निर्णय नं. ८११८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८११८ - अंश भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०३/०३ ३७१७ निर्णय नं. ८११८ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्मानीय का.मु. प्रधानन्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री प्रेम शर्मा संवत् २०६२ सालको दे.पु.नं ७९५१ फैसला मितिः २०६६।३।३।४ मुद्दाः– अंश । पुनरावेदक/प्रतिवादीः मीनबहादुरको छोरा गण्डकी अञ्चल कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं.३ बस्ने वर्ष ६१ को नारायणबहादुर श्रेष्ठ विरुद्ध विपक्षी वादीः मीनबहादुरको छोरा ऐ. ऐ. बस्ने वर्ष ५४ को रामप्रसाद श्रेष्ठ समेत शुरु फैसला गर्ने मा.न्या.श्री विष्णुप्रसाद पौडेल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री ताहिर अली अन्सारी मा.न्या. श्री पुरुषोत्तम पराजुली § मानो छुट्टिएको वा मानो जोडिएको लिखत गरेको अवस्थामा रजिष्ट्रेशन गराउनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था रहेकोमा केवल बाबुसंग मानो छुट्टिएको र हजुरआमा र बाबुबीच परेको मुद्दामा पहिले वारेस बसी पछि हजुरआमाको मृत्युपछि मुद्दा सकार गरेको कारणमात्र दाजु भाइका बीचमा मानो छुट्टिएको पर्याप्त आधार बन्न नसक्ने । (प्रकरण नं.४) § रीतपूर्वकको बण्डापत्र नभएको अबस्थामा नावालकले गरिदिएको लिखतमा छुट्टिभिन्न भैसकेको व्यहोरा उल्लेख भएको भन्ने आधारमा मात्र वादीहरूले पाउने अंश जस्तो नैसर्गिक हकबाट बञ्चित गर्न न्यायका मान्य सिद्धान्त समेतले नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ताद्वय श्री रमण श्रेष्ठ र रोहितराज बास्तोला अवलम्वित नजीरः नेकाप२०४९,अंङ्क १, नि.नं. ४४६१, पृष्ठ ९८ सम्बद्ध कानूनः § अंशवण्डाको १८ र ३० नं. § अ.बं. २०२ § प्रमाण ऐन, २०३१ को दफा ६(क) फैसला का.मु.प्र.न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)ग बमोजिम पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– विपक्षी मीनबहादुर पिता हुनुहुन्छ । आमा अघि नै परलोक भै सक्नु भयो । पिता मीनबहादुर का चार छोरामा विपक्ष नारायणबहादुर जेठा, म फिरादी शम्भुलाल कान्छा हौँ । अघि हाम्रा बज्यै लोककुमारी र पिता मीनबहादुरका बीच मुद्दा मामिला पर्न गएको कारणले बज्यैको देहवसानपछि विपक्षी नारायणबहादुरले मुद्दा सकार गर्नु भएको थियो । मुद्दा सकार गरी त्यसतर्फको सम्पत्ति एकलौटी खाउँला भनी पिता मीनबहादुरको र माताको समेत विपक्षी नारायणबहादुरले कुनै हेरविचार गर्नु भएन । फलस्वरूप विपक्षी पिताले विभिन्न जग्गा बिक्री गरी खर्च जुटाउने काम गर्नु भएतापनि रोगले ग्रस्त भएकी हाम्री आमा परलोक हुनु भयो । शायद २०२२ साल तिर हो जस्तो लाग्छ, त्यसपछि हामी तत्काल नाबालक भएको अवस्था हामीमाथि विभिन्न विपत र दुख आइपरे यता पिता मीनबहादुरको कुनै आयश्रोत नहुनुका साथै वृद्ध हुँदै जानु भएको थियो भने अर्कोतर्फ हामीहरू आयआर्जनविहीन भै लेखपढ र जीवन धान्न समेत असमर्थ थियौँ । तत्काल जागिरे हुनु भएका विपक्षी नारायणबहादुरले हाम्रो कुनै हेरविचार पुर्याउनु भएन । आखिर केही नलागी २०२७ साल जेठ १९ गतेका दिन तीन कित्ता जग्गा हाल विदेश गएका साहिला भाई कृष्णबहादुरको नाउँबाट विपक्षी पिता संरक्षक भै बिक्री गराउनु भएछ र बिक्री भएको जग्गामा विपक्ष नारायणबहादुरले अन्यथा गर्न नपाओस् भनी विपक्षी पिताले त्यस प्रकारसँग आफूलाई छुटिएको बाबु भन्ने देखाउनु भएतापनि वस्तुतः छुट्टि