निर्णय नं. ६४९२ - वाली विगो ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४९२ - वाली विगो । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०२/२७ २७७७ निर्णय नं. ६४९२ ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री ‌केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नख्वा संवत् २०५१ सालको दे.पु. नं. -२६३३ आदेश मितिः- २०५४।२।२७।२ मुद्दाः- वाली विगो । पुनरावेदक/ वादीः जिल्ला रुपन्देही मैनहिया गाउँ विकास समिति वडा नं. १ बस्ने श्रीराम पासी । विरुद्ध विपक्षी/प्रतिवादीः ऐ. ऐ. बस्ने चिन्की पासको मु.स. गरने भनिएको ऐ. वडा नं. ७ बस्ने शिव पुजन पासी । अंश वण्डाको ३१ नं. वमोजिम ज.मि.को १० नं. अनुसार वाली रोक्का नभएको अवस्थामा अन्तिम फैसला भएको मितिसम्मको वाली पाउने देखिंदा वादी दावी वमोजिम ५ वर्गको वाली प्रति वर्षको २ क्वीन्टलको दरले रु. १५७५। वाली भरी पाउने ठहर्‍याउनु पर्नेमा ३ वर्षको वाली सव पनि ४७२।५० मात्र वाली विगो भराउने गरेको पुनरावेदन अदालत, वुटवलको फैसला सो हदसम्म नमिली फरक पर्ने देखिएकोले सो हदसम्मको फैसला वदर भइ ५ वर्षको उव्जनी वाली विगो रु.१५७५। वादीले प्रतिवादीबाट भराई लिन पाउने । (प्र.नं. १५) पुनरावेदनक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवानन्द दाश अवलम्वित नजिरः x फैसला न्या. केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत वुटवलबाट मिति २०५१।२।३ मा भएको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त व्यहोरा यस प्रकार छः- २. मेरो समेत अंश हक लाग्ने सम्पत्ति वावुले रामनारायणलाई राजिनामा गरी दिनु भउको जग्गाको लिखत वदर मुद्दामा मेरो फिराद परी ३ खण्डको १ खण्ड लिखत वदर हुने ठहरी श्री पश्‍चिमान्चल क्षेत्रीय अदालतबाट मिति २०४२।१।१० गते अन्तिम फैसला भएको २०३७ साल वैशाख १२ गते वावु परलोक भएपछि वावुको नामको जग्गामा मेरो र विपक्षीको आधा अंश भएको विपक्षीले पाउदै पाउदैन भनेकाले २ भागको १ भाग अंश पाउ भन्ने मेरो फिराद परी २ भागको १ भाग पाउने गरी मिति २०४२।३।११ मा श्री पश्‍चिमान्चल क्षेत्रीय अदालतबाट अन्तिम फैसला भएकोले सो फैसला अनुसार मैले अंश छुट्याई पाएको मैनहिया वडा नं. ७(क) कि.नं. ११६ को जग्गा विगाहा ०-७-१० मध्ये मेरो अंश भागमा परेको ०-५-३-१/२ जग्गामा २०३७ सालदेखि २०४३ सालसम्म धानवाली मंसुरी र आलसको हुने जम्मा मोल विगो रु.१२,०००। गा.पं. मैनाहिया वडा नं. ७(क) कि.नं. १४७ को ०-७-० मध्ये मेरो अंश भागमा परेको ०-३-१० अंश छुट्याई पाएको जग्गामा २०३७ सालको लागि मंसुरी र २०३८ सालको वाली देखि २०४२ सालसम्मको जम्मा विगो रु.११७०६। समेत जम्मा मोल विगो रु.२३७०६। मध्ये आधी वाली लगाउनेलाई छाडि आधा वाली विगो रु.११८५३। विपक्षीबाट दिलाई भराई पाउं भन्ने समेत फिराद पत्र । ३. वादीलाई वाली तिर्न वुझाउन पर्ने हैन ज.मि. का १८ नं. ले अन्तिम फैसला भएको मितिले ३ वर्ष भित्रको वाली विगो तर्फ दावी लिन ३ वर्ष भित्रको वाली विगो तर्प दावी लिन ३ वर्ष देखि वढी दावी लिएको मिलेको छैन वादीको दावी अनुसारको कुनै पनि वाली खेतमा लागाएको छैन उव्जा सम्बन्धी र मोल विगो हकमा सांध संधियार समेत वुझी झूठ्ठा दावीबाट फुर्सद पाउं भन्ने प्रतिउत्तर । ४. वाली विगोको उव्जा सम्बन्धमा मिति २०४४।७।१४ गा सरजमिन मुचुल्का भएको कि.नं. ११६ को रु.१७३१।५९ वादीले भराई लिन पाउने ठहर्छ कि. १४७ को हकमा आलस तरकारी समेतको वाली विगो भरी पाउं भन्ने समेत वादी दावी पुग्न सक्दैन भन्ने समेत मिति २०४४।८।९।४ को रुपन्देही जिल्ल