निर्णय नं. ९२६३ - सरकारी छाप दस्तखत किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२६३ - सरकारी छाप दस्तखत किर्ते भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०८/०९ ७५६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।८।९।३ ०६७ - CR - ००७० मुद्दा : सरकारी छाप दस्तखत किर्ते । पुनरावेदक/वादी : त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, बल्खुको पत्र जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला रूकुम, विजयेश्वरी गा.वि.स. वडा.नं.४ नाखिरा बस्ने यदुकुमार आचार्य § विवादित Certificate प्रतिवादी आफूले लिएको नभई गाउँकै दाइ नाता पर्ने व्यक्तिले लिइदिएको भनी प्रतिवादीले इन्कारी बयान गरे तापनि अभियुक्तले गरेको त्यस्तो इन्कारी बयान तथ्ययुक्त एवम् ठोस सबुद प्रमाणबाट समर्थित हुनुपर्दछ । केवल आरोपित कसुरमा इन्कार रहेकै कारणले मात्र अभियुक्तलाई निर्दोष मान्न मिल्दैन । विवादित Certificate बाट निज प्रतिवादीलाई बाहेक अरू कसैलाई फाइदा हुने नदेखिने । § आफूलाई मात्र फाइदा हुने र आफैँसँग रहने कुरा अरू कसैले किर्ते गरी दिएको भन्न मिल्ने अवस्था नदेखिँदा आरोपित कसुर निज प्रतिवादीले नगरेको एवम् नगराएको भन्ने अवस्था नहुँदा प्रतिवादीले मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. विपरीतको कसुर गरेको देखिने । (प्रकरण नं. ४) § प्रतिवादीले पेस गरेको Certificate बाट बिगो खुल्ने अवस्था नदेखिएको र सो Certificate नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्था त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट जारी हुने Certificate भएकाले प्रतिवादीलाई उल्लिखित कानूनी ब्यवस्थाबमोजिम किर्ते कागजको महलको ९ नं. बमोजिम रू. ५०। जरिवाना भई सरकारी कर्मचारीको दस्तखत किर्ते गरेकोमा ऐजन महलको १२ नं. बमोजिम थप १ वर्ष कैद हुने । (प्रकरण नं. ५) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता खेमराज भट्ट प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता मोहनमूर्ति पन्त अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, किर्ते कागजको महलको ९ र १२ नं. फैसला न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र निर्णय यस प्रकार छ : त्रि.वि. अन्तर्गतको सुर्खेत क्याम्पसका विद्यार्थी यदुकुमार आचार्यले त्रि.वि. रजिस्ट्रेसनका लागि यस कार्यालयमा पेस गरेको कागजातहरूको फोटोकपिमध्ये त्रि.वि. पाठ्यक्रम विकास केन्द्रबाट प्रदान गरिने Certificate of Equivalence मा गरिएको हस्ताक्षर प्रमाणीकरणको लागि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले लेखेको पत्रको जवाफ समानस्तर निर्धारण शाखा प्रमुख श्रीमती गीता रेग्मीको नाममा गरिएको हस्ताक्षर गलत भएको भन्ने पत्र प्राप्त हुन आएकाले गलत हस्ताक्षर गरिएको देखिएकाले सरकारी छाप दस्तखत किर्ते गर्ने जिल्ला रूकुम, चौरजहारीमा मिति इ.सं १९७३-३-२१ मा जन्मिएका यदुकुमार आचार्यलाई आवश्यक कारवाही गरिपाउँ भन्ने त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुको मिति २०६३।९।६ को पत्र जाहेरी । म दुर्गम स्थानमा बस्ने भएकाले २०५१ सालतिर आइ.एस्सी. पास गरेका कागजातहरू समानस्तर निर्धारणका लागि त्रि.वि. कीर्तिपुरमा पेस गरी घरमा गएको र पछि मेरो दाइ नाता पर्ने ऋषिराम आचार्य काठमाडौं आउने काम परेकाले निजलाई Equivalence को लागि कागजात पेस गरेको छ, Equivalence गरी ल्याई दिन भनी पठाएकोमा २०५४ सालमा उक्त Certificate of