निर्णय नं. ९२६६ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२६६ - जग्गा खिचोला भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०७/१० ६८१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।७।१०।२ मुद्दा नं. : ०६६-CI-०८१४ मुद्दा : जग्गा खिचोला । पुनरावेदक/वादी : काठमाडौं जिल्ला, खड्का भद्रकाली गा.वि.स.वडा नं. ६ बस्ने बीरबहादुर खत्री विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं. २ बस्ने प्रमोदराज पन्तसमेत § स्वामित्व सरेको कारणले मात्र अघिको मुद्दाबाट सबुद प्रमाण बुझी जग्गा यसको वा उसको भनी एउटा निर्क्योलमा अदालत पुगी कानूनबमोजिम गरेको फैसलालाई फगतमा नाम परिवर्तन भएकै कारणले मात्र अ.बं. ८५ नं. लाग्दैन भन्न नमिल्ने । (प्रकरण नं. ५) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र अधिवक्ता हेमबहादुर श्रेष्ठ प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, अ.बं. ८५ नं. § प्रमाण ऐन, २०३१ को दफा ३४ (२) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री मोहनरमण भट्टराई पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री जगदीश शर्मा पौडेल फैसला न्या.बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, पाटनको फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भनी यस अदालतमा परेको निवेदनमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम्‌ ठहर यस प्रकार छ : काठमाडौं जिल्ला, खड्का भद्रकाली गा.वि.स.वडा नं.६ख कि.नं.६५ को १-४-०-० जग्गा र सो जग्गामा बनेको घर हामी फिरादीहरूको नाममा संयुक्त दर्ता रही पूर्व पश्चिम राजकुलो एवम्‌ कि.नं. ४१, उत्तर कि.नं. ८३ र दक्षिण साविक कि.नं. ३३ हाल कि.नं. २८० यति चार किल्लाभित्रको हाम्रो हक भोगको जग्गा हो । सो जग्गाको दक्षिणतर्फ साँध सिमाना जोडिएको विपक्षी बीरबहादुर खत्रीले हालै हाम्रो जग्गामध्ये दक्षिणतर्फ पूर्व पश्चिम ११४ फिट, उत्तर दक्षिण ५ देखि ३० फिटसम्मको जग्गा मिची उक्त जग्गामध्ये पूर्व पश्चिम करिब ४० फिट र उत्तर दक्षिण ३० फिटसम्मको जग्गा मिची घर निर्माण गरेको कुरा छरछिमेकबाट थाहा पाएकाले सो जग्गामा बनेको विपक्षीको घर टहरा जग्गा मिच्नेको महलको १८ नं. तथा जग्गा पजनीको महलको १७ नं. बमोजिम जग्गा मिचेको ठहर गरी घर बनाउनेको महलको ४ नं. बमोजिम घर भत्काई पाउँ भन्नेसमेत व्यहोराको फिराद दावी । म प्रतिवादीको साविक कि.नं. ३३ हालको कि.नं. २८० जग्गा हो । विपक्षीको कि.नं. ६५ को जग्गा र मेरो जग्गाको बीचमा अन्दाजी १६ फिटको पिचबाटो २०२४ सालमा नै बनिसकेकाले विपक्षीले आफ्नो जग्गादेखि दक्षिण बाटोतर्फ आफ्नो जग्गा घेरेर पर्खालसमेत बनाइसकेको र सो पिचबाटोले विपक्षी वादी र म प्रतिवादीको जग्गा छुट्याइसकेको छ । यस परिप्रेक्ष्यमा मैले विपक्षीको जग्गा मिची घर बनाउने अवस्था नै पर्दैन । विपक्षीको जग्गा मिचेर घर बनाएको छैन भन्नेसमेत व्यहोराको प्रतिवादीको प्रतिउत्तरपत्र । वादीको साक्षी बलबहादुर लामा तथा प्रतिवादीका साक्षी बच्चु के.सी. ले गरेको बकपत्र मिसिल सामेल रहेको । अदालतबाट भएको मिति २०६०।१।२४ को नक्साको नं.नं. ५, ६ र ७ का विवादित जग्गाहरू मिति २०४५।११।१८ को यस अदालतबाट भएको नक्सासमेतबाट कि.नं. ६५ भित्रको भई यी वादीको हकको देखिएको र सोमा नं.नं. ५ र ७ मा प्रतिवादीको घर टहरासमेत बनाएको देखिएकाले वादीको दावीबमोजिमका घर टहरा भत्काई पाउने र प्रतिवादीले