निर्णय नं. ६४९५ - सरकारी कागजमा दस्तखत कीर्ते ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४९५ - सरकारी कागजमा दस्तखत कीर्ते । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०८/२४ ३८०९ निर्णय नं. ६४९५ ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा संवत् २०५२ सालको फौ.पु. नं.- -१२९६ फैसला मितिः- २०५४।८।२४।३ मुद्दाः- सरकारी कागजमा दस्तखत कीर्ते । पुनरावेदक/प्रतिवादीः चितवन जिल्ला पंचकन्या गा.वि.स. वडा नं. ९ घर भै हाल कारागार शाखा चितवनमा थुनामा रहेको राजकुमार अधिकारी । विरुद्ध विपक्षी/वादीः चितवन जिल्ला अदालतका स.ले.पा. रामहरी घरेलको प्रतिवेदनले श्री ५ को सरकार । § जुन जिल्ला न्यायाधीशको दस्तखत नै विवादास्पद भएको हो सोही न्यायाधीशले प्रस्तुत मुद्दा फैसला गरेको देखियो । दस्तखत राज कुमार अधिकारीले कीर्ते गरेको हो भन्ने व्यहोराको कागज गर्ने जिल्ला न्यायाधीश स्वयंबाट फैसला गर्न मुलुकी ऐन अदालती वन्दोवस्तको ३० नं. विपरीत हुने । (प्र.नं. १९) पुनरावेदनक तर्फबाटः विद्वान अधिवक्ता श्री ज्योती वांनिया प्रत्यर्थी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री सत्य नारायण प्रजापति अवलम्वित नजिरः x फैसला न्या. राजेन्द्रराज नाख्वाः यसमा पुनरावेदन अदालत हेटौडाको मिति २०५२।१।२० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) वमोजिम यस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. म चितवन जिल्ला अदालतको सह लेखापाल हुं । उक्त अदालतले राजकुमार अधिकारीलाई सहयोगी फांटवालाको रुपमा राखिएको हुंदा मैले पनि निजबाट लेखाफांटको काममा सहयोग लिदै आएको थिएं । म अदालतमा अनुपस्थित रहेको समयमा मेरो फांटको दराजको चावीहरु निजलाई दिने गरेको थिएं । २०५०।८।१८ गते चावी निज राज कुमारलाई दिई क्या.वि. लिएर घरायसी कामको लागि वरगंज गएको थिएं । २०५० साल मार्ग महिनाको मास्केवारी वनाउने सिलसिलामा बैंकबाट स्टेटमेन्ट झिकाई हेर्दा स.अ. ३३ ख ३ धरौटी खातामा रु. १,८४०३०।१० फरक रा.वा. वैंक भरतपुर शाखामा पत्र लेख्दा उक्त वैंकबाट राजकुमार अधिकारीले रकम झिकी लगेको भन्ने पत्र प्राप्त भएकोले वैंकमा गई हेर्दा मेरो र न्यायाधीश ज्यूको कीर्ते दस्तखतबाट चेक नं. ०३७५४७२ बाट रु. १०७२००। र चेक नं. २५७३०० बाट रु. १८४०३०।१० निज राजकुमार अधिकारीले झिकेको स्पष्ट भएकोले जिल्ला अदालतको छाप लागेको अधकट्टी सहित चेक चोरी गरी कीर्ते गरेर वैंकबाट सरकारी पैसा झिकी फरार रहेकोले कानून वमोजिम कारवाई गरी सरकारी कागज कीर्तेमा सजाय गरी पाउं भन्ने समेतको स.ले.पा. रामहरी घरेलको जाहेरी प्रतिवेदन । ३. पर्सा जिल्ला अन्तर्गत विरगंजमा नेपाल भारत सिमानामा रहेको अवस्था राजकुमार अधिकारीलाई म समेतका प्रहरी कर्मचारीले पक्राउ गरी दाखेला गरेका छौं । आवश्यक कारवाही गरी पाउं भन्ने समेत व्यहोराको प्र.स.नि. रुद्र बहादुर गोले समेतको प्रतिवेदन । ४. प्र. राज कुमार अधिकारीको शरीर खान तलासी गर्दा नेपाली रु. ३२,०००। भारतिय रु. ७३,५००। जम्मा ने.रु. १४९६००। वरामद भएको भन्ने समेत व्यहोराको वरामदी मुचुल्का । ५. म २०४२ साल देखि चितवन जिल्ला अदालतको वहिदार पदमा कार्यरत थिएं । मलेखाफांटको सहयोग कर्मचारी भई काकाज गर्दै आउको थिएं । मेरो आर्थिक अवस्था ज्यादै कमजोर भएको कारण मैले उक्त फांटमा काम गर्न शुरु गरे देखि नै अदालतको धरौटी रकम मासी खाने गर्दथे । मैले वैंक दाखिला नगरी मासी खाउको धरौटीको रहक अदालतलाई फिर्ता गर्न नसक्ने