निर्णय नं. ६४८९ - वन्दीप्रत्यक्षीकरण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४८९ - वन्दीप्रत्यक्षीकरण । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०९/२२ २९०९ निर्णय नं. ६४८९ ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय रिट नं. -२६८२ आदेश मितिः- २०५४।९।२२।३ विषयः- वन्दीप्रत्यक्षीकरण । पुनरावेदकः जिल्ला धादिङ निलकण्ठ गा.वि.स. वार्ड नं. ५ घर भै मंगल मा.वि किर्तिपूरका शिक्षक हाल केन्द्रीय कारागार शाखा काठमाण्डौंमा गैरकानूनी थुनामा रहेको विष्णु पुकार श्रेष्ठको हकमा मिरा श्रेष्ठ । विरुद्ध प्रत्यर्थीः श्री ५ को सरकार, गृह मन्त्रालय समेत जम्मा ५ । नेपाल अधिराज्यको सार्वभौम सत्ता अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्न सक्ने काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्न पर्ने उचित र पर्याप्त आधार छ छैन नजरवन्दको आदेश दिने अधिकारीले नजरवन्दमा राख्नु पर्ने संविधान र कानूनद्वारा निर्धारित उल्लेखित पूर्वावस्था विद्यमान छ छैन वस्तुनिष्ठ आधारमा विचार गर्नुपर्छ । उचित र पर्याप्त आधारहरु निवारक नजरवन्दको आदेश दिने अधिकारीले मनोगत रुपमा निर्धारण गर्न नमिल्ने । (प्र.नं. ११) कुनै फौजदारी कसूरको सिलसिलामा तयार पारेको आधार प्रमाणलाई निवारक नजरवन्दको तात्पर्यको लागि आधार वनाउन नमिल्ने । (प्र.नं. ११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री एकराज भण्डारी प्रत्यर्थी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक अलवम्वित नजिरः आदेश न्या. उदयराज उपाध्यायः नेपाल अधिराज्यको संविधानको धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छः २. म निवेदिकाको दाजु विष्णुपुकार श्रेष्ठ काठमाण्डौं किर्तिपुर स्थित मंगल मा.वि. को शिक्षक हुनुहुन्छ । दाजु विष्णु पुकार श्रेष्ठ नेपाल राष्ट्रिय शिक्षक संगठनको निवर्तमान महा सचिव भएको हृसियतले अ.ने.रा.स्व.वि. (क्रान्तिकारी) को भक्तपुर जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य दिने मिति २०५४।८।१३ मा गई फिर्न लाग्दा सानोठिमी क्याम्पसको मुलगेटमा प्रहरीहरु आई गिरफ्तार गरी लगेछन् । दाजु घरमा नआएकोले सोध खोज गर्दा उल्लेखित व्यहोरा वमोजिम गिरफ्तार गरी लगेको थाहा पाई सोधखोज गर्दा सार्वजनिक सुरक्षा ऐन, २०४६ अन्तर्गत केन्द्रीय कारागार शाखामा राखेको थाहा पाई जांदा मिति २०५४।८।१५ मा प्रत्यर्थी जिल्ला प्रशासन कार्यालय भक्तपुरका प.जि.अ.ले सहि गरी नजरवन्द आदेश पूर्जि दिएको रहेछ । र्उक्त पूर्जिमा जिल्ला प्रशरी कार्यालय भक्तपुरको प्राप्त पत्र अनुसार तपाईलाई त्यसै छाड्दा भागी फरार हुन सक्ने तथा सार्वजनिक सुरक्षामा खलल पर्न सक्ने हुँदा सार्वजनिक सुरक्षा ऐन, २०४६ को दफा ३(१) अन्तर्गत आजका मितिबाट हाललाई ७ दिनको लागि जिल्ला कारागार शाखामा (क) श्रेणीको सिधा पाउने गरी नजरवन्दमा राखेको व्यहोरा सूचीत गरिन्छ भन्ने व्यहोरा उल्लेख भएको रहेछ । यसरी दाजु विष्णु पुकार श्रेष्ठलाई नजरवन्दमा राख्नु पर्ने उचित र पर्याप्त कारण खुलाउन विपक्षीले सकेको छैन । सार्वजनिक सुरक्षा ऐन, २०४६ को दफा ३(१) ले नेपाल अधिराज्यको सार्वभौम सत्ता अखण्डता सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्न सक्ने कुनै काम कुराबाट कसलाई रोक्नुपर्ने उचित र पर्याप्त आधार भएको अवस्थामा मात्र कुनै खास अवधिको लागि नजरवन्दमा राख्ने आदेश जारी गर्न सक्ने अधिकार प्र.जि.अ. लाई प्रदान गरेको छ । दाजु विष्णु पुकार श्रेष्ठलाई नजरवन्दमा राख्नु पर्ने उपरोक्त वमोजिमको पूर्वावस्था