निर्णय नं. ६४९६ - परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४९६ - परमादेश । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०५/०४ २७३० निर्णय नं. ६४९६ ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संवत् २०५० सालको दे.पु. नं.- -१२४३ फैसला मितिः- २०५४।५।४।४ मुद्दाः- परमादेश । पुनरावेदक/निवेदकः जिल्ला सुर्खेत वीरन्द्रनगर न.पा. वडा नं. ६ बस्ने राम बहादुर खत्री । विरुद्ध विपक्षीः मालपोत कार्यालय सुर्खेत समेत । निवेदकले मालपोत कार्यालय सुर्खेतमा जग्गाको क्षेत्रफल सच्याई पाउं भन्ने विषयको निवेदन मिति २०४९।७।१ मा दिएकोमा सो निवेदनमा मालपोत कार्यालयबाट कुनै निर्णय गरी टुङ्गो लगाएको मालपोत कार्यालय सुर्खेतबाट प्राप्त सम्वन्धित फाइलबाट देखिन आएन । मालपोत ऐन, २०३४ को दाफा ७(३) मा जग्गाको क्षेत्रफल फरक परेकोमा मालपोत कार्यालयले आवश्यक जांचवुझ गरी सच्याउन सक्ने भन्ने कानूनी व्यवस्था रहेको, देखिन्छ । यसरी कानूनले मालपोत कार्यालयलाई प्रदान गरेको अधिकार क्षेत्र अन्तर्गतको विषयलाई लिएर परेको निवेदनमा कानूनले जो निर्णय गर्नु पर्ने हो गरी टुंगो लगाउनु पर्ने हुन्छ । कारवाई तथा निर्णय नगरी त्यसै राखि छाडन मिल्ने हुंदैन । तसर्थ आफूकहां परेको निवदेकको उक्त निवेदनमा कानून वमोजिम निर्णय गरी टुंगो लगाउनु भनी मालपोत कार्यालय सुर्खेतका नाउंमा परमादेश जारी हुने । (प्र.नं. १०) पुनरावेदनक तर्फबाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी प्रत्यर्थी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदी अवलम्वित नजिरः x फैसला न्या. कृष्णजंग रायमाझीः पुनरावेदन अदालत सुर्खेतको मिति २०५०।२।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (क) अन्तर्गत पर्न आएको पुनरावेदन सहितको मिसिलको संक्षिप्त विवरण यस प्रकार छः- २. जिल्ला सुर्खेत कटकुवा गा.वि.स. वाड नं. ३ मा मेरो हक भोगको ज.वि. ०-१-१६.१/२ रहेकोमा मेरो नामा ऐ. को कि.नं. ६९५ को ज. वि. ०-१-१६.१/२ दर्ता भई मैले ज.ध.प्र. पूर्जा समेत पाएको तर मे.ना. शाखा सुर्खेतमा रहेको सो जग्गाको नक्सामा कि.नं. ६९५ मा ज. वि. ०-१-११.३/४ मात्र कायम भएको देखिएको हुंदा नक्सामा मेरो हकभोग भन्दा घटी कायम भएको ज. वि. ०-०-४.३/४ जिल्ला सुर्खेत कटकुवा गा.वि.स. वडा नं. ३ कि. नं. ४०५ को ऐलानी जग्गा मध्ये दक्षिण तर्प नक्सामा कायम गर्नका लागि प्रत्यर्थीहरुको नाममा परमादेश जारी गरी पाउन साथै उक्त मेरो हकको ज. वि. ०-१-१६.१/२ को नक्सामा क्षेत्रफल संसोधन गर्ने कामको अन्तिम टुङ्गो नलागेसम्म कि. नं. ४०५ मध्ये दक्षिण तर्फको मेरो हक भोगको ज. वि. ०-०-४-३/४ प्रत्यर्थीहरुले सो जग्गा अन्य व्यक्ति वा संस्थाले नाममा दर्ता गर्न सक्ने संभावना भएकाले जग्गा अन्य व्यक्ति वा संस्थाको नाममा दर्ता नगर्नाको लागि प्रत्यर्थीहरुको नाममा अन्तरिम आदेश समेत जारी गरी पाउं भन्ने समेत व्यहोराको राम बहादुर खत्रीले दिएको निवेदन पत्र । ३. माग अनुसारको परमादेशको आदेश जारी किन हुनु पर्ने होइन कुनै आधार प्रमाणहरु भए सो समेत राखी आफ्नो भएको व्यहोराको लिखित जवाफ पठाउनु भनी विपक्षीहरुका नाममा सूचना जारी गर्नु भनी पु.वे.अ. सुर्खेतबाट मिति २०४९।८।२९ मा भएको आदेश । ४. मालपोत कार्यालय सुर्खेतबाट राम बहादुर खत्रीको निवदेनमा भएको नीति निर्देशन वमोजिम गर्न यस शाखामा मिसिल प्राप्त भएको हुंदा नक्सामा ट्रायल चेक गर्दा कि. नं. ६९५ को ०-१-११.३/४ को क्षेत्रफल देखाएको व्यहोरा खुलाई मालपोत कार्यालय सुर्खेतम