निर्णय नं. ६४९० - लेनदेन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४९० - लेनदेन । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०२/२९ २४२९ निर्णय नं. ६४९० ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री ‌केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय संवत् २०५२ सालको दे.पु.नं. -३४९७ फैसला मितिः- २०५४।२।२९।४ मुद्दाः- लेनदेन । पुनरावेदक/प्रतिवादीः जिल्ला पर्सा गाउँ विकास समिति वार्ड नं. ४ सिवर्वा वस्ने सिंगासन राउत कुर्मी । विरुद्ध विपक्षी/ वादीः जिल्ला पर्सा गाउँ विकास समिति सिवर्वा वार्ड नं. ४ वस्ने जमुना राउत कुर्मी । प्रतिवादीको वारिशले अदालतमा वयान गर्दा उक्त विवादको लिखत लिफा कागजमा तयार पारेको भन्ने जिकिर लिएता पनि उक्त लिखत हेर्दा लिफाको प्रयोजनको लागि तयार भएको भन्ने लिखतको प्रकृतिबाट देखिदैन । सामान्यत लिफामा लिखतको अक्षर शुरु हुने स्थान र अन्त हुने स्थानमा ल्याप्चे सहीछाप हुन्छ तर प्रस्तुत विवादको लिखतमा अक्षर थपिएको ठाउंमा समेत वादीको ल्याप्चे छाप लागेको देखिन्छ साथै लिखतमा लागेको ल्याप्चे छाप आफ्नो होइन भन्न पनि वादीले नसकेको अवस्था समेत हुंदा वादी दावी वमोजिम प्रतिवादीबाट वादीले सैवा व्याज भरी पाउने ठहर्‍याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेके देखिदा सदर हुने । (प्र.नं. ७) पुनरावेदक प्रतिवादी तर्फबाटः-X विपक्षी वादी तर्फबाटः- X अवलम्वित नजिरः- X आदेश न्या. केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम पुनरावेदन परी पेश हुन बएको प्रस्तुत मुद्दाको संक्षिप्‍त व्यहोरा यस प्रकार छः- २. विपक्षीले घर खर्च वापत घर खर्च गर्नलाई म संग रु. २३,०००। लिई सो रुपैयाको सयकडा १०% (प्रतिशत) ले व्याज सावां व्याज समेत २०४६ साल माघ महिना भरमा चुक्ता गरी वुझाउंला भनी विपक्षीले भाखा गरी मिति २०४६।३।२७।३ का दिन मालपोत कार्यालय, पर्सा अगाडी वसि घर सारमा प्रतिवादीले कपाली तमसुकको कागज लेखि सहिछाप गरि लिखत मलाई सुम्पि दिनुभएको छ । उक्त भाखामा र आजसम्म सावां व्याज समेतको रुपैया बुझाई दिनुस भनी प्रतिवादीलाई वारम्वार ताकेता गरि माग्दा आलटाल गरि आजसम्म बुझाई नदिनुभएकोले सावां रु. २३,०००।– को लिखत मिति २०४६।३।२७ गते देखि आज तक एक वर्ष एघार महिना तिन दिनको सयकडा १०% का दरले हुने व्याज रु. ४४२७।४० पैसा समेत जम्मा रु. २७,४२७।४० र भोलिको मितिदेखि मुद्दा फैसला भएको मितिसम्म र विगो भरि भराउ भएको दिनसम्मको व्याज लगाई सावां व्याज समेत विपक्षीबाट दिलाई कोर्टफि भराई पाउं भन्ने समेत व्यहोराको फिराद-पत्र । ३. म प्रतिवादी सिगासन राउन कुर्मी र गंगाजली देवि र छोरा राम वालक कुर्मी र फकेन राउन समेतसंग अंश हकको कुरामा वादविवाद भई झै-झगडा भएकोमा म सिगासन राउतको श्रीमती गंगाजली देवि र छोरा फकेन राउन कुर्मी र राम वालक प्रसाद कुर्मीले म उपर यस अदालतमा दे.नं. १४५४ को अंश दर्ता मुद्दा दिंदा सोहि मुद्दामा म सिंगासन राउत कुर्मीलाई जमुना राउत कुर्मीले आफ्नो गफमेलमा मिलाई राखी सोही समयमा विपक्षी वादीले म सिंगासन कुर्मी राउतसंग थाहा नभएको के कुन किसिमको विभिन्न लिफा कागजहरुमा सहिछाप गराई लिएका थिए । सोही लिफा कागजहरुमा विपक्षी वादीले गैरकानूनी तवरबाट मिति २०४६।३।२७ गतेको मितिबाट जालसांजि लिखत खडा गरि गराई सो लिखतमा आफ्नो गफमेलका मानिसहरुलाई मिलाई साक्षी अन्तर साक्षी जालसाजी तवरबाट वसाइ जालसाजी लिखत खडा गरी गारइ दायर गर्नु भएको प्रस्तुत फिराद गैरकानूनी भई वदर भागी छ द