निर्णय नं. ६४९८ - जग्गा खिचोला चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४९८ - जग्गा खिचोला चलन । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०६/१४ २९९८ निर्णय नं. ६४९८ ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५१ सालको दे.पु. नं.- -२१७४ फैसला मितिः- २०५४।६।१४।३ मुद्दाः- जग्गा खिचोला चलन । पुनरावेदक/वादीः जिल्ला कास्की निर्मल पोखरी गा .वि . स. वडा नं. ८ बस्ने दुर्गा प्रसाद उपाध्याय । विरुद्ध विपक्षी/प्रतिवादीः ऐ. ऐ. बस्ने ठूलो लक्ष्मी प्रसाद पौडेल समेत जना ४ । वादीले दावी लिएको जग्गाको दर्ता श्रेस्ता प्राप्त गर्न सकेको देखिदैन । कुनै पनि जग्गाको दर्ता श्रेस्ता प्रमाणित रुपमा सो जग्गाको धनी भनी दावी गर्नेले प्राप्त गरेकै हुनुपर्दछ । अन्यथा सो जग्गाको विधिवतः हक स्थापित जग्गाधनी मान्न नमिल्ने । (प्र.नं. १०) मालपोत कार्यालयबाट जग्गा दर्ता गराई विधिवत श्रेस्ता कायम गराए पश्चात मात्र त्यस्तो जग्गामा हक स्थापित हुने र अदालतले सो हक प्रचलन गराउने हो, यसमा वादीले दावीको जग्गामा आफ्नु हक पुग्ने प्रमाण लिएर आएपछि मात्र उजुर लाग्ने प्रकृया प्रारम्भ हुन सक्ने हुंदा प्रस्तुत दावी नपुग्ने भै खारेज हुने ठहराएको पुनरावेदन अदालत पोखराको निर्णय मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र.नं. १०) पुनरावेदनक तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद सापकोटा प्रत्यर्थी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या. गोविन्द बहादुर श्रेष्ठः पुनरावेदन अदालत पोखराको मिति २०४९।१।२८ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः- २. पिताजी धर्मदत्त उपाध्यायले मिति २०१९।१०।१० मा दाताराम उपाध्याय पौडेलसंग जि. मु. नन्दराज जिम्मा १९९९ सालका ३ महले मोठमा म दाताराम कै नाउंमा १८।१३।३ खेत दर्ता भए मध्ये पूर्व कूलो, पश्चिम सानो लक्ष्मी प्रसाद सांध दक्षिण मोतिलालाको सांध, उत्तर खोला पहरो यति ४ कित्ता १ राजिनामा गरी लिई भोग चलन गर्दै आइरहेको छु । उल्लेखित राजिनामाबाट प्राप्त जग्गा दर्तावाला दातारामका २ छोरा मध्ये जेठो छोरा सानो लक्ष्मी प्रसादले आफू छुट्टि भिन्न भै वसेको छोरालाई दिएको अंश मेरा पिता धर्मदत्त पाध्या र म दुर्गा प्रसाद पाध्या समेतले हटक खिचोला गरे भनी २०२६ सालमा स्याङजा जिल्ला अदालतमा फिराद दिंदा मेरा पिताजीले दाताराम संगबाट राजिनामा लिनु भएको जग्गा मात्र खाई भोगी आएका छौं भन्ने प्रतिउत्तर लगाएपछि अंचल अदालत समेत दुवै तहबाट हाम्रा हकमा फैसला भै पूर्व तेस्रो कूलो, पश्चिम सानो लक्ष्मी प्रसाद र कुनाका खोलादेखि सोही खेतमा जाने कूला माथिका ३ गरा फोहोटा देखि सोझो मिठापानी खोला तक देखि पूर्व उत्तर खोला दक्षिण मोतिलालको सांध भनेको मिठापानी खोलो समेत ४ किल्ला भित्रको माझको डाँडा भन्ने खेत २०२९।८।५ को अंचल अदालतको फैसला समेतबाट हाम्रो राजिनामा भित्रको जग्गा ठहर्याई आफ्नो जानी भोग गर्दै आएको छुं । उल्लेखित फैसला समेतबाट प्राप्त ४ किल्ला भित्र मेरो घर गोठ समेत भएको जग्गा म घरदेखि निकै टाढा शिक्षक पेशामा रहेको अवस्थामा हाल नापी भएको र सो नापीमा मेरो नाउंमा नाप जांच हुन छुट हुन गएकोमा नाप जांच दर्ता तर्फ छुट्टै कारवाही गरी भोग चलन गरी आइ रहेकोमा मिति २०४५।३।१२ मा विपक्ष मध्येका ठूलो लक्ष्मी प्रसाद पौडेल समेतले यो जग्गा हाम्रो भाई अंश हो भनी