निर्णय नं. ९२५९ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२५९ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०५/१९ ३८२१ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७१।५।१९।५ रिट नं. ०६९-WS-००४२ विषयः- उत्प्रेषण/परमादेश । निवेदक : नेपाल अस्थायी शिक्षक सङ्घर्ष समितिको अध्यक्ष एवम्‌ आदर्श आजाद उच्च मा.वि. भक्तपुरमा कार्यरत‌ शिक्षक तथा आफ्नो हकमा समेत भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. २ बस्ने अधिवक्ता शिवराम बोहजुसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौंसमेत § शिक्षा र शिक्षक भर्नासँग सम्बन्धित कानूनहरूको उद्देश्य शिक्षा प्रणालीलाई सुदृढ गर्ने, समयसापेक्ष बनाउने, शिक्षाको गुणस्तर वृद्धि गर्ने, योग्य विद्यार्थी उत्पादन गर्ने, शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने, शैक्षिक क्षेत्रलाई सम्मानित बनाउने, विद्यालयहरूको व्यवस्थापनमा सुधार गर्दै निरक्षरतालाई निर्मूल गर्ने रहेको हुन्छ । शिक्षा ऐन, २०२८ को प्रस्तावनामा “राष्ट्रिय विकासको लागि चाहिने जनशक्ति तयार गर्न बहुदलीय प्रजातान्त्रिक व्यवस्था अनुकूल सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्न विद्यालयहरूको व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको विकास गर्न वाञ्छनीय भएकाले उक्त ऐन निर्माण भएको” उल्लेख हुँदा समग्र शैक्षिक क्षेत्रमा स्थायित्व कायम गरी शिक्षाको विकास गर्न स्थायीतवरले शिक्षकहरू पदपूर्ति गर्ने चरणबद्ध कार्यक्रम अनुसार पहिलो चरणमा ०६३।१।११ देखि रिक्त रहेका शिक्षक पदहरू पदपूर्ति गर्ने गरी शिक्षक सेवा आयोग नियमावली, २०५७ (सातौं संशोधन, २०६९) बाट थप गरेको नियम १२ को उपनियम (१क) र (१ख) को व्यवस्था शिक्षा ऐन, २०२८ को दफा ११च को उपदफा १ को खण्ड (घ), ऐ. दफा ११च को उपदफा (१क) र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ ले प्रदान गरेको समानताको हकसँग बाझिएको नदेखिएकाले उत्प्रेषण/परमादेशको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.९,१०) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता शिवराम बोहजु विपक्षीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे र विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : § शिक्षक सेवा आयोग नियमावली, २०५७ को (सातौं संशोधन, २०६९) नियम १२ § शिक्षा ऐन, २०२८ को दफा ११च को उपदफा (१) आदेश न्या.गिरीशचन्द्र लाल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१)(२) बमोजिम यस अदालतमा दर्ता भएको प्रस्तुत रिटको सङ्‌क्षिप्त तथ्य एवम्‌ आदेश यसप्रकार रहेको छ : हामी रिट निवेदकहरूमध्येका शिवराम बोहजुले शिक्षक सेवा आयोगबाट मिति २०५९।६।२५ मा अस्थायी र मिति २०६२।९।७ मा स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरी मिति २०६६।५।२१ देखि हालसम्म, रोशनराज तुईतुईले शिक्षक सेवा आयोगबाट मिति २०५९।३।२६ मा अस्थायी र मिति २०६२।९।७ मा स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरी मिति २०६३।२।१ देखि हालसम्म, म धनकुमार श्रेष्ठले आयोगबाट मिति २०६२।९।७ मा स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरी मिति २०६७।५।२४ देखि हालसम्म, म नारायणप्रसाद ह्रयौंमिखा मिति २०६५।१२।१४ देखि हालसम्म, म हरिप्रसाद ढकाल २०६६।४।२६ देखि हालसम्म, म श्याम ख्याजु मिति २०६७।६।१ देखि हालसम्म, म रविन्द्रकुमार थापा मिति २०६४।५।१४ देखि हालसम्म, म सुवास दिवाकर २०६४।१।१६ देखि हालसम्म, म विश्वेश्वमर मा