निर्णय नं. ६५०० - जग्गा खिचोला ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५०० - जग्गा खिचोला । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/०८/३० २७९० निर्णय नं. ६५०० ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल संवत् २०५२ सालको दे.पु. नं.- -२५०१ फैसला मितिः- २०५४।८।३०।२ मुद्दाः- जग्गा खिचोला । पुनरावेदक/प्रतिवादीः काभ्रे जिल्ला भुम्लु सल्ले गा .वि . स. वडा नं. ३ बस्ने रामशरण तामाङ समेत जम्मा ७ । विरुद्ध विपक्षी/वादीः ऐ. ऐ. वडा नं. २ बस्ने चन्द्र बहादुर लामा । नापी नक्सा भै सकेपछि श्रेस्ता तयार नहुंदै लिनुदिनु गरेको जग्गाको चार किल्ला र नाउं समेत उल्लेख गरी रजिष्‍ट्रेशन भएको जग्गालाई पछि दर्ता प्रमाण पूर्जा प्राप्‍त भएपछि सो जग्गा होइन अर्कै जग्गा विक्री गरको हो भनी प्रतिवादीले एकपटक राजिनामा गरिदिएको जग्गालाई यो होइन भनी अर्कै जग्गा देखाउनु राजिनामामा उल्लेखित चार किल्ला र रजिष्‍ट्रेशनको १५ नं. को कानूनी व्यवस्था प्रतिकूल देखिने । (प्र.नं. ११) पुनरावेदनक प्रतिवादी तर्फबाटः x विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल अवलम्वित नजिरः x आदेश न्या. अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको पुनरावेदन तथ्य तथा ठहर यस प्रकार छः- २. विपक्षी मध्येका राम बहादुर तामाङ्गबाट निजको स्वाभित्वमा रहेको साविक देवीस्थान गा. पं. वडा नं. ९ स्थित पूर्व खरपारका डांडा, पश्‍चिम ठाडो खोलाबाट उत्तर मेरै खेत र दक्षिणमा पनि मेरै खेत भएको यति चार किल्लामा रहेको माटो मुरी ।१७।६ सत्र पाथी छ मानाको कीर्ति खेत मिति २०३५।८।४ मा र. नं. ६१७ बाट रु. ४५००। मा . का. काभ्रेपलान्चोकबाट राजिनामा गरी लिएको उल्लेखित ४ किल्ला भित्रको देविस्थान गा. पं. वडा नं. ९ को नापीमा भुम्लु सल्ले गा. पं. वडा ३ को कि. नं. ६१३ को १-१-२-१ कायम भएको किर्ति खेत भन्ने जग्गामा खिचोला गरेका छन् । विपक्षी राम बहादुरले मलाई हक मेटी दिएको राजिनामा लिखतमा कि. नं. ६१३ भनी कि. नं. क्षे. उल्लेख नगरी जग्गाको ४ किल्ला र माटो मुरि उल्लेख गरी विक्री गरेकी हुन । सो जग्गाको कैफियत खण्डमा कि. नं. ६३६ मा नापी भएको भनी अस्पष्‍ट व्यहोरा लेखि राजिनामाको ४ किल्लासंग विल्कुल नमिल्ने कि. नं. लेखी सो राजिनामा वमोजिमको जग्गा कि. नं. ६३६ को जग्गा कायम गर्ने उद्देश्यले यति लामो समयपछि विपक्षीले राजिनामा वमोजिम ४ किल्ला भित्रको कि. नं. ६१३ को जग्गामा मु. ऐन जग्गा मिच्नेको १ नं. र १८ नं. द्वारा निषेधित कार्य विपक्षीबाट भएको छ । विपक्षी राम बहादुरले मिति २०३५।८।४ मा गरी दिएको राजिनामा वमोजिमको ४ किल्ला भित्रको जग्गा नापी हुंदा कि. नं. ६१३ कायम भएतापनि राजिनामा केवल ४ किल्ला र माटो मुरि लेखि कैफियतमा ४ किल्ला नभिड्ने कि. नं. ६३६ भनी अस्पस्ट व्यहोरा लेखि दिएको हुंदा मेरो राजिनामा अनुसारको चर किल्ला भित्रको अर्थात कि. नं. ६१३ को जग्गा भएकोले खिचोला मेटाई उक्त जग्गा मेरो नाउंमा दर्ता हुन आएको कि. नं. ६३६ को जग्गा विपक्षीको कायम गरी पाउं भन्ने समेत व्योराको फिराद दावी । ३. २०३२ सालको नापीमा किर्तिखेत कि. नं. ६३६ को १।१७।६ को खेत हो भन्ने प्रस्ट उल्लेख भएको सो माटोको राजिनामा र कित्ता नम्वर ६३६ लाई वादीले मन्जुर गरी राजिनामा गरी लिनु भएको छ । मैले राम बहादुरलाई राजिनामा गरिदिएको जग्गा कि. नं. ६३६ को हो र कि. नं. ६१३ को जग्गा प्र. राम शरणले अधिया कमाई आएको छ उक्त जग्गा