निर्णय नं. ८१२५ - नापी दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१२५ - नापी दर्ता बदर भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०१/०८ ३५३५ निर्णय नं. ८१२५ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी २०६४ सालको दे.पु.नं. ....०७५७ फैसला मितिः २०६६।१।८।३ मुद्दाः नापी दर्ता बदर । पुनरावेदकः दोलखा जिल्ला,मार्वु गा.वि.स. वडा न. ९ वस्ने हस्तबहादुर श्रेष्ठ विरुद्ध प्रतिवादीः दोलखा जिल्ला खारे गा.वि.स.वडा नं ७ वस्ने रामबहादुर श्रेष्ठ शुरु फैसला गर्नेः– मा.न्या श्री नारायणप्रसाद दाहाल पुनरावेदन फैसला गर्नेः मा..न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या. श्री लक्ष्मणमणि रिसाल § लामो समयदेखि अविच्छिन्न भोगचलन उपर कुनै कसैको उजूरवाजुर नभै २०१३ सालदेखि नै भोगचलन गरी तिरो समेत तिरी आएको विवादित घरजग्गामा चीरभोगको सिद्धान्त (Long Time Undisputed Possessory Right) समेतबाट प्रतिवादीकै भोग स्वामित्वको देखिन आउने । (प्रकरण नं.४) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री क्षेत्रबहादुर बस्नेत र श्री शेरबहादुर रोकाया प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्यामजी प्रधान अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत पाटनको मिति २०६२।५।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत मुद्दा दोहोर्याई पाऊँ भनी वादीको तर्फबाट पर्न आएको निवेदनमा यस अदालतबाट दो.पा. निस्सा प्रदान भई पुनरावदेनको रोहमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : – यसमा विपक्षी रामबहादुर विपक्षीको बुबा रत्नबहादुर, विपक्षकै दाजु गणेशबहादुर विपक्षीकै साहिला दाजु इन्द्रबहादुरसमेत भिन्न नभई एकैसगोलमा बस्दाकै अवस्था विपक्षकै दाजु इन्द्रबहादुरले एक वर्षको लागि रु ११००१।५ वुझाउने नपुगेको घैघरानबाट वुझाउने गरी तातोपानी भन्सारमा रुपैया तिर्न नसकी भन्सार गोश्वाराबाट निजको जेथा पूर्व २ नं गोश्वारामार्फत तायदाती भै आएबमोजिमका घरजग्गाहरूको भन्सार गोश्वाराबाट मिति २०१२।५।६ मा लिलाम बढीबढाउ हुँदा सबैभन्दा बढी रु १२०१।५ मा आशाकाजी तुलाधरको नाममा डाकबोली खतम भै निज आशाकाजी तुलाधरले तातोपानी भन्सार गोश्वारामा रुपैया बुझाई निज आशाकाजी तुलाधरलाई उक्त भन्सारबाट मिति २०१२ साल आश्विन ९ गते रोज १ मा वहाली पूर्जी दिई निजको हकभोग भई निज आशाकाजी तुलाधरबाट मैले रु २७२६।५ मा मिति २०१२।८।६ मा रजिष्ट्रेशन पारित राजीनामा गरी लिई तिरोभरोसमेतबाट मेरो हकभोग भई २०२३ सालमा ७ नं फारामसमेत मेरो नाममा भरी हकभोग पक्का भएको दो.जि.खोर गा.वि.स.वडा नं ७ मा पर्ने साविक टोल ४ किल्ला पूर्व फुर्वा भोटेको घर तेर्सो बाटो पश्चिम पदमबहादुरको वारी साँध उत्तर वीरबहादुरको साँध दक्षिण टिम्पुरेवारी साध यति ४ किल्लाभित्रको छरुवा मकैको विऊँ पाथी १० को विजन पाथी ।२।४ माना जाने खोर ठूलो घरवारी जग्गामा बनेको ढुंगामाटोको गाह्रो फल्याकको छानो भएको २ तले पूर्व मोहडा भएको ११।१७ को घर मतानसमेतको वारी कित्ता १ जग्गा मेरो सम्पत्ति हो, म गाउँघरमा नवस्ने मेरो काठमाडौंमा पनि घर भएको हुँदा काठमाडौं घरमा बस्ने भएको र मेरो खास बसोबास गर्ने घर मार्वु गा.वि.स वडा न. ९ हुँदा हेरविचार रेखदेख गर्न विपक्षीलाई जिम्मा दिई एउटा कुरुवा हेरालुको रूपमा जिम्मा दिएकोमा उक्त जग्गा नापी हुँदा घर मतान विपक्षको नाममा नापी गराई सकेछ घर मतान कटाई मेरो नाममा कि.नं २०३ मा नापी गराएको रहेछ । २