निर्णय नं. ४८३९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८३९ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: चैत्र अंक: १२ फैसला मिति :२०५०/०६/१० २६५० निर्णय नं.– ४८३९ ने.का.प. २०५० (ग) अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्वत् २०४८ सालको रिट नं.– २०३१ आदेश मिति: २०५०।६।१०।१ निवेदक : उदयपुर जिल्ला गाइघाट गा.वि.स. वार्ड नं. १ स्थित कबिरपन्थी कुटीमा बस्ने महन्थ गोविन्ददास वैरागी । विरुद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय,उदयपुर समेत । विषय : उत्प्रेषण । (१) जि.प्र.का. उदयपुरको लिखित जवाफमा निवेदकको दावी बमोजिम जवरजस्ती कागज नगराएको र आदिवासीको सम्पत्ति लेनदेन गर्द जिल्ला कार्यालयले सिफरिश गर्नु पर्ने मन्त्रिपरिषदको निर्णय अनुसारको कर्तव्यसम्म पालन गरेको हो भन्न उल्लेख भएको देखिन्छ । यस स्थितिमा प्र.जि.अ.जि.प्र.का. उदयपुरले आफ्नो अधिकार नै नभएको विषयमा कागज गराएकै भएपनि वा कुनै किसिमल निवेदक उपर दवाव दिई इच्छा विरुद्ध कागज गराउने समेतको काम कुरा गरेको सबुद प्रमाणबाट देखिन आएमा त्यसतो काम कुरा स्वतः अमान्य र निष्कृय हुने स्पष्ट छ । निवेदक र बिपक्षी मध्येका रामविलास साहु तली समेतको यही कागज सम्बन्धमा उदयपुर जिल्ला अदातमा लेनदेन मुद्दा चली रखेको भन्ने देखिदा सो मुद्दामा पेश भई राखेको कागजहरु सम्बन्धमा यस अदालतबाट केही भन्न र मातहत अदातलमा विचारधीन रहेको सामान्य न्यायिका प्रकृयामा असाधारण अधिकार क्षेत्र प्रयोग गरी हस्तक्षेप गर्न पर्ने औचित्य समेत देखिन नआउने । (प्र.नं.१०) (२) मतहत अदालतमा सो कागजको वैधताको समुचित विषय नै बिचाराधीन हुँदा मातहत अदालतको निर्णयाधिन विषयबस्तुलाई प्रभावित नहुने गरी यो रिट निवेदनमा विचार हुन सक्ने स्थिति नै नदेखिएकोले रिट निवेदन खारेज हुने । (प्र.नं.१०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी बिपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ : विद्वान अधिवक्ता श्री शम्भु थापा : विद्वान अधिवक्ता श्री काशी प्रसाद घिमिरे आदेश न्या. केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गन पर्न आएको प्रस्तुत रिट निबेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. म र रक्सुदास नियम बमोजिम वावाजीको भेष धारण गरी कविरपन्धी साव सम्बन्धी धार्मिक कार्य गर्दै आएकोमा कुटी आश्रमको लागि जिल्ला उदयपुर गा.वि.स. गाईघाट वार्ड नं. १ मोतिगडामा २००३ साल देखि ऐलानी पर्तीजग्गा धर्मकाय संचालन गर्दै आएकोमा तालुकदारले रक्सुदासका नाउँमा साविक प्रगन्ना त्रियुगा मोतिगडाका रं.नं.६८ कि.नं.६ डगरपूर्व दानर पश्चिम जंगल उत्तर पाँचौ दक्षिण अध २१ तुल १७ ज.वि. ।।।२।।।२ जग्गा दर्ता गरी रक्सुदासको मृत्यु भएपछि तालुकदारबाट मेरा नाममा नामसारी दर्ता भै २०२२ सालमा भूमिसुधार कार्यालय उदयपुरले ७ नं. फाटबारीमा महन्त गोबिन्ददास वैरागीको नाममा दर्ता भएको उल्लेख समेत भएको छ, सोही जग्गा २०२८,०२९ सालको सर्भेमा कि.नं.७२ ज.वि. १–७–१४ मेरो नाममा दर्ता भै यसकै आयस्ताले धर्मकर्म चलाई आएकोछु । ३. उक्त जग्गा तेरो होईन तैले खान पाउदैनस हाम्रो हो ह्रामी जसरी भएपनि आफ्नो बनाउँछौ भनी विपक्षी रामबिलास, पार्वतीदेवी र डिल्लीरामले भनदथे । २०४६।१२।१३ मा विपक्षीहरुको जिल्ला प्रशासन कार्यालय उदयपुरमा उजुर परी मलाई पक्राउ गरी जवरजस्ती कागज गराई २०४६।१२।१४ मा फुर्सद दिएका हुन् । यसै तथ्यलाई दर्शाइ म माथि उदयपुर जिल्ल अदालतमा विपक्षीहरुले मुद्दा दायर ग