निर्णय नं. ८१२४ - हक निखनाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१२४ - हक निखनाई पाऊँ भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/१२/२५ २८५४ निर्णय नं. ८१२४ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री सुशीला कार्की संम्वत २०५९ सालको दे.पु.नं....८३४५ फैसला मितिः २०६५।१२।२५।३ मुद्दाः हक निखनाई पाऊँ । पुनरावेदकः प्रतिवादी जिल्ला सप्तरी, गा.वि.स. काचन, वडा नं ६ बस्ने महावती चौधरी विरुद्ध प्रत्यर्थीः जिल्ला सप्तरी, गा.वि.स. काचन, वडा नं ३ बस्ने सम नारायण देवी साह समेत शुरु निर्णय गर्ने : मा.जि.न्या.श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन निर्णय गर्नेः– मा.मु.न्याःश्री शारदाप्रसाद पण्डित मा.न्या.श्री लक्ष्मणमणि रिसाल § केवल एक ठाउँमा सामान्य भन्दा सामान्य लेखाइको क्षमायोग्य त्रुटिसम्म भई लेनदेन व्यवहारको ११ नं.मा भएको कानूनी व्यवस्थानुसार लिखत भएको मितिले ६ महिनासम्ममा थाहा पाएको मितिले ३५ दिनभित्र नै प्रस्तुत फिराद पत्र परेको प्रष्ट देखिएको अवस्थामा हदम्यादविहीन छ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४) § आफूहरूको धरौट समेतबाट निखनाई दिए मञ्जूर छ भनी शुरु फिराद पत्रमै लेखाई दिएबाट समेत हकदैयाविहीन फिरादपत्र ग्रहण गरी खण्डे धरौटबाट निखनाई दिएको भन्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादीको तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्धान अधिवक्ताहरु मो. शेख अब्वास र तेज नारायण चौधरी प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव अवलम्वित नजीरः सम्बद्ध कानूनः § लेनदेन व्यवहारको ११ नं. § रजिष्ट्रेशनको ३५ नं. फैसला न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत राजविराजको फैसलाउपर प्रतिवादीको तर्फबाट पुनरावेदन पत्र दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : – साविक जग्गाधनी मन्दाकिनीका नाउँ दर्ताको जि.स.गा.वि.स.काचन वडा नं ६ कि.नं. ३० को ०–१९–१६ जग्गाको हामीहरूको पति पिता रसिलाल साह हक प्राप्त मोही भई सो जग्गा कमाई आई जग्गाधनीले पाउने कुत साविक जग्गाधनीलाई बुझाउँदै आइराखेको अवस्थामा सो जग्गा नामसारी दाखिल खारेज भई प्रतिवादीमध्येका ज्वाला साहको नाउँमा दर्ता हुन गएकोमा पति पिता रसिलाल साह मिति २०३१।११।८ मा स्वर्गीय हुनु भयो । उहाँको हक अपुताली खाने हामी स्वास्नी छोरा भई सो जग्गाको साल–सालको कुत जग्गाधनीलाई बुझाउँदै आएका छौ । प्रतिवादी ज्वाला साहले सो जग्गा महावती चौधरीलाई थैली रु ५९,०००। मा विक्री गरी र.नं.२१७ मिति २०४७।४।१७ मा पारित गरी दिएको कुरा २०४८।१०।१५ मा थाहा पाई प्रतिवादी मध्येका महावतीलाई परेको थैली र रजिष्ट्रेशन दस्तूर समेत दाखेल गरी मालपोत कार्यालय सप्तरीमा दरखास्त गरेकोमा सो कार्यालयको हकसफी गरी लिन पाउने ठहर्छ भन्ने २०५१।६।११ को फैसलाउपर पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परी मु.ऐन रजिष्ट्रेशनको ३५(२) अनुसार ३५ दिनभित्र सम्बन्धित अदालतमा नालेस गर्न जानु भनी सुनाउनु पर्नेमा नसुनाई गरेको निर्णय कानूनअनुरूप नहुँदा बदर गरिदिएको छ । नालेस गर्न जानु भनी दुवै पक्षलाई सुनाई दुवै पक्षलाई तारेख तोकी मालपोत कार्यालयमा पठाई दिनु भन्ने पुनरावेदन अदालतबाट भएको फैसला पश्चात् मालपोत कार्यालय सप्तरीबाट ऐनका म्याद ३५ दिनभित्र सम्बन्धित सप्तरी जिल्ला अदालतमा नालेस गर्न जानु भनी आदेश सुनाएको मितिले ३५ दिनभित्र नालेस गर्नआएको छु । प्रतिवादी महावती चौधरीले प्