निर्णय नं. ८१२३ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१२३ - उत्प्रेषणयुक्त परमादेश । भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०२/११ ४२३२ निर्णय नं. ८१२३ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री प्रेम शर्मा संवत् २०६२ सालको रिट नं......२६६५ फैसला मितिः २०६६।२।११।२ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला मोरङ्ग मृगौलिया गा.वि.स वडा नं. ९ स्थित भुल्के देवी फर्निचर उद्योगका प्रो कमलकुमार खवास विरुद्ध विपक्षीः नेपाल विद्युत प्राधिकरण वेलवारी शाखा मोरङ समेत § विद्युत खपत गरेबापतको विद्युत महसूल बुझाई सकेको छु भनी भन्न नसकी विपक्षी नेपाल विद्युत प्राधिकरण वेलवारीले निवेदकको उद्योगमा जडान भएको लाइन काटेको कार्यलाई कानूनविपरीतको कार्य मान्न नमिल्ने । (प्रकरण नं.४) § निवेदकले विद्युत प्राधिकरणले लाइन काटिदिएको कारणबाट आफूलाई पर्न गएको हानी नोक्सानीको क्षतिपूर्ति बापतको रकम दिलाई भराई पाऊँ भनी कानूनबमोजिम पुनरावेदन अदालतमा जानुपर्नेमा कानूनले प्रदान गरेको वैकल्पिक उपचारको बाटो अवलम्बन नगरी यस अदालतको असाधारण अधिकारक्षेत्रको बाटो अंगाली रिट क्षेत्रबाट प्रवेश गरेको कार्य कानूनसंगत नदेखिने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपाल विधुत प्राधिकरण ऐन, २०४१ को दफा २९, २३, २६ फैसला न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ एवं ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको टिपोट र आदेश यस प्रकार छः– म निवेदकले अधिकृत पूँजी रु.१,००,०००।–, स्थिर पूँजी रु.५५,०००।– र चालू पुँजी रु.४५,०००।– राखी साना उद्योग अन्तर्गत भुल्केदेवी फर्निचर उद्योग प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम घरेलु तथा साना उद्योग कार्यालय मोरङ्ग विराटनगरबाट प्रा.फ.नं. घ.मो ३८००।०५३।०५४ मिति २०५३।८।१७।२ मा दर्ता गरिराखेको थिएँ । मिति २०५६।१०।१० मा उद्योग ऐन, नियमबमोजिम पूँजी परिवर्तन गरी चालू पूँजी २,४५,०००।– कायम गरी सोही मितिदेखि उद्योग सञ्चालन गरेको थिए । उद्योग सञ्चालन गर्नुपूर्व २०५६।९।५ मा नियमानुसार विद्युत मीटर जडान गर्न लाग्ने धरौटीबापत रु १५००।–, मिति २०५६।९।६ मा मीटरबापत रु ३९२०।– सेवा दस्तूरबापत रु २००।– र सट्डाउनबापत रु ५००।– समेत जम्मा रु ४६२०।– दाखिल गरी रसिद प्राप्त गरेपश्चात् सो रसिद नेपाल विद्युत प्राधिकण वेलवारी शाखामा पेश गरेपछि सोही मितिमा विपक्षीबाट मेरो उद्योग रहेको घरमा विद्युतको मेन मीटर जडान गरी आफ्नो कारखाना सञ्चालन गरी आएकोमा मिति २०६०।१२।२९ गते म कारखानामा नभएको समयमा विपक्षीहरू रोशन अग्रवाल र ईश्वरी ठकुरी मेरो कारखानामा प्रवेश गरी विद्युतको लाइन काटी मीटर फुकाली तार समेत आफ्नो कार्यालयमा लगीराखेको कुरा मैले मेरो उद्योगका कर्मचारीहरूबाट थाहा पाई कार्यालयमा गई के कति कारणले मेरो लाइन काटियो भनी बुझ्दा कार्यालय प्रमुखबाट सो सम्बन्धमा केही बताउन नचाहेपछि मैले विपक्षी नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयमा उजूरी दिएकोमा प्रधान कार्यालयबाट उक्त शाखामा कैफियत प्रतिवेदन माग भएकोमा शाखाले दिएको कैफियत प्रतिवेदनमा मीटरसमेतका संरचनाहरू वेवारेसे अवस्थामा रहेकोले खोली शाखा कार्यालयमा राखिएको छ भन्ने लेखिआएको हुँदा सोही कार्यालयमा गै बुझ्न भनेपश्चात् के प्रतिवेदन प्राप्त हुन आएको छ सोको नक्कल पाऊँ भन्दा नक्कल पनि दिइएन । यसरी विपक्षीहरूबाट मलाई कुनै सूचना नै नदिई प्राकृत