निर्णय नं. ८६८५ - कर्तव्यज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६८५ - कर्तव्यज्यान । भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०३/२७ ४२४५ ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रेम शर्मा २०६३ सालको CR–०१५७, ०००२, ०२३८, ००३०४ फैसला मितिः २०६८।३।२७।२ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः महोत्तरी जिल्ला सहोडवा गा.वि.स. वडा नं. ७ घर भै कारागार शाखा महोत्तरीमा थुनामा रहेको सत्येन्द्र झा विरुद्ध प्रत्यर्थी वादीः देवसुनरीदेवीको जाहेरीले नेपाल सरकार वादीः देवसुनरीदेवीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः महोत्तरी जिल्ला सहोडवा गा.वि.स. वडा नं. ७ घर भै हाल थुनामा रहेका प्रसन्नकुमार झा पुनरावेदक प्रतिवादीः जिल्ला महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ८ बस्ने सुनीलकुमार झा विरुद्ध प्रत्यर्थी वादीः देवसुनरीदेवीको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः देवसुनरीदेवीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ७ बस्ने सूर्यदेव झा समेत शुरु फैसला गर्नेः मा.न्या.श्री कमलचन्द्र नेपाल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री राघवलाल बैद्य मा.न्या.श्री गिरीराज पौड्याल § स्पष्ट नियत र योजनाका साथ आपराधिक क्रियाकलाप गरी सोको परिणाम समेत विचार गरी गरिने कुनै पनि आपराधिक कार्य भावावेश र भवितव्य मान्न सकिने हुँदैन । त्यसरी स्पष्ट, योजना मुताबिक र मनसायपूर्ण तरिकाबाट गरिने आपराधिक कार्यलाई उन्मुक्ति दिँदै जाने र कसूरको गाम्भीर्यतालाई निष्प्रयोजित तुल्याई दण्डको प्रभावकारीतालाई नजरअन्दाज गर्दै जाने हो भने कानूनको मनसाय पूरा हुन नसक्ने । § अ.वं. १८८ नं. को प्रयोग उचित, खास र मनासिब अवस्थामा मात्र हुने हो । त्यसका लागि निर्णय गर्ने अधिकारी वा निकायले अत्यन्त चनाखो समेत हुन वाञ्छनीय हुन आउँछ । प्रस्तुत मुद्दामा त्यस्तो खास अवस्था वा परिस्थितिबाट यी पुनरावेदक प्रतिवादीलाई जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिने वस्तुनिष्ठ आधार र कारण समेत नदेखिदा अ.वं. १८८ नं. को प्रावधान अन्तर्गत छूट दिनुपूर्व मुद्दाको प्रकृति, अभियुक्तको स्थिति र व्यवहार, जुन कसूरको अभियोग लगाइएको हो सो कसूर गरेबापत हुने सजाय पूरै मात्रामा तोक्दा कसूर गर्दाको परिस्थिति र कसूरदारको संलग्नताको प्रकृति हेर्दा न्याय र विवेकको आधारमा केही छूट दिनुपर्ने हो भन्ने लागेमा आकर्षित गर्ने विशेष व्यवस्था हो । प्रस्तुत मुद्दामा मृतक र प्रतिवादीको छोरी वहिनीबीचको प्रेम सम्बन्धलाई जातीयता, छुवाछुत, माथिल्लो वा तल्लो तहको वर्गीयता र सामाजिक प्रतिष्ठाको समेत सन्दर्भमा हेरिएको पाइन्छ । (प्रकरण नं.४) § घटनामा प्रत्यक्ष संलग्न रही कुटपीट गरी कर्तव्य गरी मारेकोमा प्रत्यक्ष संलग्नता रहेको प्रमाणबाट देखिएकोमा वारदातमा संलग्नता नै थिएन भन्दैमा सोही कथनलाई विश्वसनीय मान्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल, शम्भु थापा, विद्वान अधिवक्तात्रय मोहन बञ्जारा क्षेत्री, सतिशकुमार झा र धीरजकुमार यादव प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता धर्मराज पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १३(३), १७(२), (३) नं. § अ.वं. ९२, १८८ नं. अ.वं. फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६३।२।३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८