निर्णय नं. ८१२० - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१२० - उत्प्रेषणयुक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/११/२५ २७२९ निर्णय नं. ८१२० २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी मानीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६२ सालको रिट नं. ..२८१५ आदेश मितिः २०६५।११।२५।१ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः पर्वत जिल्ला चुवा गा.वि.स. वडा नं. १ बस्ने कृष्णप्रसाद पौडेल विरुद्ध विपक्षीः प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौं समेत § प्रतिवादको मौका कुनै दायित्व बहन गराउनु पूर्व हरेक व्यक्तिले पाउनु पर्दछ भन्ने कुरामा विवाद हुन सक्दैन । यसका लागि सजाय गर्ने अख्तियारप्राप्त निकायले अर्को पक्षलाई प्रतिवादको मौका दिन इमानदार प्रयास गरेको देखिनु पर्ने । § आफ्ना विरुद्ध कारवाही चलेको थाहा पाएको पक्षले आफै पनि जानकारी लिने सजगता देखाउनु पर्दछ । प्रतिवादको मौका छलकपटलाई प्रोत्साहन गर्ने वा संरक्षण गर्ने सिद्धान्तभित्र नपर्ने । (प्रकरण नं.६) निवदेक तर्फबाटः विद्वान अधिवक्ता श्री कपिल पौडेल विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी अवलम्वित नजीरः सम्बद्ध कानूनः § प्रहरी ऐन, २०१२ को दफा ३४ को खण्ड घ, ३६(१), ३६(ख)(१) § प्रहरी नियमावली, २०४९ को ५३(४), ८४ (ज) ८९, ८९(१) § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(ङ) § अ.बं. ११० आदेश न्या.प्रकाश वस्तीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ अन्तर्गत धारा ८८ (२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदन यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने हुँदा निवेदनको संक्षिप्त तथ्य एंव आदेश यस प्रकार छः– निवेदक २०५२।१२।२१ मा प्रहरी जवानको रूपमा प्रहरी सेवामा प्रवेश गरेको थिएँ । २०५८।११।१० मा पिता विरामी भै उपचारको लागि घर जान कार्यालय प्रमुखसमक्ष मौखिक जानकारी गराएको थिएँ । छोटो समयको विदा उपलब्ध गराएको कारण घरतर्फ लागी पिताको उपचार गर्दागर्दै निवेदक स्वयं विरामी परेँ । स्वास्थ्य ठीक भएपश्चात् २०५८।१२।१२ मा चिकित्सकको प्रमाणपत्रसहित कार्यालयमा उपस्थित हुन जाँदा हाजिर गर्न दिइएन । मेरोविरुद्ध गैरहाजिरको कारवाही अगाडि बढाएको भन्ने हुन आएबाट बाध्य भै घर फर्किबसें । यस्तैमा गैरहाजिर रहेको भनी प्रहरी विशेष अदालतबाट १५ दिनको कैद र १५ दिन बराबरको तलव रकम जरीवाना हुने गरी २०६०।८।१४ मा फैसला भएको र मलाई सफाई पेश गर्ने मौका नै नदिई भएको सो फैसलाउपर पश्चिमाञ्चल क्षेत्रीय प्रहरी विशेष अदालत पोखरासमक्ष पुनरावेदन गर्दा जिल्ला प्रहरी विशेष अदालत स्याङजाको २०६०।८।१४ को फैसलाले १५ दिन कैद गर्ने गरेको हदसम्मको फैसला केही उल्टी हुने भै तीन महिनाको तलव वराबरको रकमसम्म जरीवाना हुने ठहराई २०६२।५।२४ मा फैसला गरियो । जिल्ला प्रहरी विशेष अदालत स्याङ्जाको २०६०।८।१४ को फैसलाउपर क्षेत्रीय प्रहरी विशेष अदालत पोखरामा परेको पुनरावेदनको कारवाही चलिरहेकै अवस्थामा क्षेत्रीय प्रहरी इकाइ कार्यालय पोखराले २०६०।९।८ मा प्रहरी ऐन, २०१२ को दफा ३४ खण्ड (घ) को कसूरमा प्रहरी नियमावली, २०४९ को नियम ८४(ज) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य ठहरिने गरी २०६०।९।८ बाट लागू हुने गरी नोकरीबाट हटाउने निर्णय गरिएको रहेछ । सो निर्णयउपर २०६०।१२।३० मा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा पुनरावेदन परेकोमा २०६०।९।८ को निर्णयमा नियम ८४(ज) बमोजिम कारवाही भएकोमा नियम ८४(छ) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने