निर्णय नं. ८१२२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१२२ - उत्प्रेषण भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०१/२२ ४१८६ निर्णय नं. ८१२२ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०५९ सालको रिट नं. .......२८१७ आदेश मितिः२०६६।१।२२।३ विषयः– उत्प्रेषण । निवेदकः का.जि.का.म.न.पा. स्थित शाही नेपाल गल्फक्लव तिलगंगाको तर्फबाट ऐ.का.अख्तियार प्राप्त सभापति का.जि का.म.न.पा. वडा नं. ४ धुम्बाराही बस्ने सिद्धेश्वरकुमार सिंह समेत विरुद्ध विपक्षीः नेपाल सरकार मन्त्रिपरिषद्, मन्त्रिपरिषद् सचिवालय, सिंहदरवार समेत § सम्झौता वा करारबाट सिर्जित निवेदकको हकलाई कानूनी वा संवैधानिक मान्ने हो भन्ने करार ऐनले सिर्जना गर्ने करारीय हक एंव दायित्वहरूको स्थिति नै शून्यमा परिणत हुने । § पक्षहरूका बीचमा प्रचलित कानूनविपरीत नहुने गरी भएका सम्झौता एवं करारबाट सिर्जना हुने त्यस्ता हकको उल्लंघन भएको अवस्थामा त्यस्तो सम्झौता उपचारविहीन नरही सम्झौताले नै निर्दिष्ट गरेको कानूनी बाटो अवलम्बन गरिनु पर्ने । § Contractual Obligation and Liabilities लाई कानूनी वा संवैधानिक हक अधिकार भन्न नमिल्ने । (प्रकरण नं.३) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की एवं विद्वान अधिवक्ताहरू सुशील पन्त, श्री हरिकृष्ण कार्की र हीरा रेग्मी विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल र विद्वान अधिवक्ता श्री भेषराज न्यौपाने अवलम्विन नजीरः नेकाप २०४८, निर्णय नं. ४४४४, पृष्ठ ८९१ सम्बद्ध कानूनः § खेलकुद विकास ऐन, २०४८ § कम्पनी ऐन, २०५६ § करार ऐन, २०५६ आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदन यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने हुँदा निवेदनको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छः– शाही नेपाल गल्फ क्लव राष्ट्रिय खेलकुद परिषद ऐन, २०२१ को दफा ९ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्‌मा दर्ता भई गल्फ खेलसँग सम्बन्धित कानूनी हैसियत प्राप्त संस्था हो । यस्ता संस्थाहरू खेलकुद विकास ऐन, २०४८ को दफा ३०(३) ले यसै ऐनअन्तर्गत दर्ता भएको मानिने व्यवस्था गरेको छ । तत्कालीन वाग्मती अञ्चलाधीश कार्यालय तथा परिषद्‌मा दर्ता भएका संस्थाले आफ्नो हैसियत कायम राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरे झै यस संस्थाले पनि दर्ता गरेको व्यहोरा क्लवको विधानको प्रस्तावना र धारा ४५ मा उल्लेख छ । क्लवले कोर्स गरिरहेको जग्गामा विमानस्थल निर्माण हुने भई सरकार र क्लवको सहमतिमा हालको टर्मिनल भवन वनेको स्थानमा सरेको र त्यहाँ पनि टर्मिनल भवन वन्ने भएपछि कोर्स क्षेत्र तिलगंगातर्फ सरेको हो । लामो समयदेखि भोग गर्दैआएको स्थानबाट विस्थापित हुनु परेपछि क्लव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्यन प्राधिकरणबीच २०४६।९।२४ मा सहमति पत्रमा सहीछाप भयो । सहमतिअनुसार तिलगंगा रहेको कोर्ष एरियाको सरसफाइ हरियाली स्वच्छतासम्बन्धी काम हामीले गर्ने र त्यो जग्गा उपलब्ध गराएबापत विपक्षीले एकमुष्ट रकम पाउने सहमति भयो । जग्गा घट्दै गई हाल २०० रोपनी मात्र बाँकी छ । नागरिक उड्डयन प्राधिकरणसँग २०५८।४।३ मा ३० वर्षको लागि लगभग ६५० रोपनी जग्गा भाडामा लिने सम्झौता भयो । सम्झौताअनुसार विपक्षीले तारवार घेरी जग्गा उपलब्ध गराउन सकेको छैन, सम्झौताअनुसारको रकम बुझाएकै छ, गल्फ कोर्स पुरानै तिलगंगा एरियामा सञ्चालित छ । २०५९।