निर्णय नं. ६५०१ - भ्रष्ट्रा चार ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५०१ - भ्रष्ट्रा चार । भाग: ४० साल: २०५५ महिना: बैशाख अंक: १ फैसला मिति :२०५४/१०/२१ २७५२ निर्णय नं. ६५०१ ने.का.प. २०५५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत् २०५२ सालको स.फौ.पु. नं.- -११७८ फैसला मितिः- २०५४।१०।२१।३ मुद्दाः- भ्रष्ट्राचार । पुनरावेदक/प्रतिवादीः जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. ३ बस्ने पंचकन्या साझा संस्था लि. को व्यावस्थापक जलेश्वर निरौला । विरुद्ध प्रत्यर्थी/वादीः विशेष प्रहरी अधिकृतको प्रतिवेदनले श्री ५ को सरकार । भ्रष्ट्राचार निवारण ऐन, २०१७ को दफा ३५ मा भएको व्यवस्था हेर्दा प्रचलित अन्य नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सवही वमोजिम हुनेछ भन्ने उल्लेख भएको पाइन्छ । उक्त व्यवस्थाबाट भ्रष्ट्राचार निवारण ऐनमा लेखिए जतिमा सोही ऐन वमोजिम र सो देखि वाहेककोमा अन्य ऐन आकर्षित हुन सक्ने नै देखिन्छ । प्रतिवादी जलेश्वर निरौला उपर भ्रष्ट्राचार निवारण ऐनको दफा १३ वमोजिमको अभियोग लगाइएको र निजको सम्बन्धमा उक्त व्यवस्था आकर्षित हुने देखिएकोबाट आफ्नो रकम हिनामिना गरेकोमा साझा संस्थाले कानून वमोजिम नालेश गरी असुल उपर गर्नु पर्ने भन्न नमिल्ने । (प्र.नं. २२) पुनरावेदनक तर्फबाटः विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की प्रत्यर्थी तर्फबाटः x अवलम्वित नजिरः ने. का. प. २०४८, अंक ९, पृ. ४७२, नि.नं. ४३५३ आदेश न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत विराटनगरको मिति २०५१।११।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- २. साझा संस्थाका कर्मचारीहरुले रकम हिनामिना भ्रष्टाचार गरेको छानविन एवं लेखा परिक्षणबाट देखिन आएको हुंदा कारवाही गरी पाउं भन्ने कोशी अंचलाधीशको कार्यालय विराटनगरका का. मु क्षेत्रीय साझा विकास अधिकृत जितेन्द्र बहादुर भण्डारीले मिति २०४३।५।२० मा दिएको प्रतिवेदन । ३. प्र. जलेश्र निरौलालाई पंचकन्या साझा संस्था लिमिटेड छानविन टोली पानमाराले मिति २०४३।३।१२ गते विवरण माग गरेको । ४. २०३० साल देखि साझा व्यवस्थापक भई काम गर्दै आएको छुं । ०४१।०४२ मा साझा संस्था लि. पञ्च कन्यामा साझा व्यवस्थापक छुं । सो संस्थामा रहंदा गहुं पाटामा ऋण लगानी गर्दा सम्बन्धित व्यक्तिको वा निजलाई मन्जुरनामा दिएका व्यक्तिहरुको जग्गा धितो राखी लगानी गरी आएको थिएं । छत्र कुमारी निरौलालाई रु. १०००। म सरुवा भै आउनु भन्दा अगाडी विक्रेता तेज प्रसाद ढकालले लगानी गरेका हुन । मिति ०४१।०४२ को अडिटले पक्राउ गरेको रु. ३०,०००। मध्ये रु. १७०००। मिति २०४४।४।२५ मा साझा विकास शाखा सुनसरीमा बुझाएको छुं । रु. ३००००। मध्ये रु. ५०००। तत्कालिन विक्रेता शिव नारायण मेहताले बुझाउनु पर्ने हो र म माथि रकम हिनामिना भ्रष्टाचार गर्यो भनी लगाइएको अभियोग वमोजिमको कार्य मैले गरेको छैन । रु. २१,९९,५६१।६१ रकम असूली सम्बन्धी फायल लालपूर्जा कवुलियत फायल कागजहरु समेत चोरी भएको सम्बन्धमा तपाई समेत उपर चोरीमा अदालतमा मुद्दा चलि सकेको छ । ती फायलहरु चोरी गराउनको उद्देश्य के हो भन्ने प्रश्नमा साझा विकास शाखाको फायल चोरी सम्बन्धमा जिल्ला अदालतमा कारवाही भै रहेको छ । उक्त फायलहरु मेरो सम्बन्धित थिएनन् भन्ने समेत अभियुक्त जलेश्वर निरौलाले विशेष प्रहरी अधिकृत समक्ष मिति २०४१।७।३ गते गरेको बयान । ५. पंचकन्य