११६ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गौरी ढकाल मुद्दा नं. २०६४–WF–०००३ आदेश मितिः २०६५।१०।२३। विषय :– उत्प्रेषण परमादेश । रिट निवेदक : रेशमबहादुर पौडेल समेत विरुद्ध विपक्षी : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत § एकै विषयमा भिन्न–भिन्न निर्णय भएको भनी औल्याएका मुद्दामा भिन्न–भिन्न विषयमा भएको निर्णयलाई लिएर एकै बिषयमा फरक–फरक निर्णय भएको भनी भन्न नमिल्ने । § आफू मध्येका अन्य निवेदकहरूले दिएको निवेदनमा यस अदालतबाट निर्णय नहुँदा निवेदन नगरी उक्त निवेदनमा यस अदालतबाट रिट जारी हुने गरी आदेश भएपछि सो निवेदन दिएको देखिन्छ । तसर्थ प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा एकै विषयमा भिन्न भिन्न निर्णय भएको नभै प्रस्तुत निवेदनको विषयवस्तु फरक भएको देखिएकोले संयुक्त इजलासले नै हेर्नुपर्ने । (प्रकरण नं.५) रिट निवेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजीरः § संवत् २०५५ सालको रिट न. ३६८५ § संवत् २०६० सालको रिट नं.३३५० र ३२८८ § संवत् २०५५ सालको रिट नं. ३६०५ § रिट नं. ०६४–WF–०००४ खुमलाल रेग्मी वि.स्वास्थ्य मन्त्रालय समेत § रिट नं. ०६४–WF–०००५ विष्णुप्रसाद सुवेदी वि.स्वास्थ्य मन्त्रालय समेत सम्बद्ध कानूनः § लोकसेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा १२(१) § निजामती सेवा नियमावली, २०५० को नियम २५(२) आदेश १. यसमा यी निवेदन स्वयंले २०५५ सालमा आफूलाई पियन पदबाट हटाउने निर्णय विरुद्ध रिट दायर गर्दा सो निर्णय कानूनसम्मत् ठहराई कायम हुने गरी यस अदालतले शुभनाथ अधिकारी समेत विरुद्ध लोकसेवा आयोग समेत भएको २०५५ सालको रिट नं.३६८५ बाट निर्णय भएको कारण दावी गरेको पियन पदमा हक नरहेका व्यक्तिले हाल अरु व्यक्ति रिट निवेदक तिलकप्रसाद लामिछाने विरुद्ध लोकसेवा आयोग कमलपोखरी समेत भएको उत्प्रेषण मुद्दा संवत् २०६० सालको रिट नं. ३२८८ र रिट नं. ३३५० रिट निवेदक भूपाल सिँ थापा विरुद्ध जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजासमेत भएको उत्प्रेषण मुद्दाबाट बदर गराएकोले मैले पनि पियन पदमा काम गर्न पाउनुपर्छ भनी २०५९।१०।२ को निर्णय र सो निर्णयलाई कार्यान्वयन गर्न मिति २०५९।१०।५ को पत्र बदर गराउन उल्लेख गरेअनुसार यस अदालतबाट दोहोरो परी भएको निर्णयलाई सिरान थापी प्रस्तुत रिट निवेदन परेको देखिन्छ । यस अवस्थामा कानूनबमोजिम सेवाबाट हटाउने गरेको बैध भनी यस अदालतले २०५८।१२।१२।२ मा ठहराई सकेको निर्णयको आधारमा दिएको निर्णय तथा पत्राचारहरू नै पुनः यस अदालतले संवत् २०६० को उपरोक्त रिट नं. ३२८८,३३५० र ३१४१ का निर्णयहरूबाट बदर गरेको देखिन आएबाट यस अदालतका दुई डिभिजन वेञ्चबाट परस्पर विरोधी निर्णय भएको कारण प्रस्तुत रिट निवेदनको मुद्दामा निर्णय गर्न यस अदालतको उपरोक्त निर्णयमध्ये कुन निर्णयलाई आधार मानी निर्णय गर्ने भन्ने वारेमा कठिनाई यस वेञ्चसमक्ष उपस्थित हुन आयो । यसरी यस अदालतबाट एक पटक सही ठहराएको मिति २०५०।१२।१२ को संयुक्त इजलासको निर्णय अनुरूप सो निर्णय कार्यान्वयन गर्न २०५९।१०।२ को निर्णयलाई मिति २०६२।३।८।४ मा डिभिजन वेञ्चबाटै बदर भएको फैसलालाई आधार मानी निर्णय गर्ने कुरामा गम्भीर कानूनी प्रश्न उपस्थित भएकोले यस वेञ्चबाट निर्णय गर्न कठिनाई भएबाट एकै बिषयका कुरामा यस अदालतको एक डिभिजन वेञ्चबाट फैसला