निर्णय नं. ६४९३ - मोही लगत कट्टा ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४९३ - मोही लगत कट्टा । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०६/१४ ४४०२ निर्णय नं. ६४९३ ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने संवत् २०५१ सालको दे.पु. नं. -२७५९ फैसला मितिः- २०५४।६।१४।३ मुद्दाः- मोही लगत कट्टा । पुनरावेदक/ प्रतिवादीः झापा जिल्ला गरामुनी गाउँ विकास समिति वडा नं. ७ बस्ने वालु सिंह राजवंशी । विरुद्ध विपक्षी/वादीः ऐ. ऐ. बस्ने नन्दलाल आचार्य । § नुनवतीको विवाह पश्चात निजको पति उजारुको नाममा जग्गा दर्ता रहे पनि सो पूर्व एकै परिवारका दिदी भाई भूमि सम्बन्धी ऐन, २०२१ को उल्लेखित दफा २(ख) वमोजिम जग्गा धनी र मोही कायम हुन नसक्ने हुंदा वादी दावी वमोजिम प्रतिवादी वालु सिंह राजवंशीका नामको विवादका कि.नं. ७०५ कि.नं. ६७६ र कि.नं. ६७७ जग्गाको मोही लगत कट्टा हुने ठहर्याएको पुनरावेदन अदालत इलामको फैसला मिलेको देखिंदा सदर हुने । (प्र.नं. ८) पुनरावेदनक प्रतिवादी तर्फबाटः x विपक्षी वादी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत इलामको फैसला उपर प्रतिवादीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. झापा गरामनी गा.पं. वडा नं. ७(क) कि.नं. २० को ज.वि. ३-१-१६ को जग्गा कित्ताफोड भै कि.नं. ६७६ को ज.वि. ०-१३-७ कि.नं. ६७७ को ज.वि. १-१-० कि.नं. ७०५ को ज.वि. १-७-८ र कि.नं. ७०४ को ज.वि. १-१०-० जग्गा २०२१ सालको सर्भे नापीमा जग्गा धनी विपक्षीका एकाघरको वहिनी नुनमंतीका नाममा र मोहीमा एकाघरको भाई वर्ष १४ को नावालक विपक्षीका नामा दर्ता गराएको रहेछ । नुनमतीको मृत्यु पछि असर्फिले केर्कु समेतलाई केर्कू समेतले निवेदकलाई राजीनामा दिएको कि.नं. ६२७ को ज.वि. १-१७-८ मध्ये ज.वि. १-१०-० जग्गा निवेदकले वेदनिधिलाई राजीनामा दिंदा कित्ताफोड भई कि.नं. ७०४ र ७०५ कायम भएको छ । सो कि.नं. ७०४ को जग्गामा वेदनिधिसंग विपक्षीको जग्गा मुद्दा परेको मोही नठहरी मिति २०४४।४।२६ गते त्कालिन मेची अंचल अदालतबाट अन्तिम फैसला भएको छ । सोही जग्गाको मोही हुं भनी २०४२ सालको धान ठेक्का विपक्षीले जिल्ला भूमि सुधार कार्यालय झापामा धरौट राखेकोमा सव धरौट वुझ्न पर्ने भनूमि सुधार कार्यालय झापाको निर्णय उपर श्री सर्वोच्च अदालतमा रिट निवेदन परी हकै नभएको व्यक्तिले राखेको धरौट जग्गा धनीले वुझ्नु पर्ने ठहर गरेको भूमी सुधार कार्यालय झापाको मिति २०४२।८।३० गतेको निर्णय त्रुटीपूर्ण देखिदा उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहराई मिति २०४४।३।२५ मा फैसला भएकोले साविक कि.नं. २० को जग्गा कित्ताफोड भई केही भाग जग्गा वेदनिधिको उजुर परेको जतिमा विपक्षीको मोही वदर भई रहेकोले सोही जग्गा कित्ताफोड भई वांकि रहेको उक्त कि.नं. ६७६, ६७७ र ७०५ को ज.वि. २-१-१४ को विपक्षीको नामको मोही स्वतः वदर भागी हुंदा मोहीहक लगत कट्टा गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. नुनमति राजवंशीका नाममा दर्ता रहेको कि.नं. १६ र २० नं. को जग्गा कमाउदै आएको र जग्गावालाको कि.नं. १२ को जग्गा वालुले कमाउदै आई भूमि सम्बन्धी ऐन, २०२१ वमोजिम वेग्ला वेग्लै अनुसूचि भरी आएको थियो । उक्त मोहीयानी जग्गा वाहेक अन्य सम्पत्ति हाम्रो छैन । नुनमतिको मृत्यु भई निजको लोग्ने उजारुलाई कानून वमोजिम कुत तिरो भोग्दै आएको छु । कि.नं. २० को जग्गाबाट ०-१७-८ जग्गा व