निर्णय नं. ६४९४ - सम्वन्ध विच्छेद ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४९४ - सम्वन्ध विच्छेद । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०५/२३ ५७८७ निर्णय नं. ६४९४ ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय संवत् २०५२ सालको फौ.पु. नं.- -२ फैसला मितिः- २०५४।५।२३।२ मुद्दाः- सम्वन्ध विच्छेद । पुनरावेदक/ वादीः जिल्ला कास्की, पोखरा न.पा. वडा नं. १ बस्ने चिजकाजी गुरुङ । विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला कास्की, पोखरा न.पा. वडा नं. १ घर भै हाल ऐ. ऐ. वडा नं. १६ तल्लो दिप बस्ने आसमाया गुरुङ । दोश्रो विवाह गरी विदेशमा नोकरी गरी वस्ने पतिसाथ वस्न सक्ने परिस्थिति प्रस्तुत मुद्दाको सन्दर्भमा श्रृजित भएको देखिदेन । पति घरमै वसेको अवस्थामा पत्नीले निजको मंजुरी वेगर मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ को देहाय १ विपरितको अवस्था नभएको पतिले साथै लान इन्कार गरेको स्थितिमा माइतीमा वस्दै आएकी श्रीमतीसंग सम्वन्ध विच्छेद गरी पाउं भनी लिएको दावी मनासिव मान्न सकिएन । अतः वादी प्रतिवादी वीच सम्वन्ध विच्छेद हुने ठहराएको शुरुको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पोखराको मिति २०५२।२।१९।६ को इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १५) पुनरावेदनक तर्फबाटः विद्वान अधिवक्ता श्री उमेश खकुरेल प्रतिवादी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत पोखराको मिति २०५२।२।१९ को फैसला उपर वादी तर्फबाट दायर हुन आएको पुनरावेदन सहित प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. म २०३६ साल देखि वृटिश सरकारको सैनिक सेवामा कार्यरत भएको २०३७ सालमा विपक्षीको विवाह मेरो फोटोसंग सम्पन्न भएछ। मैले पनि निजलाई श्रीमतीको रुपमा ग्रहण गरे तर पछि उनी मेरो घरमा नबसी माइतीमा वस्न थालिन र २०४३ सालमा म छुट्टिमा आउंदा घरमा ल्याई राखन कोशिस गरे तर निज मेरो घरमा आई बस्न मानिनन् आफू खुशी वस्ने गरेकी छन । यस्तो भएबाट मेरो वृद्ध वावु आमाको समेत उचित संरक्षण हुन सकेको छैन त्यसकारण विपक्षी आसमाया संग लोग्ने स्वास्नीको सम्वन्ध कायम राख्नु भन्दा विच्छेद गर्नु नै उचित देखेको हुंदा यो दरखास्त लिई आएको छुं । अतः लोग्ने स्वास्नीको १ क. नं. अनुसार कारवाही गरी सम्वन्ध विच्छेद गरी पाउं भनी चिजकाजी गुरुङको मिति २०४९।११।६ मा पोखरा नगरपालिकामा चढाएको दरखास्त पत्र रहेछ । ३. मुलुकी ऐन, लोग्ने स्वास्नीको नं. मा भएको कानूनी प्रावधान अनुसार पोखरा न.पा. वडा नं. १ वस्ने चिजकाजी गुरुङले पोखरा न.पा. वडा नं. १६ दिप माइती घर वस्ने आफ्नी श्रीमती आसमाया गुरुङसंग लोग्ने स्वास्नीको निवेदन आज बसेको पोखरा न.पा. वोर्ड को वैठकमा पेश हुंदा मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १(क) नं. मा भएको कानूद्दी प्रावधान अनुसार दुवै पक्ष विपक्ष वीच अर्थात लोग्ने चिजकाजी गुरुङ र स्वास्नी आसमाया गुरुङ वीच स्थापित वैवाहिक सम्वन्ध मेल मिलाप हुन सक्ने स्थिति नदेखिएकोले र मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १(क) नं. को कानूनी प्रकृया समेत पोखरा न.पा. ले पुरा गरेको हुंदा यस विषयमा कानून वमोजिम नर्णय एवं किनारा हुनको लागि श्री कास्की जिल्ला अदालत पोखरामा अनुरोध गरी पठाउने यस वैठकको राय भएकोले पक्ष विपक्षलाई मिति २०५०।१।१० गतेका दिन १० बजे श्री कास्की जिल्ला अदालत पोखरामा पठाउने मिति २०५०।१।६ मा बसेको पो.न.पा. वोर्डको वैठकबाट निर्णय भएकोले निर्णय अनुसार हुन सम्वन्धित मिसिल यसैसाथ राखी पठा