निर्णय नं. ६४९९ - जग्गा खिचोला ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४९९ - जग्गा खिचोला । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०९/०७ ३७२१ निर्णय नं. ६४९९ ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री टोप बहादुर सिंह संवत् २०५२ सालको दे.पु. नं.- -३०२८ फैसला मितिः- २०५४।९।७।२ मुद्दाः- जग्गा खिचोला । पुनरावेदक/प्रतिवादीः जिल्ला ताप्लेजुङ थेचम्वु गा .वि . स. वडा नं. ६ बस्ने हिमकला उप्रेती समेत जम्मा ३ । विरुद्ध विपक्षी/वादीः ज्ञानमोती लिम्वूनी । कानून वमोजिम पारीत लखित वेगर घरसारको राजिनामा लखितबाट कसैलाई अचल सम्पत्तीको हक स्वामित्व प्राप्त हुन नसक्ने स्पष्ट छ । कसैले कसैको अचल सम्पत्ति कुनै प्रकारले वर्षौ सम्म आफ्नो भोग कब्जामा लिइराखेको हुन सक्छ वा अर्को अर्थमा लिन सक्ने भएको हुन सक्छ तर त्यस्तो भोग कब्जाबाट उसलाई स्वत सो सम्पत्तिको पूरा हक स्वामित्व नै प्राप्त हुन्छ भन्न नमिल्ने । (प्र.नं. ९) पुनरावेदनक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी विद्वान अधिवक्ता श्री मोहमद शेष अव्वास विपक्षी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या. अरविन्दनाथ आचार्यः प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः- २. १९५० साल जांचमा याङरुप थेचम्वु मौजाका सुव्वा एकलमान जिम्मा नन्दलाल तिरो रु. ६।५० मा पाखा तर्फको मोठमा दर्ता भएको थेचम्वु गा. वि. स. ६ मा पर्ने खिवुना भन्ने खेत मेरो बाजे वावु ससुराहरुको शेषपछि म फिरादीले भोग गरी कि. नं. ४८५ क्षेत्रफल २४.०.३.३ मा सर्भे नापीमा नाप जांच दर्ता भै म फिरादीको नाउंमा जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत प्राप्त गरी भोग गरी आउंदा मिति २०४८।९।२७ गतेका दिन देखि प्रतावदीहरु उक्त जग्गामा प्रवेश गरी खनजोत खिचोला दावी गर्न लाग्नु भएकोले उक्त कि. नं. ४८५ को क्षेत्रफल २४-०-३-३ को खिवुना खेत म फिरादीको नाउंमा नापी दर्ता भए वमोजिम जोतभोग गरी खान हक सदर थामी पाउं भन्ने वादी ज्ञानमोती लिम्वुनीको मिति २०४८।१०।२९ को फिराद पत्र । ३. विवादित उक्त कि. नं. ४८५ को खुवुना भन्ने खेत यी वादीका छोरा लिला बहादुर समेतले मिति २०३४।१०।१५ गते प्रेमलालबाट रु. ४०,०००। लिनु भै घरायसी राजिनामा गरिदिनु भएको पासमात्र हुन वांकी छ । त्यसै घरायसी राजिनामाले हा सम्म भोग गरी आएको हो । वादी दावी अनुसार जग्गामा खिचोला गरेको होइन । फिरादीको झूठ्ठा पोल पक्राउबाट अलग फार्सा गराई साविक अनुसार भोगी खान हक सदर सकार थामि पाउं भन्ने प्रतिवादीहरु प्रेमलाल उप्रेती, हिमकला उप्रेती, पुण्य प्रसाद उप्रेतीको मिति २०४९।१।१९ गतेको प्रतिउत्तर पत्र । ४. यी वादीका छोरा समेतले वाली लुटपीट मुद्दामा प्रतिवाद गर्द खिवुना खेत प्रतिवादीकै घरायसी राजिनामा अनुसार वाली लगाई खाई आएको छ भन्ने कुरा लेखि मिति २०४५।७।३० मा डिसमिस भएको छ । यी प्रतिवादीले जग्गा भोगी राखेको छ भन्ने समेत प्रतिवाद देखिंदा जग्गा खिचोला गर्यो भन्ने यी वादीले लेख्न सकेको नदेखिंदा र प्रतिवादीको रुपैया बुझाएको सम्बन्धमा समेत केहि उल्लेख भएको नदेखिंदा खिचोला गर्यो भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने ताप्लेजुङ जिल्ला अदालतको मिति २०५०।२।३२ को फैसला । ५. हक नपुग्ने छोरा लिला बहादुरले विवादको खेत प्रतिवादी प्रेमलाललाई गरिएको घरसारको राजिनामाले कानूनी मान्यता पाउन नसक्नेमा खिचोला गरेको ठहर्दैन भनी गरेको शुरुको फैसला चित्त बुझेन । मेरो हक सदर थामी पाउं भनीवादी ज्ञानमोती लिम्वुनीले पुनरावेदन अदालत इलाममा परेको म