निर्णय नं. ८११९ - ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८११९ - ठगी भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/१२/०९ ४६४९ निर्णय नं. ८११९ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६३ सालको फौ.पु.नं. ....३८३४ फैसला मितिः २०६५।१२।९।१ मुद्दाः ठगी । पुनरावेदकः ललितपुर जिल्ला, ललितपुर उप महानगरपालिका वडा नं. १४ ताल्छीखेल बस्ने नारायण थापा विरुद्ध प्रत्यर्थीः राजेन्द्र महर्जन समेतको जाहेरीले नेपाल सरकार शुरु तहमा फैसला गर्नेः मा.जि.न्या.श्री जनार्दनबहादुर खड्का पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री नन्दराज अधिकारी मा.न्या.श्री अली अकवर मिकरानी § निश्चित समयपश्चात् रकम फिर्ता गर्नुपर्ने दायित्व भएको सञ्चालक समितिले आफ्नो दायित्व पूरा नगरेको र निज प्रतिवादीले अदालत एवं अधिकारप्राप्त अधिकारीसमक्ष वयान गर्दा जाहेरीवालहरूको वचत रकम फिर्ता गरिसकिएको छ भनी भन्न नसकेको अवस्थामा जाहेरी कथन र अभियोग दावी सत्य साँचो नै देखिने । (प्रकरण नं.४) § आफ्नो सहकारी संस्थामा राम्रो व्याज दिने भनी आकर्षण देखाई रकम जम्मा गर्न लगाई निजहरूले मागेका वखत रकम फिर्ता नदिई संस्था नै बन्द गरी हिँडेको कार्यलाई वचतकर्ताहरूलाई गलफतमा पारी धोका दिएको होइन भन्न कानूनतः नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री टेकबहादुर रावल प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन ठगीको १, ४, ७ नं. § सहकारी ऐन, २०४८ फैसला न्या.कृष्णप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनबाट २०६१।८।२१ मा भएको फैसलाउपर चित्त नबुझी प्रतिवादी पक्षबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– हामी जाहेरवालाहरूले पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेल ललितपुरमा आफ्नो नाममा खाता खोली रकम जम्मा गर्दै आएकोमा हामीहरूको जम्मा भएको रकम फिर्ता माग्न जाँदा उक्त संस्थाका अध्यक्ष अशोककुमार पाठक, उपाध्यक्ष तुलसीभक्त श्रेष्ठ, सचिव नवीन महर्जन, कोषाध्यक्ष नारायण थापा, सदस्य सानोभाइ खड्का समेतका व्यक्तिहरूले रकम फिर्ता नदिर्ई मिति २०५८।८।१ गते दिनेछौँ भनी २०५८।५।९ को कान्तिपुर पत्रिकामा सूचना प्रकाशन गरी २०५८।६।३० बाट संस्थामा ताला लगाई भागी हामीहरूको रुपैया ठगी गरेकाले यो जाहेरी दिन आएका छौ । उल्लिखित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक पाठकसमेतका सञ्चालकहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी हामीहरूले आफ्नो खातामा जम्मा गरेको रकम रु. ४२,००५५।– दिलाई भराई पाऊँ भन्ने व्यहोराको राजेन्द्र महर्जन समेतका ११ जनाको जाहेरी दर्खास्त । हामी जाहेरवालाहरूले पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेल ललितपुरमा खाता खोली जम्मा गरेको रकम फिर्ता माग्दा नदिई संस्थाका अध्यक्ष अशोककुमार पाठक समेतका पदाधिकारीहरूले वचतकर्ताको रकम मिति २०५८।८।१ गते फिर्ता दिनेछौँ भनी २०५८।६।३० मा कान्तिपुर दैनिक पत्रिकामा सूचना प्रकाशन गरी सोही मितिबाट संस्थाको कार्यालय बन्द गरी भागी लुकी छिपी हिडेकाले यो जाहेरी दिनआएका छौँ । हामीहरूले जम्मा गरेको रु.३,६०,२३९।– विपक्षीहरूबाट दिलाई भराई निजहरूलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको नेम महर्जन समेतको १६ जनाको जाहेरी दरखास्त । म र मेरो श्रीमती जनकुमारी लामा समेतले ललितपुर जिल्ला ललितपुर उप.म.न.पा.वडा.नं.६ स्थित